हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकले सहज हवाई यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू गर्न माग गरेका छन्।
कतारले विश्वकपलाई आफ्नो संस्कृति र खानालाई संसारभरि फैलाउने अवसरका रूपमा पनि लिएको छ। कतारको त्यो सपनालाई पूरा गराउन विशिष्ट पाहुनाहरूलाई उत्कृष्ट खाना खुवाएर सहयोग गरिरहेका छन् विनोद।
प्रदेशसभामा एमाले, नेकपा माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलका उम्मेदवारको समेत जमानत जफत भएको छ।
शुक्रबार बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालचौरस्थित पानी ट्यांकीबाट पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
बागलुङमा सशस्त्र द्वन्द्वको बेला बन्द भएको गुरुकुल पुनः सञ्चालनमा ल्याउन लागिएको छ। गुरुकुल सञ्चालनमा ल्याउन स्रोत जुटाउन थालिएको हो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पाँच वर्ष सरकार निर्वाध रूपमा सञ्चालन भए हरेक समस्या समाधान हुँदै जाने बताए।
प्रधानमन्त्री देउवाले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी जमरा कुलरिया, महाकाली सिँचाइ आयोजना र पञ्चेश्वरजस्ता योजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन्।
समयमै निर्माण कार्य नसकिएर योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ। समयमै निर्माण नसकिँदा सेवा प्रवाहमै समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य बृखबहादुर नेपालीले बताए।
नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ। नयाँ धान थन्क्याइएको खुसियालीमा हर्षोल्लासका साथ ‘यःमरी पुन्हि’ मनाइन्छ।
नेपाल वायु सेवा निगमका दुई वटा जहाज एकैपटक 'ग्राउन्डेड' भएर उडान नियमित नहुँदा टरिगाउँ विमानस्थलस्थित डिपोबाट इन्धन 'रिफिल' हुन सकेकाे छैन।
नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबार भएको छलफलमा १० दिनभित्र महाकाली नदीलाई पुरानो स्थानमै फर्काउने गरी सहमति भएको छ।
धौलागिरि अस्पतालले अक्सिजन निर्यात गर्न थालेकाे छ। तीन करोड रुपैयाँ लागतमा बनाइएकाे प्लान्टबाट अक्सिजन उत्पादन गरेर अन्य जिल्लामा पठाउन थालेकाे हाे।
स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगका क्रममा हुने अनियोजित खर्चको जोखिमलाई व्यवस्थापन गर्न ल्याइए पनि यसको प्रभावकारिता देखिएको छैन।
रापमुर नगरपालिकाले फस्ट च्वाइस फुड प्राइभेट लिमिटेडसँग सम्झाैता गरेर आलुकाे बजारीकरण गर्ने जिम्मा लिएकाे छ।
स्वास्थ्य बीमाका कारण उपचारमा सहज भए पनि प्रक्रिया धेरै झन्झटिलो रहेकाे स्थानीयकाे गुनासाे छ।
प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत २६ लाख १२ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।
नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटीरूपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाएपछि अहिले निर्माण कार्य रोकिएको रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।
अघिल्लो प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै २७ वटा विधेयक निष्क्रिय भएका र १२ वटा विधेयक सरकार आफैँले फिर्ता लिएको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताए।
चिकित्सकद्वय परिधी शर्मा र अर्पणा पाठकद्वारा लिखित ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ सार्वजनिक भएको छ। पुस्तक ‘एलजीबीटीआईक्यू’ समुदायका लागि पहिलो ‘कलरिङ बुक’ भएको लेखकको दाबी छ।
गुल्मीमा ताेरी खेती गर्ने किसान घटिरहेका छन्। माैसम प्रतिकुलताका कारण किसानले याे बाली लगाउन छाडेका हुन्।