AnonymousUser

Logout

बर्दिया-२ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी

बर्दिया- २ बाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतले पछि पार्दै लालवीर चौधरी विजयी भएका छन्।

रोल्पामा वर्षमान पुनको अग्रता कायमै

रोल्पामा १५ हजार २८६ मत गणना हुँदा वर्षमान पुनले तेब्बर मतले अग्रता कायम राखेका छन्।

मकवानपुर–१ मा डिना उपाध्याय अगाडि, दोस्रोमा कमल थापा

नेपाली कांग्रेसकी डिना उपाध्याय सात हजार ५७८ मत प्राप्त गरेर अग्रस्थानमा छिन्। उनलाई राप्रपा नेपालका कमल थापाले पछ्याइरहेका छन्।

रसुवामा मोहन आचार्य विजयी

नेपाली कांग्रेसका आचार्य १८ हजार २३५ मत प्राप्त गर्दै विजयी भएका हुन्।

१४७ स्थानमा मतगणना जारी : कांग्रेसको ४८ र एमालेको ३४ स्थानमा अग्रता

जारी मतगणनामा नेपाली कांग्रेस ४८, नेकपा एमाले ३४, नेकपा माओवादी केन्द्र १८, राष्ट्रिय स्वतन्त्र पार्टी १३, नेकपा एकीकृत समाजवादी सात र अन्य उम्मेदवार २४ स्थानमा अगाडि छन्।

झापा–५ मा ओलीको अग्रता कायमै

झापा– ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुरुआती अग्रता कायमै राखेका छन्।

रौतहट–१ मा माधव नेपाल २४४ मतले अगाडि

रौतहट-१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमालेका उम्मेदवार भन्दा २४४ मतले अगाडि छन्।

स्याङ्जा–२ मा मतगणना हुन सकेन

नेकपा एमालेका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेपछि मतगणना रोकिएको छ।

झापामा–२ मा एमालेका देवराज र स्वतन्त्र स्वागत नेपाल अघिपछि

झापा क्षेत्र नं २ मा (नेकपा) एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ।

बैतडीमा पनि मतगणना थालियो

मतगणना कार्य सोमबार अपराह्न साढे ४ बजेदेखि शुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।

काठमाडौँ-१ मा रवीन्द्र मिश्रले लिए अग्रता, पछ्याउँदै प्रकाशमान

काठमाडौँ-१ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन्, उनलाई नेपाली कांग्रेसका प्रकाशमान सिंहले पछ्याइरहेका छन्।

संखुवासभाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमा ल्याइयो

चीनको सीमावर्ती किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो। 

बाजुरा : त्रिवेणीको अवस्था सामान्य बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

बाजुरा : त्रिवेणीको अवस्था सहज बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँडले बाजुराको त्रिवेणीको अवस्थालाई सहज बनाउन निर्देशन दिएका छन्।

काठमाडौँ ३ मा सोमबारदेखि मतगणना

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा सोमबार बिहानबाट मतगणना शुरु हुने भएको छ।

सुरक्षाकर्मीको संयमताले बाजुरामा 'ठूलो दुर्घटना' टर्‍यो: गृह मन्त्रालय

गृहसचिव सिंहले प्रहरीले पूर्ण अधिकार प्राप्त हुँदाहुँदै पनि धेरै संयमता अपनाएका कारण ठूलो दुर्घटना हुन नपाएको बताए।

हिमाली गाउँका मतपेटिका हेलिकप्टरमार्फत ल्याइने

भौगोलिकरूपमा विकट यी ठाउँमा पैदल हुँदै पुग्न चार दिनसम्म लाग्ने भएकाले हेलिकप्टरमार्फत मतपेटिका ओसार्नुपर्ने बाध्यता रहेको हो।

जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम रहन्छ : प्रचण्ड 

अध्यक्ष दाहालले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा गठबन्धन दलहरू बीचमा छलफल नभएको बताए।

रसुवामा साढे तीन बजेसम्म ६४ प्रतिशत मतदान

प्रमुख जिल्ला अधिकारी नवराज जैसी दिउँसो ३ः३० बजेसम्म कुल ३९ हजार चार सय ५९ मतदातामध्ये ६४ प्रतिशत मत खसेको जानकारी दिए। 

आइतबार आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने

हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ।