राजनीतिक दल तथा सम्बन्धित पक्ष आफैँ सचेत र संयमित भएकाले विगतका निर्वाचनको तुलनामा यसपटक कमै मात्रामा उल्लंघनका घटना देखिएको निर्वाचन आयोगले जनाएको छ।
फेसबुक सञ्चालन गरिरहेको मेटाले सार्वजनिक गरेको ‘मेटा एड लाइब्रेरी रिपोर्ट’ अनुसार गत सेप्टेम्बरदेखि नोभेम्बर ११ सम्म पाँच हजार पाँच सय ६० फेसबुक पेज र प्रोफाइलबाट चुनावी विज्ञापन ‘बुस्ट’ गरिएको छ।
तरलता अभाव, तेलको मूल्य वृद्धि तथा विकास निर्माण ठप्प हुँदा पछिल्लो समय नेपाली बजारमा तेलको खपत घटेको छ।
चिकित्सकहरूले स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन्।
गुल्मीकाे मदाने गाउँपालिका– ६ पुर्कोट दहका स्थानीय खानेपानीकाे जाेहाे गर्न दिनहुँ दुई घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ।
काेपमा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य संकट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता नपाएको विज्ञ बताउँछन्।
मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा, टेबल अग्लो हुँदा छाप लगाउन र मत खसाल्न गाह्रो हुने गरेको अपाङ्गता भएका व्यक्तीकाे गुनासाे छ।
गत मंगलबारको भूकम्पले घर चर्किएका थिए। शनिबार फेरी भूकम्प आएपछि जोखिम हुने भएकाले घर बाहिर निस्कन प्रहरीले माइकिङ गरेको छ।
जितसँगै एपीएफले १० लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता आर्मीले पाँच लाख प्राप्त गर्यो।
सेनाले निर्वाचन सुरक्षाका लागि ८३२ बम डिस्पोजन टोली परिचालन गरेको छ, १४३ टोली तयारी अवस्थामा रहेको जनाएको छ।
नेपाल एयरलाइन्सले भैरहवाबाट छिट्टै अन्तर्राष्ट्रिय उडान गर्ने गरी छलफलमा रहेको प्राधिकरणले बताएको छ।
नेकपा माओवादीका अध्यक्ष दाहालले रूखले हँसिया हथौडा र हँसिया हथौडाले रूखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताएका छन्।
बिएएलएलबीकाे एक समूहमा ४० जना विद्यार्थी भर्ना लिने र शुल्क चार लाख रुपैयाँ लाग्ने पाेखरा विश्वविद्यालयले जनाएकाे छ।
विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत नमूना मतदान गरेकाे हाे। जसमा कोही विद्यार्थी उम्मेदवार, कोही मतदाता, कोही निर्वाचन कर्मचारीको भूमिकामा देखिएका थिए।
अस्पतालमा जाँचका लागि किट र उपचार प्रबन्धका लागि थप औषधिको आवश्यकता रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।
निर्वाचनका बेला १७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसकेमा कांग्रेससहितको सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जित निकाल्न सहज देखिन्छ।
अघिल्ला निर्वाचनकै मुद्दा र योजना लिएर आउने तर काम नगर्ने परिपाटीका कारण मतदाताले यस पटक उम्मेदवारका मुद्दालाई महत्व दिएका छैनन्।
निर्माणको क्षेत्रमा काम गर्न कठिन भएपनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको अनिताको अनुभव छ।
तलबसमेत नपाएर अलपत्र गरेका विवेकराज यादव, एकवाल जोल्हा, इजहार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशीकाे उद्धार गरिएकाे छ।