AnonymousUser

Logout

विद्युत् प्राधिकरणले ३ महिनामा कमायो साढे ८ अर्ब

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक र भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि भएको बताए।

हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

राष्ट्र बैंकले भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेडलाई नोट छपाइका लागि ठेक्का दिन लागिएको छ।

बंगलादेश डाइभर्ट भएको नेवानिको जहाज पुनः थाइल्यान्ड उड्दै

काठमाडौँबाट बैंककका लागि उडेको आरए ४०१ उडान नम्बर रहेको जहाजको इन्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेपछि बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।

राति ९ बजेदेखि शुरू गरिँदै स्याङ्जा-२ को मतगणना

स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै आज राति ९ बजेदेखि गणना हुने भएको छ।

समानुपातिकमा एमालेको अग्रता कायमै, राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो ११ लाख मत

हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार छ सय ३९ मत प्राप्त गरेको छ।

पूर्वी नवलपरासीमा ३० हजार मत बदर

पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार ९२५ मत बदर भएका छ। धेरैजसो बदर भएका मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको छ।

समानुपातिकतर्फ १ करोड ४२ हजार मतगणना, एमालेको निरन्तर अग्रता

निर्वाचन आयोगको प्रारम्भिक विवरणमा ६१ प्रतिशत अर्थात् एक करोड नौ लाख ७३ हजार २७ मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको छ।

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। यी कम्पनी अब सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउनेछैनन्।

धान–गहुँ फल्ने खेतमा अब बेसार खेती

अहिले तुलसीपुरमा मात्रै २० बिघाको हाराहारीमा बेसारखेती हुने गरेको छ।

नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।

उदयपुर–१ मा राेकिएकाे मतगणना पुनः शुरू

उदयपुर क्षेत्र नम्बर १ को मतगणना रोकिएको तीन दिनपछि पुनः शुरू भएको छ। 

मुस्ताङबाट ५० करोडको स्याउ निर्यात 

मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक टनमध्ये चार हजार ६२० मेट्रिक टन स्याउ निर्यात भएको कृषि ज्ञान केन्द्रकाे तथ्यांक छ।

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक

कर्णालीमा शैक्षिक सत्र सकिने बेलासम्म पनि कतिपय विषयका पाठ्यपुस्तक पुगेका छैनन्। यससम्बन्धमा प्रदेश शिक्षा निर्देशनालय भने बेखबर छ।

दल र उम्मेदवारलाई निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले भर्खंरै सम्पन्न निर्वाचनमा सहभागी दल तथा उम्मेदवारलाई खर्चको विवरण ३५ दिनभित्र आयोगमा बुझाउन निर्देशन दिएको छ।

विवाह पञ्चमी पर्व देशभर मनाइँदै

राम र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरेर सोमबार देशभर विवाह पञ्चमी पर्व मनाइँदैछ।

राष्ट्र बैंकले घटायो बैंक तथा वित्तीय संस्थाको ब्याजदर अन्तर

राष्ट्र बैंकले वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर ४.६ प्रतिशत कायम गर्ने निर्णय गरेको छ।

इलाम–१ बाट एमालेका महेश बस्नेत निर्वाचित, झलनाथ खनाल पराजित

इलाम- १ बाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

सुनसरी-४ मा पुनः मतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

सर्वदलीय बैठकमा सहमति जुट्न नसकेपछि पुनः मत गणनाको माग गर्दै कार्कीले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन्।

बागमतीमा माओवादीका १४ उम्मेदवार निर्वाचित, अधिकांश युवा अनुहार

बागमती प्रदेशमा माओवादी केन्द्रबाट निर्वाचित अधिकांश प्रदेशसभा सदस्यहरू युवा अवस्थाका रहेका छन्।

‘बधाइ लिने समय आएको छैन, सबै मिलेर काम गरौँ’

नवनिर्वाचित सांसद तथा रास्वपाका सभापति रवि लामिछानेले अबको समय काममा केन्द्रित हुने बताएका छन्। उनले बधाइ लिने समय नआएको समेत बताए।