बन्दिपुर भ्रमण गर्न आउनेमध्ये चिनियाँ पर्यटकको संख्या धेरै छ। त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन्।
सम्मेनलस्थलमा अधिकारकर्मी र आदिवासी समुदायले आफ्ना हक अधिकार तथा जीवाश्म इन्धन अन्त्यको मागसहित प्रदर्शन गरेका थिए।
म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ।
कोरोला नाका चिसो बढेकाले गाडी ‘स्टार्ट’ गरेर राख्नुपर्ने बाध्यताले गर्दा तेलसमेत धेरै खर्च हुने गरेको व्यवसायी बताउँछन्। केरुङ नाका चाँडो खोल्न सके सामान आयातमा सहज हुने व्यवसायीहरूको भनाइ छ।
काभ्रेपलान्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मंगलटार, नार्के गिम्दी क्षेत्रबाट राजमार्गको स्थायी पुनर्निर्माण भइरहेको छ।
प्रसूति सेवा बन्द हुँदा म्याग्दीसहित मुस्ताङ, पर्वतको जलजला र बागलुङको ताराखोलाका सेवाग्राही समस्यामा परेका छन्। प्रसूति सेवा लिन बागलुङ र पोखरा जानुपर्ने अवस्था आएको छ।
आगो नियन्त्रणका लागि विराटनगर, दुहबी, देवाङ्गञ्ज, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरानबाट गरी आठवटा दमकल परिचालन गरिएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कावासोती–१६ गैडाचोकका ४२ वर्षीय हीराबहादुर परियार रहेका छन्।
सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षित रूपमा बढ्न सकेको छैन।
द्वन्द्वकालमा आगजनीका कारण नष्ट भएका चैनपुर–८ र ९ का एक हजार १९० जग्गाधनीले २३ वर्षपछि लालपुर्जा पाएका छन्।
विगतमा मकै लगाउने तथा गोड्ने बेलामा किरा लाग्नुका साथै किसानले मलको अभाव बेहोर्नुपरेको थियो। यो वर्ष उक्त समस्या नभएकाले उत्पादन बढेको हो।
महोत्सवमा अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रबाट ठूलो संख्यामा साधु–सन्त, महन्त, योगी, सन्न्यासी, भिक्षु र भिक्षुणी आउने जनाइएको छ।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेशसभा सचिवालयले २७ प्रतिशत र कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.१४ प्रतिशत बजेट खर्च गरेको छ।
सुदूरपश्चिममा साल्ट ट्रडिङ कर्पोरेसनले ३० प्रतिशत र कृषि सामग्री केन्द्र लिमिटेड धनगढीले ७० प्रतिशत मल वितरण गर्दै आएका छन्। तर, दुवै निकायबाट किसानले पर्याप्त मल पाउन सकेका छैनन्।
रंगशाला परिसरमा नयाँ संरचनाहरू तयार भएको र नेपालीमा बढ्दो क्रिकेट क्रेजलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईको भनाइ छ।
नेपालमा कलाकार एनबी गुरुङको संयोजकत्वमा अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल नै गठन गरेर जलरङको प्रवर्द्धन भइरहेको छ।
कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ। माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन्।
दलहरूबीचमा वैचारिक दृष्टिकोणभन्दा पनि तत्कालको परिस्थितिबाट फाइदा लिने अभिप्रायसाथ विभाजन र एकताका घटनाक्रम देखिएको विश्लेषकको भनाइ छ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कोबाङ–जोमसोम सडक कालोपत्र नहुँदा हाल पर्यटक, स्थानीय र यात्रुहरूले सास्ती खेपिरहेका छन्। अलपत्र यो सडकको काम सक्न सातौँ चरणको म्याद थप प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ।
घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।