अन्तर्वार्ता
‘किसानको पीडा बुझेको छु। बीउ, मल र सिँचाइ सुलभ गर्ने तथा कृषि उत्पादनको बजारीकरण जस्ता विषय समाधान गर्न प्रयत्नशील हुनेछु।’
पहिलोपटक उम्मेदवार भएर चुनावी मैदानमा हुनुहुन्छ, नयाँ उम्मेदवारका सजिला र अप्ठ्यारा के रहेछन्?
अहिले कांग्रेस पार्टीभित्र मात्र होइन, नेपाली नागरिक ऊर्जाशील भएका छन्। यसको कारण पार्टीभित्रको रूपान्तरण र पुस्तान्तरण हो। कांग्रेस पुरानो र ठूलो दल हो, जसमा अहिले विगतको भन्दा धेरै संख्यामा नयाँले अवसर पाउनुभएको छ। अरू दलका नेताहरूलाई पनि यसले उत्साहित गरेको छ। नयाँ उम्मेदवार हुँदा मलाई चुनौती कम छ।
म उम्मेदवार भएको कुराले कार्यकर्ता र मतदातामा सकारात्मक सन्देश गएको छ। देशमा पछिल्लो समय जुनखाले परिवर्तनको लागि जनचाहना व्यक्त भएको छ, त्यसलाई मजस्ता पहिलोपटक अवसर पाउनेहरूको उम्मेदवारीले आत्मसात् गरेको छ।
कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित भएको पक्ष र तत्कालीन संस्थापन पक्षबीच आन्तरिक मतभेद कायम नै छ भनिन्छ, त्यसले चुनावमा प्रभाव पार्ला?
मेरो क्षेत्रमा र मैले बुझेसम्म अरूतिर पनि यसको प्रभाव देखिएको छैन। अहिले कांग्रेस एक ढिक्का भएको छ। यो आमकार्यकर्ताले बुझिसक्नुभएको छ। पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत बनाउनमा नव युवादेखि अग्रजसम्मले आवाज उठाए। यो भनेको गुट उपगुट होइन, रूपान्तरणको बेला देखा परेको आयाम हो।
पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो होस् भन्ने आवाज उठाउने र त्यसलाई सकारात्मक परिणामसम्म पुर्याउने एक मात्र पार्टी हो कांग्रेस। हिजोको जस्तो ३६ र ६४ को समूह वा ६० र ४० को हिस्सेदारीको कुरा अब पार्टीभित्र छैन। त्यो फेज सकियो। यो कुरा टिकट वितरणमा प्रमाणित भइसकेको छ।
गैरसरकारी संस्थामा लामो समय काम गरेर राजनीतिमा आउनुभएको छ, यसै आधारमा तपाईंलाई मतदाताले मत देलान्?
मैले २७ वर्ष सामाजिक संस्थामार्फत गरेको काम र व्यवहारले गर्दा नै प्रतिस्पर्धीहरूमा चुनौती बढेको छ। म स्पष्ट छु, मलाई पार्टी भित्रबाट मात्र मत आइरहेको छैन, आम समुदायले साथ दिइरहनुभएको छ। मैले धेरै मानिसहरूको जीवनमा परिवर्तन ल्याउन भूमिका खेलेको छु। मतदाताले मेरो विगतका काम हेरेका छन्, मूल्यांकन पक्कै पनि गर्नेछन्। अबका मतदाता विवेकको उच्चतम प्रयोग गर्ने भइसके, दबाब वा प्रभावमा पर्ने खालका छैनन्।
तपाईं निर्वाचित हुनुभयो भने बारा– २ का कुन मुद्दामा काम गर्नुहुन्छ?
यहाँका समस्या र सम्भावनालाई सूक्ष्म ढंगले बुझेको छु। गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ जस्तो मलाई लाग्छ। विद्यालयमा विद्यार्थी टिक्ने खालको सिकाइ प्रक्रिया र शैक्षिक वातावरण हुनु पर्यो। त्यस्तै यहाँ पढेको कुरा आजको प्रतिस्पर्धी युगमा बिक्नुपर्छ। स्थानीय तहसँग समन्वय गरेर शिक्षा सुधार्न र आजको बजार सुहाउँदो व्यावसायिक शिक्षाका लागि संस्था तयार गर्न जरुरी ठान्छु।
उपस्वास्थ्य चौकीमा ५८ प्रकारका औषधी निःशुल्क पाउनुपर्छ, तर छैन। यसको लागि बाराका १६ वटै पालिकाको स्वास्थ्य संस्थालाई अभियानमा जोड्नुपर्छ। तेस्रो कुरा हो रोजगारी, पार्टीको घोषणापत्र यसमा स्पष्ट बोलेजस्तै सानादेखि ठूलासम्मका व्यवसाय र उद्यमशीलता गर्नेलाई हरतरहले प्रोत्साहन र साथ दिएर स्थानीय स्तरमा रोजगारी बढाउने। जुन समाजमा नारी सबल हुन्छन् त्यो समाज उन्नत र प्रगतिशील हुन्छ भन्ने मैले बुझेको छु। त्यसैले महिला जनशक्तिको लागि कामको प्रबन्ध मेरो प्राथमिकतामा रहनेछ।
किसानको पीडा बुझेको छु। बिउ, मल र सिँचाइ सुलभ गर्ने तथा कृषि उत्पादनको बजारीकरण गर्ने जस्ता विषय समाधान गर्न प्रयत्नशील हुनेछु। समाजको विसंगति र विकृति विरुद्धको मेरो लडाइँ जारी राख्नेछु।
मुख्य प्रतिस्पर्धी को हुन्?
कोसँग मेरो नजिकको प्रतिस्पर्धा छ भन्ने सर्भे मसँग छैन, त्यसैले मैले सबैलाई प्रतिस्पर्धी मानेको छु।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
