बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो।

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो।

बुधाबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।  मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।