बिहीबार नेप्से परिसूचक करिब ७ अंकले बढेर २,७१८ को बिन्दुमा पुग्दा दुई अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीबार सामान्य सुधार देखिएको छ। आज नेप्से ६.९४ अंकले बढेर २,७१८.१६ को बिन्दुमा कायम भएको हो।
आज ३३४ कम्पनीको ६६ लाख ८४ हजार ७ कित्ता सेयर ४५ हजार ६५ पटक खरिद–बिक्री हुँदा २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज सात वटा उपसूचकमा वृद्धि देखिएको छ। जसमध्ये व्यापार १.५७, अन्य ०.८३, लघुवित्त ०.३५, बैंकिङ ०.३३, जीवन बिमा ०.३०, विकास बैंक ०.२९ र होटल तथा पर्यटन समूह ०.२० प्रतिशतले बढेका छन्। बाँकी अन्य समूहको उपसूचक भने घटेको छ।
विवरणअनुसार निर्जीवन बीमा ०.५६, म्युचुअल फन्ड ०.१६, उत्पादन तथा प्रशोधन ०.०८, वित्त ०.०८ र लगानी समूहको उपसूचक ०.०७ प्रतिशतले ओरालो लागेका छन्।
आजको कारोबारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १७ करोड ६८ लाख ३३ हजार ३६९ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएको सेयर संख्याका आधारमा भने नेसनल हाइड्रोपावरको ५ लाख २६ हजार ६८२ कित्ता शेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
