Saturday, April 27, 2024

-->

नेवानिले २ वटा विमान किन्न गठन गर्‍यो उपसमिति

निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ।

नेवानिले २ वटा विमान किन्न गठन गर्‍यो उपसमिति

काठमाडौँ– नेपाल वायुसेवा निगम (नेवानि)ले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ।

प्रादेशिक रूपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले शहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो।

यसका लागि वैशाख २६ मा बसेको निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ। उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन बुझाउने गरी काम शुरू गरिसकेको छ।

“शहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज नभएकाले निगमले हाल शहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन,” निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निगमले दुई वटा जहाज खरिद गरेपश्चात काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्नेछ।”


सम्बन्धित सामग्री