Thursday, May 09, 2024

-->

सरकारले माग पूरा नगरेको सिरहाका मिटरब्याज पीडितको गुनासो, आन्दोलनमा उत्रिने चेतावनी

सरकारसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ। 

सरकारले माग पूरा नगरेको सिरहाका मिटरब्याज पीडितको गुनासो आन्दोलनमा उत्रिने चेतावनी 
फाइल तस्वीर।

सिरहा– सरकारले प्रतिबद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित लेनदेन (मिटरब्याज) पीडितले गुनासो गरेका छन्। 

सरकारसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ। 

मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले सरकारले पटक–पटक सहमति गरे पनि कार्यान्वयनका लागि ठोस् पहल नगरेको आरोप लगाए। उल्टै मिटरब्याज पीडितलाई स्थानीय प्रशासनले दुःख दिने काम गरिरहेको उनको भनाइ छ। 

समस्या समाधानको काम प्रभावकारी ढंगले अगाडि नबढाइए फेरि आन्दोलन गर्ने पीडितहरूको चेतावनी छ।


सम्बन्धित सामग्री