Thursday, May 09, 2024

-->

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यस्तो रहनेछ शनिबारको मौसम

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण कोशी र सुदूरपश्चिममा आंशिकदेखी साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कोशीका केही स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ। 

यसैगरी, राति कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी  र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। लुम्बिनी, मधेश र कोशीका थोरै स्थानमा राति पनि हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री