Saturday, May 18, 2024

-->

पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाइ तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। खाँण बुधबार नै पक्राउ परेका हुन्।

पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ- पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

नक्कली शरणार्थी प्रकरणमा जोडिएका खाँडलाई प्रहरीले बुधबार बिहान उनकै निवास मैजुबहालबाट पक्राउ गरेको थियो। उनलाई बुधबार नै काठमाडौँ जिल्ला अदालत पेश गरेको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका बनाउने प्रयासमा लागेको आरोप लागेका १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरूको बयानका आधारमा खाँण पनि पक्राउ परेका हुन्।

मंगलबार साँझ र बुधबार पक्राउ परेका अन्य तीन जनालाई भने चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

यसअघि पक्राउ परेकाले खाँणसहित उनकी पत्नी मञ्जु र पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई पनि मुछेको प्रहरी स्रोतको भनाइ छ।


*बालकृष्ण खाँणलाई तीन दिन थुनामा राख्ने अनुमति दिएकोमा अन्यथा भएकाले सच्याइएको छ। -सं.


सम्बन्धित सामग्री