Saturday, June 08, 2024

-->

यस्तो रहनेछ शनिबारको मौसम

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

यस्तो रहनेछ शनिबारको मौसम

काठमाडौँ– नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण कोशी, मधेश र बागमतीमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी,  बागमती र गण्डकीका पहाडी भूभागमा हावाहुरीसहित हल्का वर्षा हुनेछ। 


सम्बन्धित सामग्री