Sunday, June 02, 2024

-->

सर्पको उद्धारमा रमेका सुबोध, यसरी समात्छन् सर्प (तस्वीरहरू)

सुबोधले काठमाडौँमा पाइने प्राय सबै प्रजातिका सर्प उद्धार गरेका छन्। उद्धार गरिएका सर्प जिल्ला वन कार्यालय, निकुञ्जसँग समन्वय गर्दै सुरक्षित वासस्थानमा छाडिने गरेको छ।

सर्पको उद्धारमा रमेका सुबोध यसरी समात्छन् सर्प तस्वीरहरू
तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– दक्षिणकाली नगरपालिकाका सुबोध आचार्यले चार वर्षदेखि सर्प उद्धार गर्दै आएका छन्। उनले काठमाडौँमा पाइने प्राय सबै प्रजातिका सर्प उद्धार गरेका छन्।

जसमध्ये एक सर्प हो ,किङकोब्रा अर्थात् काली नाग। काठमाडौँको रिङरोड बाहिर दक्षिणकाली, सुन्दरीजल, साँखु सालिनदी, ललितपुर बडिखेललगायत विभिन्न ठाँउमा गरेर दुई दर्जनभन्दा बढी किङकोब्रा उद्धार गरेका छन्।

उद्धार गरिएका सर्प जिल्ला वन कार्यालय, निकुञ्जसँग समन्वय गर्दै सुरक्षित वासस्थानमा छाडिने गरेको छ। उद्धारको लागि आवश्यक औजार जिल्ला वन कार्यालय र दक्षिणकाली नगरपालिले दिएका छन्। सर्प पर्यावरणीय एवं धार्मिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ।

 


सम्बन्धित सामग्री