विमानबाट मानव तस्करी भएको आशंका गरिएको छ। यस विषयमा शनिबार बिहानसम्म भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन।
निर्वाचन आयोगले खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को चुनाव चिन्ह ‘ब्याट’ खारेज गरिदिएको छ। पार्टीभित्र निर्वाचन हुन नसकेको भन्दै आयोगले यस्तो कारबाही गरेको हो।
विश्वविद्यालयको दर्शन विभागको भवनमा बिहीबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाएका थिए। जवाफी कारबाहीमा गोली चलाउने विद्यार्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
गाजाका प्यालेस्टिनीले लामो समयदेखि गरिबी, जोखिम र उच्च बेरोजगारी दरको निरन्तर सामना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
जेलमा रहेकाले इमरान खान चुनाव लड्न योग्य भने छैनन्। इस्लामावाद उच्च अदालतले खानको अपिलमा फैसला दिएपछि मात्रै उनले चुनाव लड्न पाउने नपाउने निश्चित हुनेछ।
इजरायल र हमासबीच जारी युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेता बुधबार कायरो पुगेका हुन्।
भग्नावशेषमा मानिसहरू पुरिएको हुनसक्ने भएकाले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी छ।
सोमबार राति गएको भूकम्पमा गान्सु प्रान्तमा १०० र छिङहाइ प्रान्तमा ११ जनाको मृत्यु भएको छ।
भारी वर्षा र बाढीका कारण बस्ती नै जलमग्न भएपछि विद्यालय र क्याम्पसमा बिदाको घोषणा गरिएको छ। सोमबार साँझसम्म सात हजार ५०० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
भारतमा विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसद निलम्बित भएका छन्। लोकसभाका ३३ र राज्यसभाका ४५ जना सांसद निलम्बित भएका हुन्।
सियोल र वासिंटनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उक्त परीक्षण गरिएको हो।
इजरायली सैनिकको गोली प्रहारबाट गाजामा हमासले बन्धक बनाएका तीन जनाको ज्यान गएपछि तेल अभिवमा विरोध प्रदर्शन भएको छ।
विश्वव्यापी दबाबसामु नझुक्ने बताएको इजरायलले गाजामा हमाससँगको अर्को चरणको युद्धबारे योजना बनाइरहेको बताइएको छ।
विस्तारित कोष सुविधाअन्तर्गत विनियोजन गरिएको रकमले युक्रेनलाई प्राथमिकताको बजेट खर्च व्यवस्थापन गर्न र समष्टिगत आर्थिक स्थिरता सुनिश्चित गर्न मद्दत गर्ने वित्तमन्त्री सेर्गी मार्चेन्कोले बताए।
डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोटको प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो।
जापानको शक्तिशाली सत्तारुढ पार्टी एलडीपी संलग्न रहेको चन्दा संकलन काण्डमा चार जना मन्त्रीले राजीनामा दिएका छन्।
ती चिनियाँ नागरिकसँग ‘वर्क परमिट’ नभएको तथा अनलाइनबाट अवैध कारोबार गरेको पाइएपछि देश निकाला गरिएको फिलिपिन्सले जनाएको छ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले युद्धविराम प्रस्तावमा अमेरिका सहमत नभएको बताइन्।
जिम्बाब्बेस्थित हृाङ्गे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले जनाएको छ।
चीनमा रगत बेच्ने व्यवसायीले एचआईभी एड्स फैलाएको खुलासा गरेकी डा. याओजी सन् २००९ यता न्युयोर्क बस्दै आएकी थिइन्।