AnonymousUser

Logout

हज यात्राका क्रममा १ हजार ३०० भन्दा बढीको मृत्यु : साउदी अरब

साउदी अरबका अनुसार २०२४ को हज तीर्थयात्राका क्रममा एक हजार ३०१ जनाको मृत्यु भएको छ। मृतकमध्ये ८३ प्रतिशत ‘अनधिकृत रूपमा’ हज यात्रामा आएका थिए।

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २०  जनाको मृत्यु

सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी शुरू भएको थियो।

रुसमा बन्दुकधारी समूहको आक्रमणमा पादरीसहित कम्तीमा १५ प्रहरीको मृत्यु

रुसको राष्ट्रिय आतंकवाद विरोधी समितिले यसलाई आतंकवादी आक्रमण भएको जनाएको छ।

भारतमा विषाक्त मदिरा सेवनका कारण ५३ जनाको मृत्यु

रक्सीको शक्ति बढाउन मिसाइने पदार्थ मेथानोलले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ। 

बांग्लादेशमा पुल भत्किँदा ९ जनाको मृत्यु

विवाह भोजका पाहुना बोकेको एउटा माइक्रोबस र अटोरिक्सा पुल भत्किएर नहरमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी आक्रमण

आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।

पुटिन फर्किएलगत्तै दक्षिण कोरियाको बन्दरगाह पुग्यो अमेरिकी युद्धपोत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरिया भ्रमणलगत्तै अमेरिकाले दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यासका लागि युद्धपोत विमान पठाएको हो।  

चीनमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी ४७ जनाको मृत्यु

मुसलधारे वर्षा, बाढी, पहिरोका कारण दक्षिणी चीनको गुआंडोङ प्रान्तमा ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन्।

युक्रेनको समर्थन गर्ने रुसी शिक्षकलाई २० वर्ष जेल सजाय

युक्रेनको पक्ष लिएको र आर्थिक सहयोगसमेत पठाएको अभियोगमा अदालतले २७ वर्षीय शिक्षकलाई देशद्रोही ठहर गरेको हो।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश

दिल्लीको राउज एभिन्यू अदालतले मदिरा घोटालासम्बन्धी मुद्दामा मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

एक हजार नाघ्यो साउदी अरबमा अत्यधिक गर्मीका कारण ज्यान गुमाउने हजयात्रीको संख्या

साउदी अरबमा अत्यधिक गर्मीका कारण एक हजारभन्दा बढी हजयात्रीको मृत्यु भएको छ। मृतकमध्ये करिब आधा हजका लागि आधिकारिक रूपमा नाम दर्ता नगराएका तीर्थयात्री रहेका छन्।

इजरायलमा ९२ हजार विदेशी कामदारको कोटा स्वीकृत

इजरायलले श्रमिक अभावको समस्या सम्बोधन गर्न कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारको कोटा स्वीकृत गरेको छ।

साउदी अरबमा अत्यधिक गर्मीका कारण ६४५ हजयात्रीको मृत्यु

मृत्यु हुनेमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसियालगायत देशका नागरिक छन्। भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको छ।

पुटिन र किमले गरे रक्षा सम्झाैतामा हस्ताक्षर, के छ त्यसमा खास?

​​​​​​​सम्झौतामा हस्ताक्षरपछि किम जोङ उनले आफ्नो देश वा रुसमाथि आक्रमण वा युद्ध भएमा उत्तर कोरियाले ‘बिना हिचकिचावट’ जवाफ दिने बताए।

रुसी राष्ट्रपति पुटिन २४ वर्षपछि उत्तर कोरियामा, किमले गरे भव्य स्वागत (तस्वीरसहित)

युक्रेनसँगको युद्धमा अन्तर्राष्ट्रिय प्रतिबन्धपछि रुसले उत्तर कोरियासँग सैन्य र अन्य सहयोगलाई बढावा दिइरहेको छ।

बर्ड फ्लुको महाकारीबाट बच्न विश्व तयार छैन: प्रतिवेदन

प्रतिवेदनमा नयाँ महामारी सम्झौतामा सहमत हुन, खोप उत्पादनलाई बढवा दिन, डब्ल्यूएचओको शक्ति बढाउन र भाइरससँग लड्ने राष्ट्रिय प्रयासलाई वित्तपोषित गर्न आह्वान गरिएको छ। 

मध्य अमेरिकामा भारी वर्षा र पहिरो: १३ जनाको मृत्यु

एल साल्भाडोर र ग्वाटेमालामा शनिबारदेखि नै वर्षा भइरहेको छ। राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोल खस्दा अन्य दुई जनाको मृत्यु भएको छ।

इटलीमा दुईवटा जहाज डुब्दा ११ आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता

तटरक्षकहरूले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्। बेपत्ता भएकाहरू अफगानिस्तान र इरानबाट आएको बताइएको छ।

इजरायली प्रधानमन्त्रीले भंग गरे युद्ध मन्त्रिपरिषद्

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासविरुद्ध युद्धको नेतृत्व गर्ने जिम्मेवारी दिइएको युद्ध मन्त्रिपरिषद् भंग गरेका छन्।

सिक्किमको राजनीति: साबिक पार्टीबाट विद्रोह गर्नेहरूको सत्तारोहण

३२ सिट रहेको सिक्किम विधानसभामा एसकेएम एक्लैले ३१ सिट ल्याएको छ। बाँकी एक सिट मात्रै एसडीएफले जितेको छ। २५ वर्ष मुख्यमन्त्री रहेका त्यसका नेता पवन चाम्लिङले दुई ठाउँबाट चुनाव हारेका छन्।