५३ वर्षीय जेभियर मिलेई एक अर्थशास्त्री पनि हुन्। उनले आफ्नो चुनाव प्रचारका क्रममा अर्जेन्टिनाको अर्थव्यवस्था सुधार्ने वाचा गरेका थिए।
राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्काउले लडाइँ जारी रहेको गाजाका आधाभन्दा बढी जनसंख्याले भोकमरीको सामना गरिरहेको जनाएका छन्।
सुरक्षा परिषद्का १३ सदस्यले शुक्रबार यूएईद्वारा पेस गरिएको मस्यौदा प्रस्तावको पक्षमा मतदान गरेका छन्।
सेनाका पूर्वप्रमुखसमेत रहेका मन्त्री गाडी आइसेनकोटका छोरा २५ वर्षीय मेजर गल आइसेनकोटको बिहीबार मृत्यु भएको छ।
इटाली सन् २०१९ मा यस परियोजनामा सामेल भएको थियो। यो परियोजना मार्च २०२४ मा सकिँदै थियो।
प्रहरी कारबाहीमा बन्दुकधारीको पनि मृत्यु भएको छ। गोली चल्नुको कारण भने खुलेको छैन।
तटीय बस्तीमा बाढी पसेपछि दक्षिणी भारतमा कम्तीमा तीन लाख ९० हजार मानिस प्रभावित भएका छन्। भारी वर्षाका कारण मंगलबार १४० भन्दा बढी रेल सेवा र ४० उडान रद्द गरिएको थियो।
दुई दिनयता गाजाको स्थिति लगातार बिग्रिँदै गएको डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले बताएका छन्।
सन् २०२२ मा मात्रै सवारी दुर्घटनाका कारण थाइल्यान्डमा १५ हजार मानिसले ज्यान गुमाएका थिए।
आक्रमणमा मारिनेमा ७० प्रतिशत महिला तथा बालबालिका रहेको हमासले जनाएको छ।
बहुसंख्यक मेइती समूह र आदिवासी कुकी अल्पसंख्यकबीचको जातीय द्वन्द्वका कारण यो वर्ष मणिपुरबाट ६० हजार विस्थापित भएका छन्।
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ भने १२ जना आरोही बेपत्ता भएका छन्।
अक्टोबर ७ देखि अहिलेसम्म इजरायली आक्रमणबाट गाजापट्टीमा मृत्यु हुनेको संख्या १५ हजार ५०० भन्दा बढी पुगेको छ भने ४१ हजार ३०० भन्दा बढी घाइते भएका छन्।
सन् २०१८ यता रुसले दोस्रो पटक सेना विस्तार गरेको छ। यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिएका थिए।
फिलिपिन्सको मिन्डानाओ स्टेट विश्वविद्यालयभित्रको जिममा आइतबार विस्फोट हुँदा चारको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।
जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेसन सोमबारसम्मका लागि बन्द गरिएको छ।
भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महसुस गरिएको थियो।
युक्रेनले विद्युत् लाइन काटिँदा जापोरिजिया आणविक केन्द्र ‘दुर्घटना’को जोखिममा परेको जनाएको छ।
युद्धविराम अन्त्यसँगै इजरायलले गाजामा थालेको आक्रमणमा परी १९३ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
दक्षिण कोरियाले क्यालिफोर्नियाको अमेरिकी सैन्य आधारबाट आफ्नो पहिलो स्वदेशी सैन्य जासुस उपग्रह बोकेको रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ।