AnonymousUser

Logout

युक्रेनलाई २७ करोड ५० लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा

अमेरिकाले युक्रेनका लागि २७ करोड पचास लाख अमेरिकी डलर बराबरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ।

इरानी रक्षामन्त्री मोहम्मद रेजासँगै ९ संस्थामाथि ईयूको प्रतिबन्ध

ईयूमा आबद्ध देशका राजदूतबीचको ‘कोरिपर’ सम्झौतालाई आउँदो सोमबार विदेशमन्त्रीहरूको बैठकले अनुमोदन गरेपछि सार्वजनिक गरिने जनाइएको छ।

गाजामा भेटियो थप ३ इजरायली बन्धकको शव

 शुक्रबार उत्तरी गाजापट्टीको जबालियामा रातभरको कारबाहीपछि बन्धकहरूको शव नियन्त्रणमा लिइएको इजरायली सेनाको भनाइ छ।

भियतनामको एक अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु

भियतनामको राजधानी हनोइको साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

बेलायती प्रधानमन्त्री सुनकले अचानक गरे संसद विघटन, चुनावको मिति घोषणा

सत्तारुढ दलबीचको विवाद र विपक्षी लेबर पार्टीसँग पराजय भोग्न सक्ने अनुमानका बीच प्रधानमन्त्री सुनकले संसद विघटन गरेको बताइएको छ।

पूर्वी अफ्रिकामा भारी वर्षा: १६ लाख मानिस प्रभावित

बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा र तान्जानियामा मे १७ सम्ममा ४७३ जनाको मृत्यु भएको र झन्डै चार लाख १० हजार मानिस विस्थापित भएका छन्।

आयरल्यान्ड, नर्वे र स्पेनद्वारा प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने निर्णय

प्यालेस्टाइनलाई मान्यता दिने कदमको इजरायलले कडा विरोध गरेको छ।

गाजामा सहायता आपूर्ति प्रतिबन्ध हटाउन इजरायललाई डब्लूएचओको आग्रह

गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको जनाइएको छ।

नाइजेरियामा बन्दुकधारीको आक्रमण: ४० भन्दा बढीको मृत्यु

बन्दुकधारीहरूले त्यहाँका बासिन्दामाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन्। उनीहरूले सो क्रममा स्थानीयका घरहरूमा पनि आगो लगाएका थिए।

चीनको कोइला खानीमा दुर्घटना हुँदा ५ को मृत्यु

दुर्घटनामा नौ जना फसेको र उनीहरूमध्ये चार जनालाई भने उद्धार गरिएको कम्पनी स्रोतले जनाएको छ।

इजरायली प्रधानमन्त्री र हमास नेताविरुद्ध पक्राउ पुर्जी जारी गर्न आईसीसीमा निवेदन

हमासका नेता याहया सिनवार र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायतविरुद्ध युद्ध अपराधको अभियोगमा पक्राउ पुर्जी जारी गर्न माग गर्दै आईसीसीमा निवेदन परेको छ।

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा उम्मेदवार बन्न अयोग्य ठहर

दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई आगामी निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको छ।

दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु, कसले सम्हाल्लान् जिम्मेवारी

इरानको संविधानमा व्यवस्था भएबमोजिम, प्रथम उपराष्ट्रपतिले राष्ट्रपतिको कार्यभार ग्रहण गर्नेछन्। तर, ५० दिनभित्र भने नयाँ राष्ट्रपति चयन गर्न चुनावमा जानुपर्ने हुन्छ।

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाः प्रतिकूल मौसमका कारण उद्धारमा समस्या

इरानको सरकारी टिभीले एक अधिकारीलाई उद्धृत गर्दै कम्तिमा एक चालक दलका सदस्य उद्धारकर्ताहरूसँग सम्पर्कमा रहेको बताएको छ।

इरानका राष्ट्रपति चढेको हेलिकप्टरको ‘हार्ड ल्यान्डिङ’

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।

अफगानिस्तानमा बाढी: कम्तीमा ५० जनाको मृत्यु

गत हप्ता मात्रै अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो। जसमा ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

पुटिनविरुद्धको अभियानबाट पछि नहट्ने नाभाल्नीका सहयोगी भोल्कोभको भनाइ

एलेक्सी नाभाल्नीका निकट सहयोगी लियोनिद भोल्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धको आफ्नो अभियानबाट ‘पछि नहट्ने’ बताएका छन्।

अफगानिस्तानमा गोलाबारी: ३ स्पेनी पर्यटकसहित ४ जनाको हत्या  

शुक्रबार राति भएको आक्रमणमा तीन स्पेनी पर्यटक र एक अफगान नागरिकको हत्या भएको जनाइएको छ।

रफाहमा संयम हुन इजरायललाई १३ देशको आग्रह

अस्ट्रेलिया, यूके, क्यानडा, जापानसहित १३ देशले इजरायललाई रफाहमा ठूलो स्तरको आक्रमण नगर्न अपिल गरे‍का छन्।

विद्यार्थी मृत भेटिएपछि पटनाको एक विद्यालयमा आगजनी

बिहारको एक विद्यालय परिसरको ट्यांकीभित्र विद्यार्थीको शव भेटिएपछि आक्रोशित आफन्तले विद्यालयमा आगजनी गरेका छन्।