AnonymousUser

Logout

जापानमा अमेरिकी सैनिकमाथि लाग्यो किशोरीलाई बलात्कारको आरोप

सन् १९९५ मा पनि यस्तै घटना बाहिरिएपछि जापानमा अमेरिकी सेनालाई फिर्ता पठाउन माग गर्दै महिनौँसम्म आन्दोलन चर्केको थियो।

भारतको लोकसभा सभामुखमा पुनः ओम बिरला, यस्तो छ उनको राजनीतिक यात्रा

बिरलाले भारतको इतिहासमा ४९ वर्षपछि पाँच वर्षको कार्यकाल पूरा गरी पुनः सभामुख बन्ने अवसर प्राप्त गरेका छन्। यस्तो अवसर प्राप्त गर्ने पहिलो सभामुख बलराम जाखड थिए।

क्रिकेटको डीएलएस विधिका सहआविष्कारक डकवर्थको निधन

क्रिकेट खेल वर्षा वा अन्य कारणले छोट्याउनुपर्दा फ्र्यांक डकवर्थले टोनी लुइससँग मिलेर बनाएको नियम लागू गरिन्छ। यो नियम पहिलो पटक सन् १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग भएको थियो।

केन्यामा करवृद्धिको विरोध गर्दै संसद् छिर्न खोज्ने प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा कैयौँको मृत्यु

केन्यामा करवृद्धिको विरोध गर्दै प्रदर्शनकारीले संसद्मा प्रवेश गरेर आगजनी गरेका छन् भने प्रहरीले गोली चलाउँदा कैयौँको मृत्यु भएको छ।

मदिरा‍का कारण बर्सेनि २६ लाखको मृत्यु : डब्लूएचओ

‘मदिरा प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीर क्षति, दीर्घरोग, मानसिक स्वास्थ्यमा जोखिम बढाउँछ र दुखद् रूपमा हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुन्छ जसलाई रोक्न सकिन्छ,’ डब्लूएचओका महानिर्देशक भन्छन्।

युक्रेनी शरणार्थी युरोपमा सन् २०२६ सम्म बस्न पाउने

युरोपियन युनियनले रुस–युक्रेन युद्धबाट प्रभावित युक्रेनी शरणार्थीलाई सन् २०२६ मार्चसम्म उनीहरू बसिरहेका ब्लकमा बस्ने अधिकार विस्तार गरेको छ।

रिहा भए विकिलिक्सका संस्थापक जुलियन असान्ज

पत्रकार असान्जले आफ्नो अपराध स्वीकार गरी अस्ट्रेलिया फर्किने सर्तमा यो रिहाइ गरिएको बताइएको छ।

हज यात्राका क्रममा १ हजार ३०० भन्दा बढीको मृत्यु : साउदी अरब

साउदी अरबका अनुसार २०२४ को हज तीर्थयात्राका क्रममा एक हजार ३०१ जनाको मृत्यु भएको छ। मृतकमध्ये ८३ प्रतिशत ‘अनधिकृत रूपमा’ हज यात्रामा आएका थिए।

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २०  जनाको मृत्यु

सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी शुरू भएको थियो।

रुसमा बन्दुकधारी समूहको आक्रमणमा पादरीसहित कम्तीमा १५ प्रहरीको मृत्यु

रुसको राष्ट्रिय आतंकवाद विरोधी समितिले यसलाई आतंकवादी आक्रमण भएको जनाएको छ।

भारतमा विषाक्त मदिरा सेवनका कारण ५३ जनाको मृत्यु

रक्सीको शक्ति बढाउन मिसाइने पदार्थ मेथानोलले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ। 

बांग्लादेशमा पुल भत्किँदा ९ जनाको मृत्यु

विवाह भोजका पाहुना बोकेको एउटा माइक्रोबस र अटोरिक्सा पुल भत्किएर नहरमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी आक्रमण

आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।

पुटिन फर्किएलगत्तै दक्षिण कोरियाको बन्दरगाह पुग्यो अमेरिकी युद्धपोत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरिया भ्रमणलगत्तै अमेरिकाले दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यासका लागि युद्धपोत विमान पठाएको हो।  

चीनमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी ४७ जनाको मृत्यु

मुसलधारे वर्षा, बाढी, पहिरोका कारण दक्षिणी चीनको गुआंडोङ प्रान्तमा ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन्।

युक्रेनको समर्थन गर्ने रुसी शिक्षकलाई २० वर्ष जेल सजाय

युक्रेनको पक्ष लिएको र आर्थिक सहयोगसमेत पठाएको अभियोगमा अदालतले २७ वर्षीय शिक्षकलाई देशद्रोही ठहर गरेको हो।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश

दिल्लीको राउज एभिन्यू अदालतले मदिरा घोटालासम्बन्धी मुद्दामा मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

एक हजार नाघ्यो साउदी अरबमा अत्यधिक गर्मीका कारण ज्यान गुमाउने हजयात्रीको संख्या

साउदी अरबमा अत्यधिक गर्मीका कारण एक हजारभन्दा बढी हजयात्रीको मृत्यु भएको छ। मृतकमध्ये करिब आधा हजका लागि आधिकारिक रूपमा नाम दर्ता नगराएका तीर्थयात्री रहेका छन्।

इजरायलमा ९२ हजार विदेशी कामदारको कोटा स्वीकृत

इजरायलले श्रमिक अभावको समस्या सम्बोधन गर्न कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारको कोटा स्वीकृत गरेको छ।

साउदी अरबमा अत्यधिक गर्मीका कारण ६४५ हजयात्रीको मृत्यु

मृत्यु हुनेमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसियालगायत देशका नागरिक छन्। भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको छ।