AnonymousUser

Logout

युद्धबन्दी बोकेको विमान युक्रेनले खसालेको रुसको आरोप

आईएल–७६ सैन्य विमान युक्रेनले खसालेको रुसको आरोप छ। विमानमा चालक दलका ६ सदस्यसहित ७४ जना सवार थिए। 

युक्रेनी युद्धबन्दी बोकेको रुसी सैन्य विमान दुर्घटना, कम्तीमा ७४ जनाको मृत्यु

रुसी रक्षा मन्त्रालयले ‘इल–७६’ सैन्य विमानले ६५ युक्रेनी युद्धबन्दी बोकेर युक्रेनसँग आदानप्रदानका लागि लगिएको पुष्टि गरेको छ।

राष्ट्रपतिको दाैडमा ट्रम्प: न्यु ह्याम्पसायरको रिपब्लिकन प्रारम्भिक चुनावमा विजयी

न्यु ह्याम्पसायर प्रारम्भिक चुनावमा जितेर ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपति चुनावको लागि रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने आफ्नो दाबीलाई बलियो बनाएको छ। 

युक्रेनमा रुसी मिसाइल आक्रमण: १८ जनाको मृत्यु, १३० घाइते

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका दुई ठूला शहरमा ४० वटा मिसाइल आक्रमण गरेको बताएका छन्।

राम मन्दिरको उद्घाटनप्रति पाकिस्तानले जनायो आपत्ति

भारतबाट मुस्लिमलाई राजनीतिक र सामाजिक रूपमा सीमान्तकृत गर्ने प्रयास भइरहेको पाकिस्तानको आरोप छ।

थोरै उत्सव, अलिकति मौनता: अयोध्याका दुई रंग

नवनिर्मित राम मन्दिरको अभिषेकका बेला एकातिर अयोध्यामा उत्सवको माहोल छ भने अर्कातिर मौनता छाएको छ, जसले केही भन्न खोजेको देखिन्छ।

दक्षिणपश्चिम चीनमा पहिरो, ४७ जनाको मृत्यु

युनान प्रान्तस्थित झाओटोङ शहरको लियाङसुई गाउँमा सोमबार बिहान ५ः५१ बजे  पहिरो गएको थियो।

चीनको एक छात्रावासमा भएको आगलागीमा १३ बालबालिकाको मृत्यु

मृत्यु हुनेमा सबै तीन कक्षामा पढ्ने विद्यार्थी भएको बताइएको छ।

सिरियामा इरान निकट नेतालाई लक्षित गरी इजरायली आक्रमण, ४ सैन्य सल्लाहकारको मृत्यु

इरानको सरकारी टेलिभिजनले यसलाई इजरायलले गरेको 'आतंकवादी हमला' भनेको छ।

चन्द्रमामा यान अवतरण गर्ने पाँचौँ देश बन्यो जापान

यानको सोलर प्रविधिले बिजुली उत्पादन गर्न नसकेको र उक्त समस्या समाधान गर्न नसके केही घण्टामा यानको काम बन्द हुने अधिकारीले बताएका छन्।

विद्रोही सशस्त्र समूहबाट बच्न म्यान्मारका करिब ३०० सैनिक भारतमा

आफ्नो शिविरमा विद्रोही सेनाले आक्रमण गर्ने डरले त्यहाँबाट भागेर म्यानमार सैनिक मिजोरमको लांगटाइल जिल्लाको बांडुकबांसोरा गाउँमा आएर बसेका छन्।

कतार र फ्रान्सको नेतृत्वमा गाजामा औषधि तथा स्वास्थ्य सामग्री

कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार गाजामा इजरायली बन्धक र सर्वसाधारणका लागि औषधि र अन्य मानवीय सहायता लगिएको हो।

जापानद्वारा अमेरिकाबाट लामो दुरीका ४०० क्षेप्यास्त्र खरिद सम्झौता

क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि जापानले क्षेप्यास्त्र खरिद गर्न थालेको हो।

पाकिस्तानले गर्‍यो इरानमाथि जवाफी हमला, दुई देशबीच तनाव बढ्नुको यस्तो छ कारण

इरानले पाकिस्तानमा मंगलबार राति त्यहाँको विद्रोही समूह जैश अल–अदलविरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त आक्रमण भएको हो।

थाइल्यान्डको पटका कारखानामा विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु

विस्फोट स्थानीय समयअनुसार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो। 

युरोपमा श्वासप्रश्वाससम्बन्धी संक्रमण बढ्दो, सतर्कता अपनाउन डब्ल्यूएचओको आग्रह

फ्लुजस्ता लक्षण देखिएका व्यक्तिको लगभग ३५ प्रतिशत नमुनामा संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ। अघिल्लो हप्ता यो दर १३ प्रतिशत थियो।

इराकस्थित अमेरिकी दूतावास नजिक विस्फोट, ४ जनाको मृत्यु

रिभोलुसनरी गार्डले इराकको एर्बिल विमानस्थल नजिकै तीन अमेरिकी ड्रोनलाई खसालेको छ। विस्फोटपछि विमानस्थल बन्द गरिएको छ।

कुवेतमा नियम उल्लंघन गर्ने १ हजार ४७० आप्रवासीलाई देश निकाला 

कुवेत नेपालीको श्रम गन्तव्य देश पनि हो। अघिल्लो आर्थिक वर्षमा मात्रै ४३ हजार ५०७ नेपाली रोजगारीको लागि कुवेत गएका थिए।

डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित

डेनमार्कका युवराज फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका हुन्।

पाकिस्तानमा आतंकवादीसँगको भिडन्तमा ५ सैनिकको मृत्यु

बलुचिस्तानमा शान्ति र स्थिरता कायम गर्न पाकिस्तानको सुरक्षा बल कटिबद्ध रहेको सेनाले जनाएको छ।