प्रतिनिधिसभाकी पूर्वसभामुख न्यान्सी पेलोसीले पनि बाइडेनले चुनावी मैदानबाट पछि हट्नुपर्ने बताइसकेकी छन्।
प्रदर्शनकारीले बिहीबार बांग्लादेशको मुख्य सरकारी प्रसारक बीटीभीको मुख्यालयमा आगजनी गरेका छन्।
तथ्यांक अनुसार गत मे–जुनको बीचमा बेरोजगार अस्ट्रेलियालीको संख्या नौ हजार ७०० ले बढ्दा बेरोजगारी दर वृद्धि भएको हो।
राष्ट्रपति बाइडेनलाई खोप लगाइएको र अहिले आराम गरिरहेको ह्वाइट हाउसले जनाएको छ। उनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भइसकेको छ।
पौड्याललाई सिक्किमका बहुसंख्यक नेपाली समुदायको राजनीतिक अधिकारका लागि लड्ने पहिलो नेता पनि मानिन्छ।
हिजबुल्लाहका नेता नसरूल्लाहले इजरायलले लेबनानमा थप आक्रमण गरेमा आफ्नो इरान समर्थित समूहले इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने चेतावनी दिएका छन्।
बांग्लादेशमा सरकारी जागिरका लागि कोटा प्रणालीका विषयलाई लिएर भएको हिंसात्मक झडपमा परी कम्तिमा ४ जनाको मृत्यु भएको छ भने सयाैँ घाइते भएका छन्।
प्रारम्भिक रिपोर्टहरूले लगभग ४०० घरहरू ध्वस्त भएको संकेत गरेका छन्, जसले बासिन्दा र व्यवसायलाई आर्थिक क्षति पुर्याएको छ।
अफगानिस्तानको नंगरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण ४० जनाको मृत्यु र ३४७ जान घाइते भएको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
युक्रेनमाथि रुसी आक्रमणको कहिल्यै निन्दा नगरेको चीनले द्वन्द्वमा आफू तटस्थ पक्ष रहेको बताउँछ। यद्यपि पश्चिमी नेताहरूले रुसलाई राजनीतिक र आर्थिक समर्थन दिएको भन्दै चीनको आलोचना गरेका छन्।
संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको कडा शब्दमा निन्दा गरेको उनका प्रवक्ताले बताएका छन्।
ट्रम्पको र्याली बाहिर उच्च स्थानबाट बन्दुकधारीले गोली चलाएका थिए। घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए।
हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान शनिबार बिहान ४ बजे पहिरोमा परेको हो।
सयौँको संख्यामा नेपाली युवा पनि रुसी सेनामा भर्ती भएका छन्। ३० भन्दा धेरैको मृत्यु नै भइसकेको छ। तर पनि सरकारले उनीहरूलाई फिर्ता ल्याउन प्रभावकारी ढंगले संवाद अगाडि बढाउन सकेको छैन।
उचित पारिश्रमिक र बिदा नीतिको माग गर्दै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कर्मचारी हडतालमा उत्रेका छन्।
भारतमा हरेक वर्ष करिब पाँच लाख सवारी दुर्घटनामा एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा ‘युद्धले समस्याको समाधान नगर्ने’ बताएका छन्।
यस अवधिमा प्यालेस्टिनी भूमिमा ३८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन्।
इरानका तत्कालीन राष्ट्रपति इब्राहिम राईसीको मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यो निर्वाचन आह्वान गरिएको थियो।
नाइजरको उत्तरमा लिबिया र अल्जेरियासँगको सिमानामा अवस्थित अगाडेज क्षेत्र युरोप पुग्न खोज्ने आप्रवासीका लागि खतरनाक क्रसिङ गेटवे हो।