दियाला प्रान्तले सन् २००३ पछिका वर्षमा कुर्दिश, सुन्नी र सिया समुदायबीचको अशान्ति र छिटपुट हिंसाको सामना गरिरहेको छ।
आतंकवादीलाई आर्थिक सहयोग गर्ने गतिविधिका कारण यस्ता अवैध कारोबारमा वृद्धि भएको रुसी संघीय वित्तीय सेवा अनुगमनकारी संस्थाले जनाएको छ।
भारतका गृहमन्त्री अमित शाहले यसलाई ऐतिहासिक सफलता बताएका छन्।
किसिन्जरले सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए।
म्युनिख र डबलिनमा समेत साइबर सुरक्षा केन्द्र रहेको गुगलले यस नयाँ केन्द्रमा भने साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञ राख्ने जनाएको छ।
तीन पटक प्रधानमन्त्री भइसकेका सरिफले आफूमाथि लागेका आरोप राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताउँदै आएका छन्।
सीभी–२२ ओस्प्रे विमान याकुशिमा एयरपोर्टमा अवतरण गर्न खोजिरहेका बेला त्यसको बायाँ इन्जिनमा आगो लागेको थियो।
प्रारम्भिक चार दिने युद्धविराम थप दुई दिन लम्ब्याइएपछि १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गरिएको छ। यता, इजरायलले भने ३० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ।
भारतको उत्तरकाशीस्थित सिल्कयाराको निर्माणाधीन सुरुङमा फसेका कामदारको १७ दिनपछि सुरक्षित रूपमा उद्धार भएको छ।
अस्ट्रेलियामा १४ देखि १७ वर्ष उमेर समूहका करिब सात बालबालिकामा एक जनाले भेप प्रयोग गर्ने गरेको सरकारी विज्ञप्तिमा उल्लेख छ।
इजरायल र हमासबीच गाजामा शुरू भएको चार दिने युद्धविराम मंगलबार सकिँदै थियो।
भारतको गुजरातमा चट्याङ र असिनापानीबाट २४ जनाको मृत्यु भएको छ। गुजरातका केही क्षेत्रमा २४ घण्टाको अवधिमा १४४ मिलिलिटरसम्म वर्षा भएको बताइएको छ।
उत्तरकाशीको सिल्क्यारा सुरुङको मुख्य द्वारनजिक मन्दिरको निर्माण गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार सोमबार दिउँसो साढे दुई बजे त्यहाँ हवन पूजा गरिने बताइएको छ।
भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रिँदा उद्धार प्रयास सुस्त र जटिल भएको छ।
शुक्रबार बन्धकहरूलाई रिहा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट सबै बन्धकहरूलाई फिर्ता गर्न प्रतिबद्ध रहेको बताए।
चिनियाँ अधिकारीले भनेका छन्, “नयाँ रोगको लक्षण फेला परेको छैन। यो सामान्य फ्लु हो, जुन हरेक वर्ष यस मौसममा हुन्छ।”
हमासले इजरायल, थाइल्यान्ड र फिलिपिन्सका गरी २४ बन्धकलाई रिहा गरेको छ।
चार दिनको अवधिमा कम्तीमा ५० जना बन्धक रिहा हुने अनुमान मध्यस्थकर्ताले गरेका छन्। यस्तै १५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा गरिने अपेक्षा गरिएको छ।
केहीदिन पहिले बलिवुड अभिनेत्री रश्मिका मण्डनाको डिपफेक भिडियो भाइरल भएको थियो। उक्त घटनापछि भारतमा डिपफेकविरुद्ध कडा नियम बनाउनुपर्ने बहस छेडिएको छ।
पछिल्लो समय दुई देशबीच चिसिँदै गएको विवादका कारण गत सेप्टेम्बरमा भारतले क्यानडेली नागरिकका लागि ई-भिसा सेवा बन्द गरेको थियो।