AnonymousUser

Logout

भाजपा नेतृत्वको गठबन्धनले जित्यो २९३ सिट, तेस्रोपटक प्रधानमन्त्री बन्दै नरेन्द्र मोदी

भाजपाले मात्रै २४० सिटमा जित हासिल गरेको छ। तर एक्लैले बहुमत ल्याउन भने सकेन। निर्वाचन परिणामले भारतमा भाजपाको लोकप्रियता घटेको देखाएको छ । 

मोदी वाराणसीबाट तेस्रो पटक निर्वाचित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा सदस्यमा वाराणसीबाट तेस्रो पटक निर्वाचित भएका छन्।

श्रीलंकामा मनसुनी वर्षाबाट २६ जनाको मृत्यु, राहत बाँड्न सेना परिचालन

श्रीलंकामा भारी मनसुनी वर्षा र पहिरोबाट कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् भने एक लाख ३० हजार मानिस घरबारविहीन भएका छन्।

पाकिस्तानको कोइला खानी दुर्घटनामा ११ जनाको मृत्यु

बलुचिस्तानको कोइला खानीमा ग्यास चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।

श्रीलंकामा बाढीका कारण १४ जनाको मृत्यु

डीएमसीले २० जिल्ला भारी वर्षाले प्रभावित भएको जनाएको छ। नदी किनारका बासिन्दालाई उच्च स्थानमा जान भनिएको छ।

जेलमा हाजिर हुँदै दिल्लीका मुख्यमन्त्री केजरीवाल

केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा लोकसभा चुनाव प्रचारका लागि अन्तरिम जमानत दिएको थियो। उनलाई जुन २ मा तिहाड जेलमा आत्मसमर्पण गर्न भनिएको थियो।

दक्षिण अफ्रिकामा सत्तारूढ एएनसीले गुमायो बहुमत

दक्षिण अफ्रिकाको निर्वाचनमा राष्ट्रपति सिरिल रामाफोसाको दल एएनसीले तीन दशक लामो प्रभुत्व गुमेको छ।

भारतमा लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान जारी

भारतका पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बंगालका नौ सिट, बिहारका आठ, उडिसाका छ, हिमाचलका सबै चार सिट, झारखण्डका तीन सिट र चण्डीगढको एक सिटमा मतदान भइरहेको छ।

फौजदारी मुद्दामा डोनाल्ड ट्रम्प दोषी ठहर

न्युयोर्कको १२ सदस्यीय जुरीले ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरूमा उनलाई दोषी ठहर गरेको छ।

प्यालेस्टिनी राज्यलाई मान्यता दिने विषयमा स्लोभेनियाको संसद्‌मा मतदान हुने

सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरूले गाजामा चाँडोभन्दा चाँडो युद्ध समाप्त गर्ने प्रयासअन्तर्गत प्यालेस्टिनी राज्यको मान्यतालाई समर्थन गर्छन्। ती दलसँग संसद्को कुल ९० मध्ये ५१ सिट छ। 

भारतको जम्मूमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, दर्जनौँ घाइते

भारतको जम्मूमा तीर्थयात्री बोकेको बस बिहीबार दिउँसो दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन्।

हङकङमा १४ जना प्रजातन्त्र समर्थक कार्यकर्ता दोषी ठहर

दोषी ठहर भएका १४ जनामध्ये ४ जना पूर्व सांसद रहेका छन्। सबै जनालाई आजीवन कारावासको सजाय हुनसक्ने बताइएको छ।

गत वर्ष विश्वभर १ हजार १५३ जनालाई मृत्युदण्ड, सबैभन्दा धेरै इरानमा

सन् २०२३ मा विश्वभर मृत्युदण्डको सजाय ३० प्रतिशतले वृद्धि भएको एम्नेस्टीले जनाएको छ। सो वर्ष मृत्युदण्ड दिइएकामध्ये सबैभन्दा बढी इरानमा ८५३ जना छन्।

दिल्लीको तापक्रम ५२ डिग्री सेल्सियस, पानी खेर फाल्नेलाई २ हजार जरिबाना

दिल्लीको मुंगेशपुरमा रहेको भारतीय मौसम विभागको मौसम स्टेसनले दिउँसो साढे दुई बजे करिब ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको छ। यो दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम हो।

प्यालेस्टाइनलाई राज्यको मान्यता दिने अभियानलाई संयुक्त राष्ट्रसंघद्वारा स्वागत

प्यालेस्टिनी जनताको स्वतन्त्र राज्यको अधिकारसहित आत्मनिर्णयको अधिकारलाई पुष्टि गर्नेबारे यही मे १० को राष्ट्रसंघीय महासभाको प्रस्तावपछि मान्यता दिने क्रम बढेको हो।

भारतको राजस्थानमा तापक्रम ४९ डिग्री पुग्यो, ६ जनाको मृत्यु

भारतको ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ। यसले मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ।

बांग्लादेशमा आँधीले १० जनाको मृत्यु, ३० हजार आवास पूर्ण रूपमा क्षतिग्रस्त

‘रेमाल’ नाम दिइएको चक्रवातले आइतबार राति तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छाल ल्याएको थियो। 

रफाहमा इजरायली आक्रमणः शिविरमा बसेका प्यालेस्टिनी ज्युँदै जले 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार राति रफाहमा रहेको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको र सयौँको संख्यामा मानिसको हताहती भएको जनाएको छ।

बंगालको खाडीबाट शक्तिशाली आँधी आउने चेतावनीपछि लाखौँ मानिसलाई सारियो सुरक्षित स्थानमा

बंगालको खाडीमा बनेको शक्तिशाली आँधी आउने चेतावनीपछि आइतबार बांग्लादेशका जोखिममा रहेका क्षेत्रबाट करिब आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

भारतको राजकोटमा आगलागी हुँदा २७ जनाको मृत्यु

आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ। गेम जोनमा वेल्डिङको काम भइरहेका बेला आगलागी भएको जनाइएको छ।