AnonymousUser

Logout

श्रीलंकामा राष्ट्रपति निर्वाचनः आर्थिक संकटपछि ‘माओवादी’ नेता दिसानायकेको लोकप्रियता

अघिल्लो राष्ट्रपतीय निर्वाचनमा ३ प्रतिशत मत मात्र पाएका ५५ वर्षीय मार्क्सवादी नेता दिसानायके कसरी यति लोकप्रिय बने जसले आगामी निर्वाचन जित्ने चर्चा भइरहेको छ?

जर्मनीको हर्ज पर्वतमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थानमा सारियो

मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन्।

दक्षिण कोरियामा घट्दो जन्मदरले चिन्ता, बचतदर पनि घट्यो

दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्त्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो।

फ्रान्सका नयाँ प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् गठन गर्न सकस

वामपन्थीहरूले प्रधानमन्त्रीका रूपमा बार्नियरको मनोनयनप्रति आपत्ति जनाएका छन्।

केन्याको विद्यालयमा आगलागी: १७ बालबालिकाको मृत्यु

न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा बिहीबार मध्यरातमा आगलागी भएको थियो। 

एन्ड्री सिबिहा युक्रेनको विदेशमन्त्री नियुक्त 

युक्रेनी संसद्‍ले रिक्त विदेशमन्त्री पदमा एन्ड्री सिबिहालाई नियुक्त गर्ने पक्षमा मतदान गरेको हो। सिबिहाले उपस्थित ३१५ सांसद्‌मध्ये २५८ को समर्थन प्राप्त गरे।

जम्मु–कश्मीर निर्वाचनः प्रतिस्पर्धा भाजपा र इन्डिया गठबन्धनबीच, मुद्दा ‘आर्टिकल ३७०’

भारतको कान्छो ‘यूनियन टेरिटोरी’मा सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म हुने निर्वाचनबाट ९० विधायक छानिने छन्। हिन्दू बहुल जम्मुमा भाजपा र मुस्लिम बहुल कश्मीरमा एनसी वा एआईपीको पल्ला भारी हुने अनुमान छ।

युक्रेनसँग वार्ता गर्न रुस तयार रहेको पुटिनको भनाइ

युक्रेनसँग अल्पकालीन मागका आधारमा नभई इस्तानबुलमा सहमति भएको दस्ताबेजका आधारमा वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

युक्रेन युद्धका बीच आणविक हतियारको सिद्धान्त परिवर्तन गर्दै रुस

रुसले आणविक हतियारको प्रयोगबारे आफ्नो आधिकारिक अडानमा परिवर्तन आएको संकेत गरेको छ।

युक्रेनका विदेशमन्त्री कुलेबाले दिए राजीनामा

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चाँडै नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने घोषणा गरेपछि विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिएका हुन्।

फ्रान्समा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु

मानव तस्करहरूले ३० देखि ४० जनासम्म यात्रु बोक्ने डुंगामा ७० जनाभन्दा बढीलाई राख्दा दुर्घटना हुने गरेका छन् ।

रुसी क्षेप्यास्त्र आक्रमणबाट युक्रेनमा ४९ जनाको मृत्यु, २१९ घाइते

युक्रेनको मध्यपूर्वी क्षेत्रको एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन्।

कंगोमा जेल तोडेर भाग्न खोज्दा १२९ जनाको मृत्यु

कंगोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १२९ जनाको मृत्यु भएको छ।

चीनमा स्कुल बस दुर्घटना: ११ जनाको मृत्यु, १३ घाइते

मंगलबार बिहान बस सडक छेउमा रहेका अभिभावक र विद्यार्थीहरूको भिडसँग ठोक्किएको थियो। दुर्घटनामा मृत्यु हुनेमा ६ अभिभावक र ५ विद्यार्थी छन्।

बांग्लादेशमा बाढीबाट ११ जिल्ला प्रभावित, हजारौँ घरबारविहीन

बांग्लादेशमा बाढीबाट प्रभावित ११ जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने देशभर सात लाखभन्दा बढी घरपरिवार विस्थापित भएका छन्।

इजरायलमा प्रधानमन्त्री नेतन्याहु विरुद्ध चर्को विरोध प्रदर्शन

प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न धेरै काम नगरेको प्रदर्शनकारीहरूको भनाइ छ।

चिनियाँ नौसैनिक आफ्नो जलक्षेत्रमा प्रवेश गरेको भन्दै जापानको विरोध 

कुचिनोएराबु टापु नजिकै एक चिनियाँ नौसैनिक जहाज जापानी जलक्षेत्रमा प्रवेश गरेको र करिब दुई घण्टापछि याकुशिमा टापुको दक्षिण पश्चिमबाट निस्किएको थियो।

रुसको कामचट्कामा २२ जना सवार हेलिकप्टर सम्पर्कविहीन

रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।

कानूनी प्रतिनिधि नियुक्त नगरेपछि ब्राजिलमा एक्समाथि प्रतिबन्ध

ब्राजिलको दूरसञ्चार एजेन्सीका प्रमुखले एक्स प्लेटफर्म निलम्बन गर्न आदेश दिइएको पुष्टि गर्दै आदेश कार्यान्वयनको प्रक्रिया अघि बढेको बताएका छन्।

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

हेलिकप्टर उडेलगत्तै सन्तुलन गुमाएर दुर्घटना भएको हो। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।