AnonymousUser

Logout

रुसमा पुटिनको सरकार कायमै रहने, राष्ट्रपतिको चुनावमा झण्डै ८८ प्रतिशत मतले विजयी

पुटिनले आफूविरुद्ध सधैँ प्रतीकात्मक उम्मेदवार मात्र उभ्याउने गरेको बताइन्छ। पश्चिमाले यी उम्मेदवारलाई ‘रबर स्ट्याम्प’ भन्ने गरेका छन्।

भारतमा लोकसभा निर्वाचन १९ अप्रिलदेखि, ७ चरणमा मतदान हुने

भारतमा लोकसभाको निर्वाचन अप्रिल १९ देखि हुने भएको छ। सात चरणमा हुने निर्वाचनको मतगणना जुन ४ मा हुनेछ।

रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकमबाट हतियार किन्दै ईयू

ईयूका सदस्य राष्ट्रहरूले रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम युक्रेनका लागि हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन्।

रुसी नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा निर्वाचन अस्वीकार्य: राष्ट्रसंघ 

युक्रेनमाथिको छानबिन आयोगको नयाँ प्रतिवेदनले रुस र युक्रेनमा रुसी अधिकारीले सर्वसाधारणमाथि गरेको उत्पीडनबारे खुलासा गरेको र उत्पीडन निकै ठूलो मात्रामा भएको पुष्टि गरेको छ।

प्यालेस्टाइनको प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा नियुक्त

मुस्तफाले सन् २०१४ मा इजरायलले गाजामा आक्रमण गरेपछि त्यहाँको पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

पश्चिमालाई पुटिनको चेतावनीः आणविक युद्धको लागि रुस तयार छ

अमेरिकाले युक्रेनमा आफ्ना सेना पठाए आणविक युद्ध पनि हुन सक्ने भन्दै उनले बुधबार चेतावनी दिएका हुन्।

जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट

टोकियोस्थित स्पेस वानको १८ मिटर अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि विस्फोट भएको छ। 

अमेरिकाको राष्ट्रपतिका लागि पुनः बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पनि ट्रम्प र बाइडेनबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो। त्यस निर्वाचनमा ट्रम्प पराजित भएका थिए।

हिंसा बढेपछि हाइटीबाट फिर्ता भए राष्ट्रसंघका कूटनीतिज्ञ

हिंसाका कारण हाइटीबाट तीन लाख ६२ हजार मानिस विस्थापित भएका छन्। हतियारधारी समूहले राजधानीका पसल र घरहरूमा तोडफोड गरेपछि ७२ घण्टाका लागि आपत्कालीन अवस्था लागू गरिएको छ।

चीन, रुस र इरानले संयुक्त सैन्य अभ्यास गर्ने

चीन, रुस र इरानका नौसेनाले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने भएका छन्।

इन्डोनेसियामा बाढी–पहिरोमा परी २६ जनाको मृत्यु

इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुगेको छ।

रुससँगको युद्धमा पोप फ्रान्सिसको भनाइले युक्रेन आक्रोशित

भ्याटिकनका लागि युक्रेनका राजदूतले पोपको भनाइलाई दोस्रो विश्वयुद्धको समयमा हिटलरसँग वार्ताको वकालत गर्नेहरूसँग तुलना गरेका छन्।

गाजा युद्धबारे नेतन्याहुको दृष्टिकोणले इजरायललाई क्षति पुर्‍याइरहेको छ: बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी युद्धबारे इजरायली राष्ट्रपति बेन्जामिन नेतन्याहुको दृष्टिकोणले इजरायललाई सहयोग गर्नुको सट्टा क्षति पुर्‍याइरहेको दाबी गरेका छन्।

चेक रिपब्लिककी क्रिस्टिनालाई मिस वर्ल्डको उपाधि

क्रिस्टिना ११७ देशका प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन्। उनलाई २०२२ की मिस वर्ल्ड क्यारोलिना विलावस्काले ताज पहिराइदिइन्।

दक्षिण कोरियामा माछा मार्ने डुंगा पल्टिँदा ६ जना बेपत्ता

९ टन क्षमताको डुंगा तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा सुमुद्रमा पल्टिएको छ। डुंगामा इन्डोनेसियाली नागरिकसहित नौ जना सवार थिए।

युक्रेन र गाजा युद्धमा पिल्सिएका महिला, भोकमरीदेखि याैनहिंसा झेल्दै

हिजो (मार्च ८) विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइयो। तर युद्धको चपेटामा परेका हजारौँ महिलाहरूको अवस्था उस्तै छ।

भारतीय नागरिकलाई रुसको पक्षमा लड्न पठाउने ‘नेटवर्क’माथि सीबीआईको छापा

भारतीय अधिकारीहरूले युक्रेनमा रुसी सेनाको पक्षमा लड्नका लागि आफ्नो देशका नागरिक पठाउने एक ‘तस्करको नेटवर्क’का सदस्यलाई पक्राउ गरेको बताएका छन्।

सहायतालाई मोलमोलाइको विषय नबनाउन इजरायललाई बाइडेनको चेतावनी

हमासका वार्ताकारले इजिप्टमा मध्यस्थकर्तासँग भएको वार्ता छोडेपछि रमजान शुरू हुनुअघि नयाँ युद्धविरामको आशा क्षीण हुँदै गएको समय बाइडेनको यो भनाइ आएको हो। 

रुसी सेनामा लागेका भारतीय नागरिक पनि मारिए, शव ल्याउन पहल गर्दै त्यहाँको सरकार

नेपाली युवाहरू पनि रुसी सेनामा भर्ती भएका छन्। हालसम्म १९ जना नेपालीको मृत्यु भइसकेको छ भने सयाैँको संख्यामा घाइते भएका छन्।

राष्ट्रसंघले भन्यो– सन् २०२३ आप्रवासीका लागि सबैभन्दा घातक वर्ष

भूमध्यसागर पार गर्नु आप्रवासीका लागि सबैभन्दा घातक भएको छ। कुल आप्रवासीको मृत्युमा आधाभन्दा धेरै मृत्यु डुबेर भएको छ। नौ प्रतिशत वाहन दुर्घटना र सात प्रतिशत हिंसाका कारण भएको छ।