AnonymousUser

Logout

बांग्लादेशको अन्तरिम सरकारलाई समावेशी हुन राष्ट्र संघको आग्रह

महासचिव गुटेर्रेसले महिला, युवा, अल्पसंख्यक, आदिवासी समुदाय साथै सम्पूर्ण जनताको आवाजलाई ध्यानमा राख्दै समावेशिताको हरेक प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह गरेका छन्।

आफूमाथि आक्रमणदेखि पुटिन–किमको सम्बन्धसम्म, ट्रम्पले मस्कसँगको अन्तर्वार्तामा के भने?

मस्कले यस अनौपचारिक अन्तर्वार्ताले स्वतन्त्र मतदाताहरूलाई खुला दिमागमा मतदान गर्न सहयोग पुग्ने बताएका छन्। साथै उनले कमला ह्यारिससँग पनि एक्समा बहस गर्ने जनाएका छन्।

बांग्लादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि

खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ। जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो। 

एकैदिन ७०० आप्रवासी बेलायत प्रवेश

प्रधानमन्त्री स्टार्मरले सत्ता सम्हालेयता आइतबार मात्रै स–साना डुंगामार्फत ७०० भन्दा बढी आप्रवासी बेलायती भूमिमा प्रवेश गरेका छन्।

बांग्लादेश: अवामी लिगमाथि प्रतिबन्ध नलगाइने गृहमन्त्रीको भनाइ

बांग्लादेशको अन्तरिम सरकारका गृहमन्त्रीले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाउने  सरकारको कुनै मनसाय नरहेको बताएका छन्। 

भारतको एक मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु, १६ घाइते

बिहारको जेहानाबाद जिल्लामा रहेको बाबा सिद्धेश्वर नाथ मन्दिरमा सोमबार बिहान भागदौड मच्चिएको हो।

बांग्लादेशमा राजनीतिक, सामाजिक र धार्मिक एकता कायम राख्न युनुसको अपिल

अन्तरिम सरकारको नेतृत्व गरिरहेका नेता मोहम्मद युनुसले बांग्लादेशमा राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि देशवासीसँग अपिल गरेका छन्।

गाजाको विद्यालयमा इजरायली हमला: १०० जनाको मृत्यु, दर्जनौँ घाइते

गाजाको नागरिक सुरक्षा विभागका अनुसार इजरायलले अल–ताबिन विद्यालयमा रहेको हमासको ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टर’मा आक्रमण गरेको हो।

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

ब्राजिलको दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडेको भोपस एयरलाइन्सको टर्बोप्रप विमान भिन्हेडो शहरमा खसेको छ। 

बांग्लादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन

मुहम्मद युनुस नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा मुख्य रूपमा नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका दुई नेतासहित १६ जनालाई सहभागी गराइएको छ।

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

जापानको दक्षिणी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि सरकारले सुनामीको चेतावनी जारी गरेको छ।

बांग्लादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता युनुस नियुक्त 

अन्तरिम सरकार गठनका लागि राष्ट्रपति र आन्दोलनको अगुवाइ गरेका विद्यार्थी नेताबीच मंगलबार साँझ वार्ता भएको थियो।

दक्षिण कोरियामा गर्मीका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

दक्षिण कोरियामा अत्यधिक गर्मी कम्तीमा अगस्ट १५ सम्म जारी रहने मौसम एजेन्सीले पूर्वानुमान गरेको छ।

बांग्लादेशका राष्ट्रपतिले विघटन गरे संसद्

बांग्लादेशका राष्ट्रपतिले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मंगलबार संसद् विगठन गरेका छन्।

बांग्लादेश : अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल पुरस्कार विजेता युनुस सहमत

नोबेल पुरस्कार विजेता प्राडा मुहम्मद युनुस बांग्लादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारका रूपमा नेतृत्व गर्न सहमत भएका छन्।

हिरोसिमामा बम आक्रमणको ७९ वर्ष पूरा

हिरोसिमाका मेयर काजुमी मात्सुईले युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको बताएका छन्। 

शेख हसिना पुगिन् भारत

प्रधानमन्त्री पदबाट राजीनामा दिएर बांग्लादेश छाडेकी शेख हसिना भारत पुगेकी छन्।

बांग्लादेशमा सेनाप्रमुखले गरे अन्तरिम सरकार बनाउने घोषणा

बांग्लादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको सम्बोधनमा सेनाप्रमुख जमानले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका छन्।

बांग्लादेशी प्रधानमन्त्री हसिनाको राजीनामा, छाडिन् देश

सरकारविरोधी आन्दोलन चर्किँदै गएपछि बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन्।

बेलायतमा हिंसात्मक प्रदर्शन बढेसँगै प्रधानमन्त्रीले डाके ‘कोब्रा मिटिङ’

बेलायतका विभिन्न शहरहरूमा भएका हिंसात्मक विरोध प्रदर्शनमा १५० भन्दा धेरै व्यक्ति पक्राउ परिसकेका छन्।