AnonymousUser

Logout

मस्कको कार निर्माता कम्पनी टेस्लाले गर्‍यो १५ हजार कर्मचारी कटौती

विश्वव्यापी आर्थिक चुनौतीका बीच विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले १५ हजार कर्मचारीलाई निकालेको छ।

काश्मीरमा डुंगा पल्टिँदा १५ जना बेपत्ता

हिमालयको काश्मीर उपत्यकामा केही दिनको वर्षापछि नदीमा पानी बढेको थियो। प्रत्यक्षदर्शीका अनुसार डुंगा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो। 

आतंकवादी हमलाको डरले किन झस्किरहन्छ युरोप?

युरोपमा जारी च्याम्पियन्स लिग र यही वर्ष हुन गइरहेको पेरिस ओलम्पिकमा आतंकवादी हमला हुनसक्ने डरले युरोप त्रसित छ। किन यस्तो भयमा बाँचिरहेको छ युरोप?

अस्ट्रेलियाको सिड्नीमा छुरा प्रहारको अर्को घटना, चर्चभित्र आक्रमण

वाकेलीस्थित द गुड सेफर्ड चर्चमा भेला भएका एक पादरी र केही अन्य व्यक्तिमाथि आक्रमण भएको हो।

सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट सर्न सक्छ: म्याक्रोन

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह पूर्वनिर्धारित सिन नदीबाट राष्ट्रिय रंगशालामा सार्न सकिने बताएका छन्। 

अफगानिस्तानमा भारी वर्षा र बाढी, ३३ जनाको मृत्यु

सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा विदेशी सहयोगको प्रवाह अत्यन्त कम भएको छ। यसबाट प्राकृतिक प्रकोपमा राहत प्रतिक्रियामा अवरोध भइरहेको छ। 

इजरायलमा इरानको आक्रमण, २०० भन्दा बढी मिसाइल प्रहार 

आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षात्मक र आक्रामक दुवै ढंगले जवाफ दिने बताएका छन्।

सिड्नीको सपिङ मलमा छुरा प्रहारबाट ५ जनाको मृत्यु

 बोन्डी जंक्सनस्थित वेस्टफिल्ड मलभित्र एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन्।

सन् २०५० सम्ममा जापानको २० प्रतिशत घरमा वृद्धवृद्धा मात्र हुन्छन्: अध्ययन

जापानले बढ्दो जनसंख्या संकटको सामना गरिरहेको छ। बढ्दो वृद्ध जनसंख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ र यसको लागि भुक्तानी गर्ने श्रम शक्ति घट्दै जान्छ।

पाकिस्तानमा लुटपाट: १९ जनाको मृत्यु, ५५ घाइते

लुटपाटको प्रतिरोध गर्दा १९ जनाको मृत्यु भएको छ। ५५ जना घाइते छन्। यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ।

ब्राजिलमा वार्षिक २० मिलियन टन खाद्य फोहोर, खाना नफाल्न आह्वान

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) ले हालै सार्वजनिक गरेको खाद्य असुरक्षा सूचकांक प्रतिवेदनअनुसार विश्वभर ७८ करोड ३० लाख मानिसले पर्याप्त खाना पाउन सकेका छैनन्।

भियतनामी अर्बपति ट्रुओङलाई ठगी मुद्दामा मृत्युदण्डको सजाय

ठगी मुद्दामा रियल स्टेट व्यवसायी ट्रुओङ माई लानलाई भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

दक्षिण कोरियाको संसदीय निर्वाचनमा विपक्षी दललाई बहुमत

निर्वाचनमा प्रत्यक्ष तर्फका २५४ सिटमध्ये विपक्षी दल डीपीले १६१ सिटमा जित हासिल गरेको छ।

भारतको हरियाणामा स्कुल बस दुर्घटना हुँदा ६ विद्यार्थीको मृत्यु

भारतको हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा ६ विद्यार्थीको मृत्यु भएको छ।

युरोपमा अनियन्त्रित आप्रवासन: यस्तो छ ईयूले ल्याउन खोजेको सुधार

पछिल्लो समय नेपालीहरूको नयाँ रोजगार गन्तव्य बन्दै गएको युरोपमा अनियमित आप्रवासन बढीरहेको छ। यसैलाई सुधारका लागि युरोपेली संसद्ले बुधबार मतदान गरेको छ।

पतञ्जलीले दोस्रो पटक मागेको माफी पनि सर्वोच्चद्वारा अस्वीकार, कारबाही गर्ने चेतावनी 

भ्रामक विज्ञापनको मुद्दामा रामदेव र पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक बालकृष्णले मागेको माफी अदालतले दोस्रो पटक पनि खारेज गरेको छ।

पाकिस्तानी सिनेटको अध्यक्षमा पूर्वप्रधानमन्त्री गिलानी निर्वाचित

पाकिस्तान पिपुल्स पार्टीको तर्फबाट निर्वाचित सांसद गिलानी सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए। 

शक्तिशाली भूकम्पपछि इन्डोनेसियामा सुनामीको चेतावनी जारी

इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मंगलबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ। 

रुसमा दशककै ठूलो बाढी, स्थानीयद्वारा विरोध प्रदर्शन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीग्रस्त क्षेत्रको भ्रमण गर्ने कुनै योजना नभएको बताएपछि स्थानीय प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले आर्थिक सहयोगको माग गरेका छन्।

गाजा युद्धको ६ महिना पूराः युद्धविराम अनिश्चित, इजरायली नागरिक सरकारको विरोधमा

गाजामा ७ जना राहतकर्मी मारिएपछि इजरायलमाथि युद्धविरामको दबाब बढीरहेको छ। यहीबीच इजरायलले गाजाबाट आफ्ना सेनाको संख्या घटाउने निर्णय गरेको छ।