AnonymousUser

Logout

एआईसम्बन्धी आविष्कारका लागि जोन र जेफ्रीलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

अमेरिकी जोन होपफिल्ड र बेलायती–क्यानडाली जेफ्री हिन्टनले कृत्रिम बौद्धिकता (एआई)को विकासमा पुर्‍याएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्।

‘माइक्रोआरएनए’ पत्ता लगाउने एम्ब्रोस र ग्यारीलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

‘माइक्रोआरएनए’ आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा यसको योगदानका लागि अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कनलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ।

लेबनानबाट ९०० अस्ट्रेलियाली नागरिकको उद्धार

लेबनानमा इजरायलले आक्रमण तीव्र पारेपछि अस्ट्रेलियाले ९०० भन्दा बढी आफ्ना नागरिकलाई लेबनानबाट उद्धार गरेको छ।

गाजा युद्धको १ सालः ४२ हजार प्यालेस्टिनीको मृत्यु, लाखौँ घर खण्डहरमा परिणत

संयुक्त राष्ट्रसंघका अनुसार गाजाको युद्धपूर्व संरचनाको दुई तिहाइ वा एक लाख ६३ हजारभन्दा बढी भवनहरू खण्डहरमा परिणत भएका छन्।

लेबनान नछाड्ने राष्ट्रसंघीय शान्ति सेनाको घोषणा

स्थानान्तरण हुन इजरायलले गरेको अनुरोधका बाबजुद संयुक्त राष्ट्रसंघीय शान्ति सेनाले दक्षिणी लेबनान नछोड्ने घोषणा गरेको छ।

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर तथा सवारीसाधनमा आगलागी भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम विस्फोटपछि विमानस्थलहरूमा विस्फोटक सामग्री खोज्दै जापान

दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम मियाजाकी विमानस्थलमा विस्फोट भएपछि जापानले क्षेत्रीय विमानस्थलहरूमा खोजी गरी विस्फोटक सामग्री सफा गर्ने घोषणा गरे‍को छ।

अमेरिकामा हिलिन आँधी: २१० जनाभन्दा बढीको मृत्यु

हिलिन आँधी आएको करिब एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा सयौँ मानिस हराइरहेका छन्। करिब आठ लाख घर अझै पनि विद्युत्‌विहीन छन्।

सिरियामा इजरायली आक्रमणबाट घाइते भएका इरानी सैन्य सल्लाहकारको मृत्यु

दमास्कसमा यसै साताको शुरूमा इजरायलले गरेको आक्रमणबाट घाइते भएका रिभोल्युसनरी गार्डका एक इरानी सैन्य अधिकारीको मृत्यु भएको छ।

जापानको विमानस्थलमा दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम विस्फोट हुँदा ८० उडान रद्द

जापानको मियाजाकी विमानस्थलमा दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम विस्फोट हुँदा ८० भन्दा बढी उडान रद्द भएका छन्।

इजरायल–हिजबुल्लाह द्वन्द्वको बीचमा कहाँ छ लेबनानी सेना?

लेबनानको आफ्नै सेना पनि छ। तर इजरायल र हिजबुल्लाह बीचको द्वन्द्वबाट लेबनानी सेना पूर्ण रूपमा गायब भएको देखिन्छ।

राष्ट्रसंघका महासचिवलाई इजरायल प्रवेशमा प्रतिबन्ध

इजरायलका विदेशमन्त्री काट्जले राष्ट्रसंघका महासचिव गुटरेसलाई 'इजरायल विरोधी' भएको तथा आतंकवादी र बलात्कारीलाई समर्थन गरेको आरोप लगाएका छन्।

एकोहोरो महत्त्वाकांक्षा, दोहोरो चरित्र: ‘एमबीएस’

विश्वका विभिन्न भागमा बेलाबखत ‘उदार तानाशाह’को माग सतहमा आउने गर्छ। नेपालमा पनि यस्तो जमात भेटिन्छ, जसले लोकप्रियतावादको सिँढी चढेर शक्ति आर्जन गर्ने महत्त्वाकांक्षालाई बढावा दिइरहेको छ।

इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो द्वन्द्वको निन्दा गरेका छन्। द्वन्द्वको आलोचना गर्दै गुटेरेसले पूर्ण रूपमा युद्धविरामको आवश्यकता रहेको बताए। 

थाइल्यान्डमा स्कुल बसमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु

प्रत्यक्षदर्शीले स्थानीय मिडियामा बताएअनुसार गुडीरहेको बसको टायर फुटेर सडकछेउको ब्यारियरमा ठोक्किन पुगेको थियो।

मापसे गरी स्कुटर चलाएको आरोपमा के–पप स्टार सुगालाई १५ लाख जरिबाना

कोरियाली के–पप तथा चर्चित ब्यान्ड बीटीएसका स्टार गायक सुगालाई रक्सी सेवन गरी विद्युतीय स्कुटर चलाएको आरोपमा १५ मिलियन कोरियाली वोन जरिबाना गरिएको छ।

नसरल्लाहको हत्याः इजरायललाई सफलता, हिजबुल्लाह र इरानलाई चिन्ता

इजरायलसँगको युद्धमा हिजबुल्लाहले एकपछि अर्को ठूलो क्षति बेहोरेको छ। एक दर्जनभन्दा बढी कमान्डरको हत्याले यसको कमान्ड संरचना ध्वस्त पारेको छ।

बैंकले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढवा दिँदै चीन

बेइजिङले आफ्नो कमजोर अर्थतन्त्रलाई बढवा दिन विभिन्न उपाय घोषणा गरेको छ। उसले यस वर्ष पाँच प्रतिशत वृद्धिको लक्ष्य राखेको छ।

प्योलेस्टिनी राष्ट्रपतिद्वारा विश्वसामु इजरायललाई हतियार पठाउन रोक्न आह्वान

अमेरिकाले उपलब्ध गराएका घातक हतियार प्रयोग गरेर इजरायलले हजारौँ निर्दोष नागरिक, बालबालिका र महिलाको हत्या गरेको राष्ट्रपति अब्बासले बताएका छन्।

अमेरिकी राष्ट्रपति निर्वाचनमा ‘सेलब्रिटी’को भूमिकाः जोल्सनले देखाएको बाटोमा स्विफ्ट

आगामी निर्वाचनमा कमला ह्यारिसलाई सघाउने गायिका टेलर स्विफ्टको घोषणा राष्ट्रपतिका प्रत्यासीहरूको बहस जत्तिकै चर्चित भयो। अमेरिकामा सेलब्रिटीले राष्ट्रपतिको उम्मेदवारलाई सहयोग गर्ने यो अभ्यास पुरानै हो।