AnonymousUser

Logout

अवैध काममा सहयोग गरेको आरोपपछि पेरुका प्रधानमन्त्रीले दिए राजीनामा

प्रधानमन्त्री जोडिएको घटनालाई लिएर राष्ट्रपति बोलुआर्टेसमेतको राजीनामा र नयाँ निर्वाचनको माग गर्दै पेरुका विभिन्न शहरमा केही समयदेखि हिंसात्मक प्रदर्शन भइरहेका छन्।

सैन्य अभ्यास तत्काल बन्द गर्न अमेरिका र दक्षिण कोरियालाई उत्तरको चेतावनी

उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ। उसले उक्त सैन्य अभ्यासलाई आक्रमणका लागि पूर्वाभ्यास भनेको छ। 

क्रिमियामाथि आक्रमण गरेका ३८ युक्रेनी ड्रोन खसालेको रुसको दाबी

युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो हमला भएको हो। 

पाकिस्तानको प्रधानमन्त्रीमा शरीफको पुनरागमन

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित भएका छन्।

९३ बिरामीलाई बलात्कार गरेको अभियोगमा डाक्टरलाई दिइयो मृत्युदण्ड

बिरामीलाई बलात्कार गरेको अभियोगमा इजिप्टका एक डाक्टरलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय दिने निर्णय गरेको हो।

गाजामा ६ हप्ताका लागि युद्धविराम गर्न इजरायल सहमत

गाजामा ६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलालाई पनि रिहा गर्नुपर्ने छ। यस विषयमा हमासले भने कुनै प्रतिक्रिया दिएको छैन। 

इजरायली कारबाहीमा ९ हजार प्यालेस्टिनी महिलाको मृत्यु : राष्ट्रसंघ

यूएन वुमनका अनुसार गाजामा युद्धका कारण दैनिक औसत ६३ महिलाको मृत्यु हुने गरेको छ।

गाजामा हवाईमार्गबाट राहत सामग्री पुर्‍याउने बाइडेनको घोषणा

बाइडेनले इजरायललाई नागरिक हताहत कम गर्न र सहायताको अनुमति दिन दबाब दिएका छन्। मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजानमा ६ हप्ताका लागि युद्धविराम गर्ने सहमति हुने उनले आशा व्यक्त गरे।

नाभाल्नीको अन्त्येष्टिमा पुगेका समर्थकले भने– पुटिनबाट रुस छिट्टै स्वतन्त्र हुनेछ 

फेब्रुअरी १६ मा जेलमै मृत्यु भएका नाभाल्नीको अन्त्येष्टि ढिला गरी शुक्रबार भएको हो। उनको अन्त्येष्टिमा उपस्थित भएर नाराबाजी नगर्न मस्को प्रशासनले चेतावनी नै दिएको थियो।

बांग्लादेशको बहुतले भवनमा भीषण आगलागीबाट जोगिएका प्राध्यापकको देखाइ–भोगाइ

‘हामीसँग दुई वटा विकल्प थिए। आगोमा जलेर मर्ने या हाम फाल्ने। नवौँ तलाबाट हाम फालेर बाँच्ने सम्भावना धेरै कम थियो।’

पश्चिमा देशहरूले युक्रेनलाई साथ दिइरहे रुसले आणविक हतियारको प्रयोग गर्ने पुटिनको चेतावनी

रुस युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरुले सघाएको भन्दै कडा आलोचना गरे।

बांग्लादेशको राजधानी ढाकामा एक भवनमा आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु

ढाकाको बेली रोडमा रहेको एक चर्चित बिरयानी रेस्टुरेन्टमा बिहीबार राति स्थानीय समयअनुसार ९:५० बजे आगलागी भएको थियो।

गाजामा खाद्य सहायता पर्खिरहेका प्यालेस्टिनीमाथि इजरायली बम आक्रमण, १०४ जनाको मृत्यु

सहायता लिन सडकमा पर्खिरहेका प्यालेस्टिनीहरूको भिडमा इजरायली सेनाले बम आक्रमण गरेको हो।

भारतको मध्य प्रदेशमा सवारी दुर्घटना: १५ जनाको मृत्यु

मध्य प्रदेशअन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा २० जना घाइते भएका छन्।

जम्मु कश्मीरका २ संगठनमाथि भारतले लगायो प्रतिबन्ध

देशको सार्वभौमसत्ता र अखण्डताविरुद्धको गतिविधिमा संलग्न भएको भन्दै मुस्लिम संगठनमाथि प्रतिबन्ध लगाइएको हो।

सन् २०२२ मा घाटामा रहेका श्रीलंकाका ५२ सरकारी लगानीका व्यवसाय नाफामा 

घाटामा रहेका ५२ वटा राज्य स्वामित्वका उद्यम (एसओई) सन् २०२३ मा नाफा गर्न सक्षम भएका छन्।

रुसले ६ महिनासम्म पेट्रोल निर्यात नगर्ने

स्थानीय माग बढ्दै गएपछि रुसले अर्को सातादेखि ६ महिनासम्म पेट्रोल निर्यातमा रोक लगाउने भएको छ।

बाइडेनले भने– आगामी सातासम्ममा इजराइल–हमास युद्धविराम हुनसक्छ

युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजराइल र हमासबीच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ।

मरियम शरीफ बनिन् पाकिस्तानको पन्जाब प्रान्तकी मुख्यमन्त्री

पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियमले सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार अफताब अहमद खानलाई पराजित गर्दै मुख्यमन्त्रीमा निर्वाचित भएकी हुन्।

बुरुन्डीमा आतंकवादी आक्रमण: ९ जनाको मृत्यु

आक्रमणमा पाँच जना घाइते भएका छन्। विद्रोहीहरूले सत्तारुढ पार्टीको कार्यालयलाई पनि निशाना बनाएका थिए।