AnonymousUser

Logout

आन्ध्र प्रदेशको औषधि उद्योगमा विस्फोट, १७ जनाको मृत्यु

अनाकपल्लीको अच्यतापुरम्स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधि कम्पनीमा बुधबार दिउँसो विस्फोट भएको थियो।  

मस्कोमा युक्रेनको अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण

युक्रेनले मस्को क्षेत्रलक्षित गरी कम्तीमा ११ ड्रोन आक्रमण गरेको र यो संख्या अहिलेसम्मकै धेरै भएको रुसी अधिकारीहरूले बताएका छन्।

इजरायली सेनाले गाजाबाट बरामद गर्‍यो ६ बन्धकको शव

गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट हमासले बन्धक बनाएकामध्ये थप ६ जनाको शव बरामद गरेको इजरायली सेनाले जनाएको छ।

रुसपछि युक्रेन जाँदै भारतीय प्रधानमन्त्री मोदी, युद्धका बीच यी भ्रमणको अर्थ के?

भारतीय प्रधानमन्त्री मोदी अगस्ट २३ मा युक्रेनको भ्रमणमा जाँदैछन्। मोदीको यस भ्रमणले रुसलाई 'चिढ्याउन' सक्ने आलोचना पनि भइरहेको छ।

पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु, ३ हजारभन्दा बढी प्रभावित

वर्षाजन्य प्रकोपको परिणामस्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ।

इजरायल पुगेका अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने– युद्धविरामका लागि ‘सम्भवतः अन्तिम’ मौका

गाजामा युद्धविरामका लागि दबाब दिन इजरायल पुगेका ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताएका छन्।

सहकर्मीको हत्याको विरोधमा भारतीय चिकित्सकहरूको प्रदर्शन जारी

कलकत्तामा महिला सहकर्मीको हत्या र यौन दुर्व्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकले आरजी कर मेडिकल कलेज एन्ड हस्पिटलमा प्रदर्शन जारी राखेका छन्। 

दक्षिणी लेबनानमा इजरायली आक्रमण: १० सिरियालीको मृत्यु 

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणको पुष्टि गरेको छ। अधिकारीहरूका अनुसार मृत्यु हुनेमा सिरियाली शरणार्थी तथा श्रमिक रहेका छन्। 

लन्डनको ऐतिहासिक सांस्कृतिक केन्द्रमा आगलागीपछि १०० अग्नि नियन्त्रक परिचालित

लन्डनको ऐतिहासिक सांस्कृतिक केन्द्रमा लागेको आगो नियन्त्रणका लागि १५ वटा दमकलसहित करिब १०० अग्नि नियन्त्रक परिचालन गरिएको छ।

‘रिक्लेम द नाइट’ : कोलकाता घटनाले पुनर्जागृत गराएको अभियान

भारतको कोलकातास्थित एक मेडिकल कलेजमा हालै एक प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भयो। उक्त घटनापछि चर्किएको विरोध प्रदर्शनमा जोडिएको अभियान ‘रिक्लेम द नाइट’ के हो?

इजरायली आक्रमणबाट गाजामा एकै परिवारका १५ सदस्यको मृत्यु

इजरायली हवाई आक्रमणबाट नौ बालबालिकासहित एकै परिवारका १५ सदस्यको मृत्यु भएको गाजाको नागरिक सुरक्षा विभागले बताएको छ।

भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियोमा ‍उडान र रेल सेवा रद्द

भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन्।

थाइल्यान्डको प्रधानमन्त्रीमा पातोङटार्न सिनावात्रा निर्वाचित

पूर्वप्रधानमन्त्री श्रेथा थाविसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको दुई दिनपछि सिनावात्रालाई संसद्‌ले नयाँ प्रधानमन्त्री छनोट गरेको हो। 

अफगानिस्तानमा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध: राष्ट्रसंघ

तालिबानले सत्ता कब्जा गरेदेखि कम्तीमा १४ लाख महिलाहरूलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट वञ्चित गरेको युनेस्कोले बताएको छ।

युक्रेनी परोपकारी संस्थालाई ५१ डलर दिने अमेरिकी–रुसी नागरिकलाई १२ वर्ष जेल सजाय

रुसको एक अदालतले युक्रेनलाई सहयोग गर्ने परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएकी अमेरिका–रुस नागरिक केन्सिया खवानालाई देशद्रोहको अभियोगमा दोषी ठहर गर्दै १२ वर्षको जेल सजाय सुनाएको छ।

गाजा युद्ध : जुम्ल्याह सन्तानको जन्मदर्ता प्रमाणपत्र हातमा च्यापेर रोइरहेका कुमसान

गाजाका अबु अल–कुमसान आफ्ना ३ दिनका जुम्ल्याह सन्तानको जन्मदर्ता प्रमाणपत्र बनाएर फर्किँदै थिए। त्यहीबेला इजरायली आक्रमणमा परेर श्रीमतीसहित उनीहरूको मृत्यु भएको खबर पाए।

युद्धविराम वार्तामा सहभागी हुन सुडानको सेनामाथि अमेरिकी दबाब

सन् २०२३ अप्रिलदेखि सुडानी शासक अब्देल फतह अल बुरहान नेतृत्वको सेना र उनका पूर्वसहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच युद्ध चलिरहेको छ।

अफ्रिकामा मंकीपक्सको प्रकोप, डब्ल्यूएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

यस वर्ष कंगोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केस पत्ता लागेको र ५२४ जनाको मृत्यु भएको डब्ल्यूएचओले जनाएको छ।

थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री थाविसिनलाई गर्‍यो बर्खास्त 

अदालतको यो निर्णयले थाइल्यान्डमा राजनीतिक अनिश्चितताको डर थपिएको छ।

चीनलाई गोप्य सूचना बेचेको स्वीकारे यी अमेरिकी सैनिकले

कोर्बिन शुल्ट्जमाथि ४२ हजार अमेरिकी डलरमा अति संवेदनशील र गोप्य सूचना बेचेको आरोप छ। उनलाई जनवरी २०२५ मा सजाय सुनाइनेछ।