AnonymousUser

Logout

रुसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन

युक्रेनी सेनाले हतियार त्यागेर आत्मसमर्पण गरे जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुने पुटिनको भनाइ छ।

हमास इजरायली–अमेरिकी बन्धक र अन्य ४ को अवशेष फिर्ता गर्न तयार

हमासले एक इजरायली–अमेरिकी बन्धक र अन्य चार जनाको अवशेष फिर्ता गर्न आफू तयार रहेको बताएको छ।

ट्रम्पद्वारा युरोपेली वाइन र अन्य मदिराजन्य उत्पादनमा भारी कर लगाउने चेतावनी

अमेरिकाले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा ईयूले प्रतिशोधात्मक कर लगाउने घोषणा गरेपछि ट्रम्पले युरोपेली मदिराजन्य आयातमा पनि २०० प्रतिशत करवृद्धिको घोषणा गरेका हुन्।

युरोपेली संघले अमेरिकामाथि प्रतिशोधात्मक कर लगाउने

युरोपेली संघले सबै स्टील र आल्मुनियम आयातमा अमेरिकी करको जवाफमा २६ अर्ब युरो मूल्यका अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाउने जनाएको छ।

रेलका बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण–स्तर’को अपरेसन

दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार दिउँसो विद्रोहीहरूले रेलमा आक्रमण गरेका थिए। सो क्रममा उनीहरूले रेलमार्गको एक भागमा बम विस्फोट गराएका थिए।

रुससँग ३० दिने अस्थायी युद्धविराम गर्न युक्रेन सहमत 

वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः शुरू गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने उल्लेख गरिएको छ।

पाकिस्तानी पृथकतावादी समूहले नियन्त्रणमा लियो सयौँ यात्रु सवार रेल

पाकिस्तानी सशस्त्र समूह बलुच लिबरेसन आर्मीले ४०० भन्दा बढी यात्रु सवार रेललाई नियन्त्रणमा लिएको दाबी गरेको छ।

मानवताविरुद्ध अपराधको आरोपमा फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे पक्राउ

अन्तर्राष्ट्रिय अपराध न्यायालयले पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेविरुद्ध मानवताविरुद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो।

यूएसएआईडीका ८३ प्रतिशत कार्यक्रम रद्द : अमेरिका विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ६ हप्ताको समीक्षा पछि आधिकारिक रूपमा यूएसएआईडीका ८३ प्रतिशत कार्यक्रम रद्द गर्न लागेको बताएका छन्।

अमेरिका रुससँग नजिकिएपछि जुर्मुराउँदै ईयू, नेपालको ‘पोजिसन’ के?

युक्रेनले आत्मसमर्पण गरे अमेरिकासँग मिलेर रुसले युरोपका अन्य क्षेत्रमा पनि हस्तक्षेप बढाउन सक्ने भन्दै युरोपेली देशका नेता सशंकित छन्। त्यसैले ईयूलाई सशक्त बनाउनतर्फ उनीहरूको ध्यान गएको छ।

क्यानडाको नयाँ प्रधानमन्त्री बन्न लागेका मार्क कार्नी को हुन्?

अर्थशास्त्रीका रूपमा कार्नीको लामो अनुभव र क्षमताका कारण क्यानडाले अमेरिकी राष्ट्रपति ट्रम्पको आक्रामक नीतिहरूबाट मुक्त हुने आशा गरेको छ।

चीनले वृद्धवृद्धाको हेरचाहमा एआईको प्रयोग गर्ने

चीनले सामाजिक सहायता, वृद्ध हेरचाह तथा अशक्तको सेवाका क्षेत्रमा एआईजस्ता नयाँ प्रविधि र उत्पादनको विकासलाई तीव्रता दिने जनाएको छ।

गाजा युद्धविराम वार्ताको दोस्रो चरण अघि बढाउन हमासको माग

गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने, नाकाबन्दी अन्त्य, सो क्षेत्रको पुनर्निर्माण र आर्थिक सहयोगलगायत माग आफूहरूले राखेको हमासले जनाएको छ।

अमेरिकी करभारको सामना गर्न क्यानडाले ल्यायो आर्थिक सहायता योजना

क्यानडा सरकारले अमेरिकी शुल्कबाट प्रभावित व्यवसाय र कामदारलाई मद्दत गर्न सहायता कार्यक्रमको नयाँ प्याकेज ल्याएको छ।

इक्वेडरमा गोली हानाहान, २२ जनाको मृत्यु

इक्वेडरमा लागुऔषध तस्करी, अपहरण र फिरौतीमा संलग्न २० भन्दा बढी आपराधिक गिरोह छन्। विशेषज्ञका अनुसार गिरोहहरू निरन्तर परिवर्तन भइरहेका छन् र अपराधबाट हुने मुनाफाले बलियो हुँदै गएका छन्।

दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अदालतको अनुमति

युन संवैधानिक अदालतमा महाभियोगको मुद्दाको पनि सामना गरिरहेका छन्। यसले उनलाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्नेछ।

बन्धकहरूलाई तत्काल रिहा गर्न हमासलाई ट्रम्पको चेतावनी

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणमा पक्राउ परेकामध्ये पाँच जना अमेरिकी पनि रहेको बताइएको छ।

सुरक्षा ग्यारेन्टीबिनाको युद्धविराम सफल हुनेछैन : जेलेन्स्की

लन्डनमा युरोपेली मित्रराष्ट्रहरूसँगको वार्तापछि जेलेन्स्कीले युद्ध अन्त्यका लागि युद्धविराम मात्र ‘पर्याप्त नभएको’ बताएका छन्।

जापानको जंगलमा लागेको डढेलो नियन्त्रणका लागि २ हजार अग्निनियन्त्रक परिचालित

जापानको जंगलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि २ हजारभन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।

बेलायतले युक्रनेलाई ५ हजार हवाई रक्षा मिसाइल दिने

युक्रेनको लागि आफ्नो समर्थन अटल रहेकाे बताउँदै स्टारमरले युरोपले आफ्नो सुरक्षाको लागि कडा परिश्रम गर्नुपर्ने चेतावनी पनि दिएका छन्।