बेलायती जेलबाट रिहा भएपछि गत वर्ष अस्ट्रेलिया फर्केका असान्ज आफ्नो परिवारका सदस्य र अस्ट्रेलियाका पूर्वविदेशमन्त्री बब कारसँगै सिड्नी हार्बर ब्रिजमा आयोजित प्रदर्शनमा सहभागी भएका छन्।
चार वर्षअघि आङ सान सुकीको सरकार अपदस्थ गरेपछि घोषणा गरिएको आपत्कालीन अवस्थालाई जुन्टाले बिहीबार अन्त्य गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार कर लगाउने निर्णय र अमेरिकामा अपेक्षाभन्दा कम रोजगारी सिर्जना भएपछि विश्वका प्रमुख शेयर बजारमा यसको नकारात्मक असर देखिएको छ।
भूराजनीतिक जोखिम बढ्दै जाँदा तेलको मूल्यमा उच्च दबाब पर्न सक्ने विज्ञहरूले बताएका छन्।
डब्ल्यूएचओका अनुसार, गाजाको स्वास्थ्य सेवा प्रणाली अहिले चिकित्सा आपूर्ति र इन्धनको अभावका कारण सेवा दिन असमर्थ भएको छ। यसले गर्दा बिरामी र स्वास्थ्यकर्मी दुवैले पीडा भोग्नुपरेको छ।
इरानका राष्ट्रपति मसूद पेजेस्कियानले राजधानी तेहरानमा खानेपानीको चरम संकट आउन सक्ने चेतावनी दिँदै खपत कम गर्न नागरिकलाई आग्रह गरेका छन्।
ट्रम्पले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा मार्ग परिवर्तन गर्न वा नयाँ भन्सार शुल्कको सामना गर्न १० दिनको समय दिएका थिए।
भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरीद गरिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसबारे थप कदम चालिने संकेत पनि दिएका छन्।
रुसको सुदूरपूर्वी भागमा गएको ८.७ म्याग्निच्युडको भूकम्पपछि समुद्रमा आएको सुनामीले चार वटा ह्वेललाई बगाएर जापानी तटमा ल्याएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थानका अनुसार रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट करिब १३६ किलोमिटर टाढा १८.२ किलोमिटर गहिराइमा भूकम्प गएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि रुसले गरेको हवाई आक्रमणमा एक गर्भवती महिला र १६ जना कैदीसहित २५ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ।
न्यूयोर्कको एक भवनमा भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको छ भने बन्दुकधारीले पनि आफ्नै ज्यान लिएका छन्
भारतको झारखण्डमा तीर्थयात्री बोकेको एउटा बस ग्यास सिलिन्डर बोकेको ट्रकसँग ठोक्किँदा १८ जनाको मृत्यु भएको छ।
सोमबार मलेसियामा भएको शान्ति वार्तापछि कम्बोडिया र थाइल्यान्ड बिना शर्त युद्धविराम गर्न सहमत भएका थिए।
बैंककस्थित खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्।
गाजामा बढीरहेको भोकमरीबारे अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको इजरायलले हवाईजहाजबाट सहायता सामग्री खसाल्न थालेको छ।
रुसको नर्डविन्ड एयरलाइन्सले आइतबारदेखि मस्को–प्योङयाङ सिधा व्यावसायिक हवाई उडान शुरू गरेको छ।
हरिद्वारस्थित मनसा देवी मन्दिरमा आइतबार भीडभाड भई भागदौड मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।
चन्द्रमा र मंगल अभियानलाई प्राथमिकता दिइरहेको नासाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संघीय श्रमशक्ति कटौती नीतिका कारण करिब ३ हजार ९०० कर्मचारी गुमाउने भएको छ।
फ्रान्सले युद्ध अन्त्य गराउने प्रत्यक्ष भूमिका नभए तापनि, युद्धपछिको स्थायित्व र शान्ति सुनिश्चित गर्न साउदी अरेबियासँग सहकार्यको नीति लिएको छ।