AnonymousUser

Logout

अमेरिकी विदेश नीति परिवर्तन रुसको दृष्टिकोणसँग मिल्दोजुल्दो– क्रेमलिन

अमेरिकाको विदेश नीतिमा नाटकीय परिवर्तन मूलतः आफ्नै देशको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको क्रेमलिनले‍ टिप्पणी गरेको छ।

बोलिभियामा दुई बस ठोक्किँदा कम्तीमा ३७ जनाको मृत्यु

सरकारी तथ्यांकअनुसार करिब एक करोड २० लाख जनसंख्या भएको देशमा सवारी दुर्घटनाबाट हरेक वर्ष एक हजार ४०० जनाको मृत्यु हुने गरेको छ।

गाजा युद्धविरामको समय शनिबार सकिँदै, के छ दोस्रो चरणको वार्ताको तयारी?

युद्धविरामको दोस्रो चरणले गाजामा रहेका दर्जनौँ बन्धक मुक्त हुने र युद्धको स्थायी अन्त्यका लागि मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।

ट्रम्प–जेलेन्स्कीबीच ह्वाइट हाउसमा भनाभन

ट्रम्पले, युक्रेनले रुससँग युद्ध जित्न नसक्ने दाबी गर्दै जेलेन्स्कीले अमेरिका र अमेरिकी नागरिकको अनादर गरेकोसमेत आरोप लगाएका छन्। 

उत्तराखण्डको बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १० जनाको उद्धार

बद्रीनाथको माना गाउँको सीमा क्षेत्रमा सडक निर्माणमा खटिएका मजदुरहरू हिमपहिरोमा फसेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बताएका छन्।

चिनियाँ सामानमा थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर ट्रम्पले हालै क्यानाडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए।

रुस र अमेरिकी कूटनीतिज्ञबीच रियादपछि इस्तानबुलमा भेटवार्ता

रुसी र अमेरिकी अधिकारीबीच साउदी अरबको राजधानी रियादपछि बिहीबार इस्तानबुलमा भेटवार्ता भएको छ।

डढेलो बस्तीमा प्रवेश गर्दा जापानमा ८० भन्दा बढी भवन जले

जापानको सेल्फ डिफेन्स फोर्सेजले डढेलोलाई आकाशबाट निभाउने प्रयास गरिरहेको तर अझै नियन्त्रणमा लिन नसकिएको बताएको छ।

कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः शुरू

इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनको पुनर्निर्माण आवश्यकता पाँच खर्ब डलर नाघ्यो : अध्ययन

विश्व बैंक, यूई र संयुक्त राष्ट्रसंघको संयुक्त मूल्यांकनका अनुसार रुसी आक्रमणबाट ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि युक्रेनलाई पाँच खर्ब डलरभन्दा बढी आवश्यक पर्ने देखिएको छ।

युक्रेन शान्तिको अर्थ ‘आत्मसमर्पण’ हुन नसक्ने म्याक्रोँको भनाइ

ट्रम्पले रुससँगको कूटनीतिक वार्ता पुनः शुरू गर्न र युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न आफू तयार रहेको घोषणा गरेपछि म्याक्रोँ वासिङ्टन पुगेका थिए।

युक्रेनमा शान्तिका लागि ट्रम्पसमक्ष ‘प्रस्ताव’ पेश गर्दै म्याक्रोँ

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको भेटमा युरोपमा ‘रुसी खतरा’को सामना र युक्रेनमा शान्ति सुनिश्चितका लागि प्रस्ताव पेश गर्ने भएका छन्।

जर्मनीको आम चुनावमा कन्जर्भेटिभ सीडीयू बन्यो ठूलो दल, को बन्ला चान्सलर?

आर्थिक र कूटनीतिक संकटको बीच कन्जर्भेटिभ पार्टीका नेता फ्रेड्रिक मर्जले अब गठबन्धन गठन गर्ने कठिन चुनौतीको सामना गर्नेछन्।

हमासले रिहा गर्‍यो थप ६ इजरायली बन्धक

हमासले ६०० भन्दा बढी प्यालेस्टिनी कैदी–बन्दीको रिहाइको बदलामा शनिबार थप ६ इजरायली बन्धकलाई मुक्त गरेको छ।

ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि एपीले दायर गर्‍यो ट्रम्प प्रशासनका ३ अधिकारीविरुद्ध मुद्दा

राष्ट्रपतिको कार्यक्रममा पहुँच नदिएको भन्दै एपीले ट्रम्प प्रशासनका ३ अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ। ट्रम्पले मनोनीत गरेका जिल्ला न्यायाधीशलाई यो मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ।

अमेरिका–युक्रेनबीच खनिज सम्झौतासम्बन्धी वार्ता जारी रहे‍को किभको भनाइ

युक्रेनका खनिज भण्डारमा अमेरिकालाई प्राथमिकतासाथ पहुँच दिनेसम्बन्धी वार्ता जारी रहेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

हमासले सहमतिअनुसार बन्धकको शव फिर्ता नगरेको इजरायलको दाबी

इजरायली सेनाले शिरीका दुई छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शब प्राप्त नभएको बताएको हो।

हमासले इजरायललाई हस्तान्तरण गर्‍यो ४ बन्धकको शव

हमासले चार इजरायली बन्धकको शव रहेको कफिन बिहीबार इजरायललाई हस्तान्तरण गरेको छ।

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता, केजरीवालले दिए बधाई

फेब्रुअरी ८ मा चुनावको नतिजा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो।

बेलायतमा एक हजारभन्दा बढी महिला सैनिकले लगाए संगठनभित्रै यौन दुर्व्यवहारको आरोप 

तीन वर्षअघि विल्टशायरको लार्खिल क्याम्पमा मृत फेला परेकी १९ वर्षीया सैनिक (गनर) जेस्ली बेकको घटनाको अनुसन्धानका बीच सयौँ महिला सैनिकले आफूहरू पनि यौन उत्पीडनमा परेका बताइरहेका छन्।