AnonymousUser

Logout

भारतीय निर्वाचन आयोगमाथि धाँधलीको आरोप

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको निष्पक्ष संरक्षक मानिँदै आएको आयोगको विश्वसनीयता र स्वतन्त्रतामाथि प्रश्न उठाउँदै विपक्षीले धाँधलीको आरोप लगाएका हुन्।

जेनेभामा इरान र युरोपेली शक्तिहरूबीच आणविक वार्ता हुने

इरानले बेलायत, फ्रान्स तथा जर्मनीसँग मंगलबार जेनेभामा आणविक वार्ता गर्ने इरानी राज्य सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनले आणविक ऊर्जा केन्द्रमा आक्रमण गरेको रुसको आरोप

रुसी अधिकारीहरूले युक्रेनी ड्रोनहरू उत्तरपश्चिममा सेन्ट पिटर्सबर्गजस्ता क्षेत्रसम्म खसालिएको बताएका छन्।

१३ वर्षपछि बांग्लादेश पुगे पाकिस्तानी विदेशमन्त्री

यी दुवै देशहरूसँग भारतको सम्बन्ध खराब हुँदै गइरहेको बेला पाकिस्तानबाट यति उच्च तहका नेता ढाका पुग्नुलाई महत्वका साथ हेरिएको छ।

भारतमा अनलाइन जुवा प्रतिबन्ध, संसदबाट ऐतिहासिक कानून पारित

अनलाइन जुवाको तीव्र विस्तारले आर्थिक संकट, मानसिक लत र आत्महत्यासम्म निम्त्याएको भारतीय अधिकारीहरूले जनाएका छन्।

अन्टार्कटिकामा ७.५ म्याग्निच्युडको भूकम्प

भूकम्पबाट सुनामीको कुनै खतरा नभएको चिलीको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले जनाएको छ।

पुटिनसँगको भेटअघि सुरक्षा प्रत्याभूति सुनिश्चित हुनुपर्छः जेलेन्स्की

रुसीसमकक्षी भ्लादिमिर पुटिनसँग शिखर सम्मेलनमा भेट गर्नुभन्दा पहिला युक्रेनको सुरक्षा सुनिश्चितता हुनुपर्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ छ।

उत्तर कोरियालाई हतियार पठाएको आरोपमा अमेरिकामा चिनियाँ नागरिकलाई ८ वर्ष जेल सजाय

ती चिनियाँ नागरिकले क्यालिफोर्नियाबाट हतियार र सैन्य उपकरणहरू पठाउन उत्तर कोरियाली अधिकारीहरूबाट लगभग २० लाख डलर प्राप्त गरेका थिए।

अफगानिस्तानमा बस दुर्घटना हुँदा ७६ जनाको मृत्यु

पश्चिमी अफगानिस्तानमा भएको दुर्घटनाका मृतकमध्ये एक दर्जनभन्दा बढी बालबालिका रहेका छन्।

क्यानडाको आर्थिक सूचकांकमा सुधार, मूल्य स्थिर

ट्रम्प प्रशासनले हालसम्म उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत रहेका वस्तुमा कर छुट कायम राखेको छ।

किम जोङ उनले गरे नयाँ युद्धपोतको निरीक्षण, दक्षिण कोरिया–अमेरिकाको सैन्य अभ्यासको आलोचना

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत युद्धपोत ‘चो ह्योन’को निरीक्षण गर्दै दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको आलोचना गरेका छन्।

युक्रेनले ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने, त्रिपक्षीय बैठकको मिति अझै अनिश्चित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीका लागि युरोपेली कोषमार्फत ९० अर्ब डलर बराबरको अमेरिकी हतियार खरिद गर्ने योजना रहेको बताएका छन्।

गाजा युद्ध: इजरायलमा चुलिँदै गएको निराशा देशव्यापी विरोध प्रदर्शनमा परिणत

गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा विशाल प्रदर्शन भएको छ। यो प्रदर्शनमा लाखौँ मानिस सहभागी भएको आयोजकहरूले दाबी गरेका छन्।

ट्रम्पलाई भेट्न जेलेन्स्कीसहित युरोपेली नेताहरू अमेरिका जाँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित युरोपेली नेताहरू सोमबार अमेरिका जाँदैछन्।

युक्रेनबारे ट्रम्पसँग वार्ताका लागि जेलेन्स्कीसँगै युरोपेली नेता पनि अमेरिका जाँदै

युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगै युरोपका प्रमुख नेताहरू पनि वासिङ्टन जाने भएका छन्।

पाकिस्तानमा बाढी: ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा ३४४ जनाको ज्यान गएको छ भने १५० जनाभन्दा बढी बेपत्ता छन्।

गाजामा इजरायलको आक्रमण, ४० जनाको मृत्यु

गाजा शहरको जितुन क्षेत्रमा रहेका ५० हजारभन्दा बढी मानिस खाना, पानी र अन्य आधारभूत आवश्यकताबाट वञ्चित भएका छन्।

ट्रम्पको निम्तोपछि अमेरिका जाँदै युक्रेनी राष्ट्रपति जेलेन्स्की

अलास्का वार्तामा रुससँग युद्धविरामबारे सहमति नभएपछि ट्रम्पले जेलेन्स्कीसँग टेलिफोनमा कुरा गर्दै उनलाई वासिंटन भ्रमणको निम्तो दिएका थिए।

गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, गहिरिँदै स्वास्थ्य संकट

पानी ढुवानी गर्ने ट्रक २–३ दिनमा मात्र आउने भएकाले मानिसहरू धमिलो पानीको जोहो गर्न संघर्ष गरिरहेका छन्। पानी नआउँदा समुद्रको पानी प्रयोग गर्न बाध्य हुन्छन्, जुन स्वास्थ्यका लागि झनै खतरनाक हुन्छ।

ट्रम्प–पुटिन वार्ता सकारात्मक: सम्झौता भने भएन

वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै नेताले केही महत्त्वपूर्ण विषयमा सहमति भएको जनाए पनि युद्धविराम वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएन।