अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने उच्चस्तरीय शिखर सम्मेलनमा भेट हुँदैछ।
भारत-शासित जम्मू-काश्मीरको किष्टवार जिल्लामा एकाएक अति भारी वर्षा भई आएको बाढीमा परी कम्तीमा ३४ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्।
यूएन वुमनले पछिल्ला दशकहरूमा प्राथमिक र माध्यमिक तहमा भर्ना दरमा लैंगिक समानता बढेको भए पनि केही क्षेत्रमा अझै पनि ठूलो असमानता रहेको औँल्याएको छ।
डब्लूएचओले आवश्यकभन्दा कम सहायता सामग्री मात्रै गाजामा भित्र्याउन सकेको छ। धेरै सामग्रीलाई अझै इजरायली पक्षले प्रवेश गर्न दिएको छैन।
डब्लूएचओले गाजाको स्वास्थ्य संकटलाई ‘विपत्तिपूर्ण’ भन्दै इजरायललाई गाजा सिटीमा सम्भावित आक्रमण गर्नुअघि महत्त्वपूर्ण चिकित्सा सामग्री भण्डारण गर्न अनुमति दिन आग्रह गरेको छ।
मतदाता सूचीमा धाँधली भएको आरोप लगाउँदै संसद् भवनबाट निर्वाचन आयोगको कार्यालयसम्म मार्च गरिरहेका विपक्षी गठबन्धनका सांसदलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।
यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरिसकेका छन्।
अल–शरीफलाई कुनै दिन रिपोर्टिङ गर्दागर्दै इजरायली आक्रमणमा पर्छु भन्ने थाहा थियो। त्यसैले उनले आफ्नो मृत्युकाे दिन प्रकाशित हुने गरी गत अप्रिलमा अन्तिम सन्देश लेखेका थिए
गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार इजरायली सेनाको गोली प्रहारबाट सहायता लिन पर्खिरहेकाहरूसहित ३७ जनाको मृत्यु भएको छ।
डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको आगामी भेटवार्तालाई युक्रेन युद्ध अन्त्य गर्ने महत्त्वपूर्ण पहलका रूपमा हेरिए पनि, युक्रेनको सहभागिताबिना र रुसका शर्तहरूले शान्ति स्थापनामा चुनौती रहेको देखिन्छ।
ओसीएचएले गाजामा प्रवेश गर्ने राहत कार्यमा ढिलाइ हुने गरेको जनाएको छ। दक्षिणी भागमा रहेको समुद्री पानीलाई पिउनयोग्य बनाउने विद्युत् आपूर्ति लाइन यस साताभित्रै तेस्रो पटक क्षतिग्रस्त भएको छ।
न्याय मन्त्रालयका अनुसार, मदुरोले ‘द कार्टेल अफ द सन्स’ नामक कोकेन तस्करी गिरोहको नेतृत्व गर्छन्। यो गिरोहले दुई दशकमा सयौँ टन लागुऔषध अमेरिका पठाएर करोडौँ डलर कमाएको दाबी गरिएको छ।
गाजा पट्टीमा मानवीय सहायताको प्रतीक्षामा रहेका मानिसलाई लक्षित गरी इजरायली सेनाले चलाएको गोलीबाट पूर्वफुटबल खेलाडी ४१ वर्षीय ओबेदको मृत्यु भएको प्यालेस्टिनी फुटबल संघले जनाएको छ।
सन् २०२१ मा बाइडेन र पुटिनबीच जेनेभामा भेटवार्ता भएयता बहालवाला अमेरिकी र रुसी राष्ट्रपतिबीच हुन लागेको यो प्रत्यक्ष भेटघाटलाई महत्त्वका साथ हेरिएको छ।
बादल फाटेर खीरगंगा नदीमा आएको बाढी धराली गाउँमा पसेको थियो। यसले गर्दा उक्त क्षेत्रका सडक, भवन र पसल हिलोले पुरिएका छन्।
खीरगंगा नदीमा अचानक आएको बाढी धराली गाउँमा पस्दा सडक, भवन र पसल हिलोले पुरिएका छन्।
प्रदर्शनकारीहरूले अमेरिकाले भन्सारलाई राजनीतिक दबाबको साधन बनाएर ब्राजिलको न्यायिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाएका छन्।
८० वर्षअघि हिरोशिमामा खसालिएको आणविक बमबाट बाँचेका कोरियालीहरू अहिले पनि शारीरिक, मानसिक र सामाजिक रूपमा पीडामा छन्।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनी वर्षाका कारण हालसम्म २९९ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्।
यमनको तटमा डुंगा पल्टिँदा कम्तीमा ६८ अफ्रिकी आप्रवासीको मृत्यु भएको छ भने ७४ जना अझै बेपत्ता छन्। संयुक्त राष्ट्रसंघीय आप्रवासन एजेन्सी आईओएमले यस घटनालाई 'हृदयविदारक' भनेको छ।