AnonymousUser

Logout

व्यापार युद्ध गहिरिँदै जाँदा चीनले रोक्यो बोइङका जहाजको ‘डेलिभरी’

ब्लुमबर्गको रिपोर्टअनुसार चीनले एयरलाइन्सहरूलाई अमेरिकी कम्पनीहरूबाट विमानसँग सम्बन्धित उपकरण र पार्टपुर्जा खरिद पनि रोक्न निर्देशन दिएको छ।

रुससँग सम्झौता गर्नुअघि युक्रेन भ्रमण गर्न ट्रम्पलाई जेलेन्स्कीको आग्रह

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पलाई युक्रेनमा युद्ध अन्त्यका लागि रुससँग कुनै सम्झौता गर्नुअघि आफ्नो देश भ्रमण गर्न आग्रह गरेका छन्।

युक्रेनको सुमीमा रुसी आक्रमणबाट ३२ सर्वसाधरणको मृत्यु

युक्रेनको सुमी शहरमा आइतबार रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट ३२ सर्वसाधारणको मृत्यु भएको छ।

सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी

आगलागीबाट कोही पनि हताहत नभएको तर भवनमा रहेका कागजपत्र र फर्निचर जलेर नष्ट भएको बताइएको छ।  

हावाहुरीबाट उत्तर चीन प्रभावित, सयौँ हवाई उडान रद्द

हावाहुरीका कारण उत्तर चीनमा हवाई उडान तथा रेल सेवा प्रभावित भएको छ भने समर प्यालेस, टेम्पल अफ हेभन, बेइजिङ चिडियाखाना, युनिभर्सल स्टुडियोज् पार्कजस्ता पर्यटकीयस्थल अस्थायी रूपमा बन्द गरिएका छन्।

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमण, ३२ जनाको मृत्यु

मृतकमध्ये चार जना महिला र १० जना बालबालिका छन्। १७ जना घाइते भएका छन्। घटनापछि नागरिकहरूलाई सडकमा ननिस्किन अनुरोध गरिएको छ।

बिहारमा असिनापानीका कारण २५ जनाको मृत्यु

बिहारमा पानीजन्य प्रकोपका कारण विगत दुई दिनदेखि मृतकको संख्या बढिरहेको सरकारले जनाएको छ।

चिनियाँ राष्ट्रपति र स्पेनिस प्रधानमन्त्रीबीच बेइजिङमा भेटवार्ता

स्पेनले आफ्नो चौथो ठूलो व्यापारिक साझेदार चीनबाट हरेक वर्ष करिब ४५ अर्ब युरोको सामान खरिद गर्छ तर करिब सात अर्ब ४० करोड युरो मूल्यको सामान मात्रै बिक्री गर्छ।

न्युयोर्कको हडसन नदीमा हेलिकप्टर खस्दा ६ जनाको मृत्यु

न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार हेलिकप्टरमा स्पेनका पाँच जनाको परिवार र एक पाइलट थिए। उनीहरू सबैको मृत्यु भएको हो। 

इन्धन अभावमा पुस्तकालयका किताब जलाएर खाना पकाउँछन् प्यालेस्टिनी

युद्धले क्षतविक्षत गाजा विश्वविद्यालय विस्थापित प्यालेस्टिनीका लागि आश्रयस्थल बनेको छ भने पुस्तकालयका किताब खाना पकाउने इन्धन बनेका छन्।

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा १०० भन्दा धेरै मानिसको मृत्यु

राजनीतिज्ञ, खेलाडी र अन्य व्यक्तिहरूको उपस्थितिमा आयोजित मेरेंगु कन्सर्टको क्रममा दुर्घटना भएको थियो। बीबीसीका अनुसार दुर्घटनामा ११३ जनाको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन्।

उत्तरी चीनको एक नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा मंगलबार राति आगलागी भएको हो।

चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी

युक्रेनी सेनाले दुई चिनियाँ नागरिकलाई पक्राउ गर्दै उनीहरू रुसी सेनासँग युक्रेनविरुद्धको युद्धमा संलग्न भएको दाबी गरेको छ।

दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

निर्वाचनका लागि आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्नेछ। मत सर्वेक्षणमा विपक्षी नेता ली जे–म्युङ अग्रस्थानमा छन्।

ट्रम्पको ट्यारिफ: एशियाली शेयरबजारमा भारी गिरावट, भारतमा ‘रक्तस्नान’

आफूले लगाएको ट्यारिफपछि विश्व शेयरबजारमा उथलपुथल आउँदा पनि ट्रम्प भने ढुक्क छन्। ट्यारिफले गर्दा अमेरिकामा रोजगारी र लगानी फिर्ता आइरहेको उनको दाबी छ।

बेलायती सांसदलाई इजरायल प्रवेशमा रोक, हिरासतमा लिएर फिर्ता पठाइयो

इजरायलले दुई बेलायती सांसदहरूलाई आफ्नो देशमा प्रवेश गर्नबाट रोक्दै देश निकाला गरेपछि दुई देशबीच विवाद छेडिएको छ।

अमेरिकामा आँधीका कारण १६ जनाको मृत्यु

राष्ट्रिय मौसम सेवाले मध्यपूर्वी क्षेत्रका केही भागहरूमा आइतबारसम्म व्यापक रूपमा आकस्मिक बाढी आउनसक्ने चेतावनी दिएको छ।

जगुआर ल्यान्डरोभरले अमेरिकामा कार निर्यात बन्द गर्‍यो

ट्रम्प प्रशासनले लगाएको ट्यारिफले गर्दा विलासी कार निर्माता जगुआर ल्यान्डरोभर (जेएलआर)ले अप्रिलमा अमेरिकामा आफ्ना कारहरू नपठाउने जनाएको छ।

जेलेन्स्कीको गृहनगरमा रुसी हमला, १८ जनाको मृत्यु

क्रिभी रिगको सैन्य प्रशासनका प्रमुख ओलेक्सान्द्र भिल्कुलका अनुसार शुक्रबार बालबालिकाको खेल मैदान नजिकै आवासीय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो।

दक्षिण कोरियाका राष्ट्रपतिमाथिको महाभियोग सदर, अब ६० दिनभित्र चुनाव गर्नुपर्ने

संवैधानिक अदालतले तत्काल लागू हुने गरी युनलाई राष्ट्रपति पदबाट हटाउन अनुमति दिँदै ६० दिनभित्र नयाँ राष्ट्रपतीय निर्वाचन गर्न आदेश दिएको छ।