AnonymousUser

Logout

चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने ईयूको घोषणा

अप्रिलदेखि बेइजिङले केही निश्चित निर्यातका लागि लाइसेन्स अनिवार्य गरेको छ, जसले विश्वव्यापी उत्पादन क्षेत्रहरूमा तरंग सिर्जना गरेको छ।

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा वजिरालङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ।

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

केही दिनअघि राजस्थान राज्यमा पनि यात्रु बसमा सर्ट सर्किटका कारण आगो लागेको थियो र कम्तीमा २० जनाको मृत्यु भएको थियो।

सेलको न्युक्लियस नियन्त्रण गर्ने आणविक ‘पासपोर्ट’को खोज

एनपीसीहरू कसरी एकैसाथ छिटो र अत्यन्त छनोटयुक्त हुन सक्छन् भन्नेबारे दशकौँदेखि वैज्ञानिकहरू बुझ्न असफल थिए।

थाइल्यान्डकी पूर्वप्रधानमन्त्री पेटोङटार्नले दिइन् पार्टी नेतृत्वबाट राजीनामा

उनको यो कदमले थाइल्यान्डमा दुई दशकदेखि प्रभावशाली रहँदै आएको सिनावात्रा परिवारको राजनीतिक वंश अन्त्यतर्फ संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

उत्तर कोरियाले गर्‍यो दक्षिण कोरियालक्षित क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले पाँच महिनापछि पुन: दक्षिण कोरियाको भूमि लक्षित गरेर ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। तर केहीबाहेक ती क्षेप्यास्त्र कहाँ खसे भन्ने यकिन हुन सकेको छैन।

अमेरिकी चेस ग्रान्डमास्टर डेनियल नारोदित्स्कीको २९ वर्षको उमेरमा निधन

अन्तर्राष्ट्रिय चेस महासंघले पनि उनको निधनले यस खेल क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ।

जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् सनई टाकाइची

संसद्को दुवै सदनबाट बहुमत पाएपछि एलडीपी नेतृ सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री भएकी छन्। उनले मंगलबार साँझ सपथ लिने छिन्।

अमेरिकामा 'नो किङ्ग्स' र्‍याली: ट्रम्पको शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

अमेरिका सबै राज्यका विभिन्न शहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका छन्।

मोरोक्कोमा जेनजी आन्दोलन: शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग

सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म, विशेषतः डीसकर्ड, प्रयोग गर्दै उनीहरू बिना राजनीतिक पार्टीको सहारा, नेतृत्वविहीन तर संगठित ढंगमा प्रदर्शन गरिरहेका छन्।

पोर्चुगलमा नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

तनहुँको भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन्।

पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति

पाकिस्तानका योजना, विकासमन्त्री अहसान इकबालका अनुसार बाढीका कारण देशभर करिब दुई लाख २९ हजार घरमा क्षति पुगेको छ।

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता: युद्ध रोकेर शान्ति स्थापना गर्न आग्रह

ह्वाइट हाउसमा भएको वार्ताका क्रममा रुस–युक्रेन युद्धका बारेमा कुराकानी भएको थियो। सो क्रममा ट्रम्पले युक्रेन र रुसलाई हालको सीमा रेखामा युद्ध रोक्न आग्रह गरेका छन्।

विश्वका ९० करोड गरिब मानिस जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा

विज्ञहरूका अनुसार पृथ्वीको सतह तीव्र गतिमा तात्दै गएकाले स्थिति अझ जटिल बन्न सक्छ र हालका सबैभन्दा गरिब देशहरू नै यसको सबैभन्दा बढी मारमा पर्न सक्छन्।

जापानका पूर्वप्रधानमन्त्री मुरयामाको १०१ वर्षको उमेरमा निधन

दोस्रो विश्वयुद्धमा जापानले एशियाली देशमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण मुरयामा विशेष रूपमा चिनिएका थिए।

ईयूमा १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव

युरोपेली सांसदहरूले अवाञ्छित अनलाइन सामग्रीबाट बालबालिकालाई जोगाउन अभिभावकको सहमतिबिना सामाजिक सञ्जाल र एआईमा पहुँचका लागि न्यूनतम उमेर १६ वर्ष कायम गर्ने प्रस्ताव अघि सारेका छन्।

पाकिस्तान र अफगानिस्तानबीच ४८ घण्टाको युद्धविराम सहमति

पाकिस्तान र अफगानिस्तानबीच बुधबार ४८ घण्टे युद्धविरामका लागि सहमति भएको दुवै देशका अधिकारीहरूले बताएका छन्।

इटलीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’

इटलीमा प्रवासीहरू गरिबीबाट अझ बढी प्रभावित रहेको अध्ययनले देखाएको छ। प्रवासी परिवारमध्ये ३५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन्।

हमासबाट फिर्ता गरिएका चार बन्धकका शवमध्ये विपीन जोशीसहित दुईको पहिचान पुष्टि

इजरायली सेनाले मंगलबार हमासले फिर्ता गरेका चार बन्धक शवमध्ये नेपाली विद्यार्थी विपीन जोशी र इजरायली नागरिक गाइ इलुजको पहिचान पुष्टि गरेको छ।

दुई वर्षपछि गाजाबाट हमासले रिहा गर्‍यो २० जीवित बन्धक

रिहा भएकाहरूलाई दक्षिणी इजरायलको एक सैन्य आधारमा लगिएको छ। त्यहाँ उनीहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइ हेलिकप्टरमार्फत स्वास्थ्य परीक्षणका लागि इजरायलका विभिन्न अस्पतालमा स्थानान्तरण गरिनेछ।