AnonymousUser

Logout

पहिलो चरणमा हमासले रिहा गर्‍यो ७ इजरायली बन्धक

इजरायलका लागि नेपालका राजदूतले सोमबार रिहा हुने जीवित २० बन्धकको सूचीमा विपिन जोशीको नाम नरहेको बताएका छन्।

गाजाको शान्ति सम्मेलनमा प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुँदै, इजरायल र इरानको अस्वीकार

इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएअनुसार, बैठकको सह–अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नेछन्।

बन्धक मुक्त भएपछि गाजाका सुरुङ नष्ट गर्ने इजरायलको योजना

इजरायलले बन्धकहरू मुक्त गरिएपछि अमेरिकी सहयोगमा गाजामा हमासका भूमिगत सुरुङ सञ्जाल पूर्ण रूपमा नष्ट गर्ने योजना अघि सारेको छ।

अमेरिकी राज्य​​​​​​​ टेनेसीको कारखानामा विस्फोट हुँदा १६ जनाको मृत्यु

अमेरिकी राज्य टेनेसीको बक्सपोर्ट शहरस्थित एक्युरेट एनर्जेटिक सिस्टम्स कम्पनीको स्वामित्वको कारखानामा शक्तिशाली विस्फोट भएको हो।

गाजामा खटिए ७ हजार हमास लडाकु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको दोस्रो चरणको शुरूआतलाई यसले जटिल बनाउन सक्ने बीबीसीले जनाएको छ।

गाजामा युद्धविराम भएसँगै घर फर्किन थाले प्यालेस्टिनी

इजरायलले सन् २०२३ अक्टुबर ७ पछि पक्राउ परेका २५० सहित एक हजार ७०० प्यालेस्टिनी कैदीको सूची रिहाइका लागि प्रकाशित गरेको छ।

जापानमा विदेशी बासिन्दाको संख्या ४० लाखनजिक

हाल जापानको कुल जनसंख्याको ३.२१ प्रतिशत हिस्सा विदेशी बासिन्दाले ओगटेका छन्।

भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिनालाई नोबेल शान्ति पुरस्कार

अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका धेरै भागहरूमा भएका युद्ध अन्त्य गराउन आफूले भूमिका खेलेको भन्दै यो वर्षको नोबेल शान्ति पुरस्कारको हकदार दाबी गर्दै आएका थिए।

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको जोखिम छैन

प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि टोलीको तयारी भइरहेको र अवस्था सुरक्षित भएपछि ती टोलीहरू तैनाथ गरिने सरकारले जनाएको छ।

हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी

सूचीमा रहेका ४८ जनामध्ये जीवित रहेको भनिएका २० जना, मृत्यु भएको भनिएका २६ जना र अवस्था अज्ञात भनिएका दुई जना रहेका छन्।

हंगेरीका लास्लो क्राज्नाहोर्काइलाई नोबेल साहित्य पुरस्कार

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बिहीबार घोषणा गरेको छ।

भारतमा २१ बालबालिकाको मृत्यु घटनामा औषधि कम्पनीका सञ्चालक पक्राउ

पक्राउ गरिएका औषधि कम्पनीका सञ्चालकमाथि भारतीय प्रहरीले गैरकानूनी हत्या र औषधिमा मिसावटको अभियोग लगाएको छ।

गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत

हमासले यस साताको अन्त्यसम्ममा जीवित रहेका सबै २० जना बन्दीलाई मुक्त गर्ने योजना बनाएको छ। इजरायली सेनाले गाजाबाट फिर्ता हुने प्रक्रिया शुरू गर्नेछ।

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा

नोबेल पुरस्कार छनौट समितिले यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका तीन वैज्ञानिकलाई संयुक्त रूपमा दिने घोषणा गरेको हो।

ऐतिहासिक व्यापार सम्झाैतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

उनीसँग आएको १२५ सदस्यीय प्रतिनिधिमण्डलमा ब्रिटिस एअरवेजका सीईओ सीन डोयललगायत अग्रणी उद्योगपति र व्यापारिक व्यक्तित्वहरू समावेश छन्।

सगरमाथा नजिकै तिब्बततर्फ फसेका एक हजार पर्वतारोहीको उद्धार

उद्धारपछि ५८० जना पर्वतारोही र ३०० भन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठालाहरू बस्तीमा फर्किएका छन्।

क्वान्टम टनेलिङमा योगदानका लागि तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसले क्वान्टम मेकानिकल टनेलिङमा गरेको अनुसन्धानका लागि यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गरेका छन्।

तीन वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

नोबेल पुरस्कार समितिले यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान र खोज गर्ने तीन वैज्ञानिकलाई दिने घोषणा गरेको छ।

हिम आँधीले चीनतर्फ सगरमाथा क्षेत्रमा फसे सयौँ पर्वतारोही, उद्धार जारी

चिनियाँ सरकारी मिडिया सीसीटीभीका अनुसार हिम आँधीका कारण सयौँ पर्वतारोही शिविरमा क्षति पुगेको छ। फसेका पर्वतारोहीको उद्धारका लागि टोली खटाइएको र उद्धार प्रयास जारी रहेको छ।

दार्जिलिङमा अविरल वर्षापछि आएको बाढीपहिरोमा परी २३ जनाको मृत्यु

दार्जिलिङमा निरन्तरको वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ। पहिरो र वर्षाका कारण सयौँको संख्यामा पर्यटक अलपत्र परेका छन्।