AnonymousUser

Logout

राष्ट्रसंघीय अधिकारी भन्छन्– गाजामा पीडा र मृत्युको अनन्त चक्र चलिरहेको छ 

युद्धविराम अवधि सकिएपछि जबरजस्ती विस्थापनको आदेश जारी हुँदा पछिल्ला दुई दिनमा मात्रै एक लाख मानिसहरू रफाहबाट विस्थापित भएका छन्। 

अमेरिकी सिनेटमा २५ घण्टा लामो भाषण, को हुन् कोरी बुकर?

सोमबार राति ७ बजेबाट मंगलबार साँझसम्म गरेको उक्त भाषणमा उनले राष्ट्रपति ट्रम्प र उनका नीतिहरूमाथि कडा आलोचना गर्दै अमेरिका संकटतर्फ धकेलिँदै गएको चेतावनी दिए।

स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न स्पेनले बढायो विद्युतीय सवारीमा अनुदान

विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाएमा व्यक्तिले सात हजार युरोसम्म पाउनेछन्। व्यावसायिक गाडीको हकमा यो रकम नौ युरोसम्म हुनेछ।

गुजरातको पटाका गोदाममा विस्फोट हुँदा १८ जनाको मृत्यु, ५ घाइते

भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १८ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।

म्यानमार भूकम्प: मृतकको संख्या २ हजार नाघ्यो, एक हप्ता राष्ट्रिय शोक घोषणा

म्यानमारमा शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार ५६ पुगेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते छन्।

इरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार

अमेरिकी प्रतिबन्धका कारण इरानी अर्थतन्त्र कमजोर बनेको छ। यस्तो अवस्थामा महत्त्वपूर्ण मानिएको प्रत्यक्ष वार्तामा असहमति भएपछि यो कूटनीतिक समस्या झन् जटिल बनेको छ।

अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस मनाइँदै

प्लास्टिक प्रदूषण एवं अन्य फोहोरका कारण उत्पन्न हुने संकटलाई सम्बोधन गर्न तत्काल विश्वका हरेक मानिसले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने राष्ट्रसंघले जनाएको छ।

म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, उद्धार तथा खोजी जारी

विमानस्थल तथा सडकहरू बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुर्‍याउने काममा समेत समस्या भइरहेको जनाइएको छ। 

भूकम्पका कारण म्यानमार र थाइल्यान्डमा मृत्यु हुनेको संख्या १५० पुग्यो

शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी म्यानमार र थाइल्यान्डमा १५० जनाको मृत्यु भएको छ।

म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

म्यानमारको सागिङ शहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ। भूकम्पले राजधानी न्यापिडोका सडकहरू ध्वस्त पारेको छ भने भवनमा क्षति पुर्‍याएको छ।

अमेरिका आयात हुने सवारीमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा

ट्रम्पले सरकारी राजस्व बढाउन र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने उपायका रूपमा कर बढाउने निर्णय गरेको बताएका छन्।

उत्तर कोरियाले थप ३ हजार सेना रुस पठायो 

मस्कोलाई किएभसँग लड्न सहयोग पुर्‍याउन उत्तर कोरियाले सैनिकसँगै क्षेप्यास्त्र, तोपखाना र गोलाबारुदसमेत आपूर्ति गरिरहेको दक्षिण कोरियाले जनाएको छ।

चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध

अमेरिकाले बेइजिङको कृत्रिम बौद्धिकता (एआई)र उन्नत कम्प्युटिङ क्षमतामा खलल पुर्‍याउने उद्देश्यले मंगलबार दर्जनौँ संस्थालाई व्यापार कालोसूचीमा राखेको हो

दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

संसारभरका श्रमिकलाई ससम्मान पारिश्रमिकसहित काममा लगाउनुपर्नेमा यो दिवसले जोड दिएको छ।

‍सांसदले लगाएको महाभियोग खारेज गर्दै हानलाई अदालतले गरिदियो कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली

दक्षिण कोरियाका सांसदहरूले हान डक सोविरुद्ध लगाएको महाभियोग खारेज गर्दै कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गर्न संवैधानिक अदालतले आदेश दिएको छ।

गाजाको नासिर अस्पतालमा इजरायली आक्रमण, २ शीर्ष हमास कमान्डरको मृत्यु

 इजरायली सेनाले हमासले अस्पताल तथा धार्मिक स्थलहरूलाई ढालको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ।

रुसी आक्रमणबाट किभमा ३ जनाको मृत्यु, १० घाइते

रुसी ड्रोन आक्रमणबाट युक्रेनको राजधानी किभमा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन्।

जलवायु परिवर्तनको असरले विश्वभरका तालमा घट्दै अक्सिजनको स्तर

साइन्स एडभान्सेज जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा विश्वका ८३ प्रतिशत तालको सतहको पानीमा अक्सिजनको मात्रा घट्दै गइरहेको उल्लेख छ।

विद्युत् सबस्टेसनमा आगलागीपछि अवरुद्ध हिथ्रो विमानस्थल पूर्ण रूपमा सञ्चालनमा

भिडभाड कम गर्न र यात्रीको सहजताका लागि रात्रिकालीन उडानमा लगाइएको प्रतिबन्ध पनि अस्थायी रूपमा हटाइएको बेलायतको यातायात विभागले जनाएको छ।

थाइल्यान्डले भन्यो– गाजामा नयाँ तनाव देखिनु निराशाजनक

थाइल्यान्डले सबै पक्षलाई पूर्ण संयम अपनाउन, शत्रुता अन्त्य गर्न तथा युद्धविराम र बन्धक सम्झौता कार्यान्वयनका लागि वार्ता पुनः शुरू गर्न आग्रह गरेको छ।