AnonymousUser

Logout

दार्जिलिङमा बाढीपहिरोमा परी २० जनाको मृत्यु

उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरोका कारण कम्तीमा २० जनाको ज्यान गएको छ।

बालबालिकाको मृत्युपछि भारतका ४ राज्यले लगाए खोकीको सिरपमा प्रतिबन्ध

सन् २०२२ मा गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएपछि भारतका औषधीय उत्पादन पुनः गम्भीर छानबिनको दायरामा आएका छन्।

इजरायली आक्रमणमा गाजामा मृत्यु हुने पत्रकारको संख्या २५४ पुग्यो

इजरायली आक्रमणको क्रममा मृत्यु हुने पत्रकारहरूको संख्या २५४ पुगेको गाजाको सरकारी मिडिया कार्यालयले जनाएको छ।

इन्डोनेसियामा विद्यालय भवन भत्किदा ९१ जनाको मृत्यु

सोमबार दिउँसो विद्यार्थी प्रार्थनाका लागि भेला भएको समयमा विद्यालय भवन एक्कासि भत्किएको थियो।

बेलायतमा आप्रवासीलाई स्थायी बसोबासका लागि कडा नियम लागू गर्ने तयारी

नयाँ प्रस्तावित योजनाअनुसार आप्रवासीले रोजगार लिनुपर्नेछ, सामाजिक सुरक्षा योगदान गर्नुपर्नेछ, आपराधिक अभिलेख स्वच्छ हुनुपर्नेछ, लाभ दाबी गर्न पाइने छैन र स्थानीय समुदायमा स्वयंसेवकको रूपमा सेवा गर्नुपर्नेछ।

रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणबाट किभमा ४ जनाको मृत्यु

राजधानी किभका सैन्य प्रशासन प्रमुख तैमुर टाकाचेन्कोले प्रारम्भिक रिपोर्टअनुसार चार जनाको मृत्यु पुष्टि भएको बताए। राजधानी वरपरको क्षेत्रमा कम्तीमा २७ जना घाइते भएको सैन्य प्रशासनले जनाएको छ।

अन्तर्राष्ट्रिय दबाबबीच नेतान्याहुको अडान: हमासविरुद्धको युद्ध जारी रहन्छ

अन्तर्राष्ट्रिय विरोधका बीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्र महासभाको सम्बोधनका क्रममा गाजामा हमासविरुद्धको युद्ध जारी राख्ने अडान दोहोर्‍याएका छन्।

इरानमाथि प्रतिबन्ध लगाउने राष्ट्रसंघको तयारी

प्रतिबन्धले इरानको आणविक तथा मिसाइल विकासमा संलग्न व्यक्ति, संस्था र कम्पनीहरूसँग विश्वव्यापी व्यापारमा रोक लगाउनेछ।

विश्व व्यापार संगठनमा विकासोन्मुख देशको विशेष सुविधा त्याग्ने चीनको घोषणा

डब्लूटीओले औपचारिक रूपमा विकसित र विकासोन्मुख देशहरू छुट्याउने व्यवस्था नगरे पनि केही सदस्य राष्ट्रहरूले आफैलाई विकासोन्मुख भनेर पहिचान गर्ने गर्छन्।

लद्दाखमा प्रदर्शनकारीले भाजपाको कार्यालयमा आगजनी गरे

सोनम वाङचुकले एक्समा एक भिडियो सन्देश जारी गर्दै शान्तिको लागि अपील गरेका छन्। उनले यस प्रदर्शनलाई जेनजी क्रान्ति पनि भनेका छन्।

ताइवानमा आँधीका कारण ताल फुट्दा १४ को मृत्यु

चीनका दक्षिणी १० शहरमा विद्यालय र व्यवसाय बन्द गरिएका छन्। मकाउको क्यासिनो क्षेत्रमा बाढीका कारण बिजुली आपूर्ति काटिएको छ।

सुपर टाइफुन रागासा फिलिपिन्समा अवतरण, चीनमा ४ लाखलाई सार्ने तयारी

सुपर टाइफुन रागासा फिलिपिन्सको उत्तरी भेगमा अवतरण गरेपछि चीनको सेन्जेन सहरले करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी थालेको छ।

फिलिपिन्समा ‘बाढी नियन्त्रण’ भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन

फिलिपिन्सको झण्डा बोकेका प्रदर्शनकारीहरूले 'अब अति भयो, तिनीहरूलाई जेलमा हाल' भन्ने नारासहितका ब्यानर लिएर अनियमिततामा संलग्नहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

बेलायत र पोर्चुगलले प्यालेस्टिनी राज्यलाई मान्यता दिने, इजरायलको आपत्ति

इजरायलले गाजामा बमबारी जारी राखेको छ। लामो समयदेखि इजरायलको सहयोगी रहँदै आएका राष्ट्रहरू यही कारण आफ्नो नीतिमा परिवर्तन गर्न थालेका छन्।

इजरायलले गाजामा आक्रमण तीव्र पारेपछि हमासले जारी गर्‍यो ४८ बन्धकको तस्वीर

हमासले इजरायलको लगातारको स्थल र हवाई आक्रमणले गाजामा रहेका बन्धकहरूको सुरक्षामा खतरा बढेको बताएको छ।

युरोपेली विमानस्थलहरूमा 'साइबर अवरोध'

ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायत युरोपका प्रमुख विमानस्थलहरूमा शनिबार ‘साइबर-सम्बन्धित अवरोध’ देखिएको छ।

गाजामा इजरायली आक्रमण जारी, महिला र बालबालिका संकटमा

विस्थापित परिवारलाई आपत्कालीन आश्रय, पोषणयुक्त खाना, सफा पिउने पानी र औषधोपचारको खाँचो देखिएको छ। गाजामा पुग्ने राहत सामग्री अहिले पनि आवश्यक मात्राभन्दा निकै कम छ।

रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

भूकम्पपछि अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरले नजिकैको तटमा सुनामीको सम्भावना रहेको चेतावनी दिएको छ।

ट्रम्पले राखे भारत, पाकिस्तान, चीनसहित २३ देशलाई ‘लागुऔषध ट्रान्जिट’ सूचीमा

ट्रम्पको निर्णयमा अफगानिस्तान, बोलिभिया, म्यान्मार, कोलम्बिया र भेनेजुएलाले विगत १२ महिनामा अन्तर्राष्ट्रिय मादक पदार्थविरोधी सम्झौताअन्तर्गतका दायित्व पूरा नगरेको र आवश्यक सुधारात्मक कदम चाल्न असफल भएको उल्लेख गरिएको छ।

फ्रान्समा ट्रेड युनियनको हडताल, बजेट योजनामा चुनौती

प्रदर्शनका कारण सार्वजनिक यातायात, अस्पताल र विद्यालयलगायत धेरै क्षेत्रमा अवरोध हुने अनुमान छ।