AnonymousUser

Logout

सके बहुमत र नसके सबैभन्दा ठूलो पार्टी बनाउने गरी काम गर्नुपर्छ  : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन्। 

एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक र जिल्ला अधिवेशन स्थगित

एकीकृत समाजवादी पार्टीले केन्द्रीय परिषद् बैठक र मिति तोकिएका सबै जिल्ला अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ।

एनसेल छानबिन समितिले दूरसञ्चारको अधिकारमाथि हस्तक्षेप गर्दैन: प्रधानमन्त्री

सांसदहरूले एनसेलको छानबिन दूरसञ्चार प्राधिकरण आफैँले गर्न सक्ने भए पनि छुट्टै समिति बनाइएको भन्दै समितिको काम, कारबाहीमाथि आशंका व्यक्त गरेका थिए।

एनसेल खरिदबिक्री स्वाभाविक छैन, यसमा सरकार गम्भीर छ: प्रधानमन्त्री 

एनसेल प्रकरणमा कहीँ न कहीँ गलत छ भन्ने लागेरै छानबिन समितिसमेत बनाएको प्रधानमन्त्री दाहालले जानकारी दिए।

पार्टीभित्रको पद्धतिका कारण गुट बनाउनुपर्ने बाध्यता भयो : गगन थापा

कांग्रेस महामन्त्री गगन थापा गुटको अन्त्य गर्ने भनिए तापनि पार्टीभित्रको विद्यमान पद्धतिका कारण गुट बनाउनुपर्ने बाध्यता रहेको बताउँछन्।

नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकको ‘भर्चुअल’ निरीक्षणपछि प्रधानमन्त्रीले भने– सन्तुष्ट हुनसक्ने अवस्था छैन

प्रधानमन्त्री दाहालले भने, “यी दुई परियोजना अत्यन्तै महत्त्वपूर्ण छन्। समयमै सकिनुपर्छ, म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु।”

त्रिविमा योग्यताका आधारमा उपकुलपति नियुक्ति गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले आधारभूत शिक्षा मात्र निःशुल्क नभई विश्वविद्यालय शिक्षालाई पनि सर्वसुलभ बनाउने गरी सरकारले काम गरिरहेको दाबी गरे।

‘स्पोन्सर्ड भिजिट’मा २० सदस्यीय संसदीय टोली चीनतिर, सांसद मात्र १७ जना

सांसद र संसद् सचिवालयका कर्मचारीसहितको २० जनाको टोली चिनियाँ सरकार मातहतको निकायले ‘स्पोन्सर’ गरेको भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ।

स्थापित संयन्त्रलाई बेवास्ता गरेर छानबिनका लागि किन बनाइन्छन् समिति र आयोग?

भ्रष्टाचार, दुर्घटनालगायत घटना छानबिन गर्न राज्यका स्थायी संयन्त्र पन्छाएर समिति र आयोग बनाउनु ढाकछोप तथा अनुकूल नतिजा देखाउने प्रपञ्च भएको सांसदहरू नै बताउँछन्। तर सरकार त्यस्तै संयन्त्र बनाइरहेको छ।

बरु कांग्रेस सकिन्छ तर आगामी चुनावमा कसैसँग गठबन्धन गर्दैन : गगन थापा 

दाहाललाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको तर अहिलेसम्म कुनै राम्रो काम गर्न नसकेको कांग्रेस महामन्त्री थापाको भनाइ छ।

अन्य दल भ्रष्टाचारमा संलग्न भए, राप्रपाको जनमत बढ्यो: राजेन्द्र लिङ्देन

राप्रपाले जनता, शुभेच्छुक तथा शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने अध्यक्ष लिङ्देनले बताएका छन्।

विपिनको रिहाइको विषय गम्भीरतासाथ उठाएका छौँ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एनपी साउदले कतार भ्रमणका क्रममा विपिन जोशीको सकुशल रिहाइ, नेपालको विकासमा कतारको सहयोग र नेपालमा जलवायु परिवर्तनले पारेको असरको विषय उठाएको बताएका छन्।

व्यवस्था उल्ट्याउन खोज्नेविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यकः प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले देशमा एकथरि तत्त्वहरूले सांस्कृतिक विविधता, संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको बताएका छन्।

नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिँदैछ : प्रधानमन्त्री

मानवताभन्दा ठूलो धर्म केही नरहेको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मानवीय सेवामा लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरे।

कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्ने नेतृत्व चाहिएको छ: विश्वप्रकाश शर्मा

बागलुङको गलकोटमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले फागुनमा बस्ने महासमिति बैठकले पार्टीलाई दिशानिर्देश गर्ने बताएका छन्।

जेलबाट छुट्दाछुट्दै कांग्रेसमा ‘खाँण प्रभाव’को चर्चा

उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएपछि ‘न्याय पाएको’ चर्चा भइरहेको कांग्रेस वृत्तमा हिजो सभापति देउवाको रक्षाकवचझैँ बनेका बालकृष्ण खाँणको सम्भावित ‘मूभ’ कतातिर होला भन्ने लेखाजोखा हुन थालेको छ।

कांग्रेस महासमितिको बैठक फागुन ७ देखि, राष्ट्रियसभामा उम्मेदवार छान्ने जिम्मा देउवालाई

कांग्रेस नेता मीनबहादुर विश्वकर्माले राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको बताए।

बालकृष्ण खाणले बुझाए ३० लाख धरौटी, अख्तियार र सम्पत्ति शुद्धीकरण विभाग लगिँदै 

खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएको थियो।

काठमाडौँ महानगरका कामले संघीय सरकारलाई पनि प्रेरणा मिलेको छ: प्रधानमन्त्री

शहरलाई सफा, हरियालीयुक्त, सांस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताले भरिपूर्ण ऐतिहासिक शहरका रूपमा विकास गर्न महानगरको प्रयास प्रशंसनीय रहेको प्रधानमन्त्रीको भनाइ छ। 

महासमिति बैठक नसार्न देउवालाई दबाब

शुक्रबार बस्ने कार्यसम्पादन समिति बैठकमा महासमिति बैठकको तयारीबारे छलफल हुँदैछ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुसको चिसोमा बैठक गर्नु उपयुक्त नहुने प्रस्तावमा बैठकमा छलफल हुने बताएका छन्।