AnonymousUser

Logout

उपनिर्वाचन हुने क्षेत्रका विद्यालयमा २ दिन बिदाको प्रस्ताव

आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट पछि नहटेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन।

कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने 

मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। 

६ प्रकारका सरकारी कागजात सुरक्षण मुद्रण केन्द्रबाट मात्रै छाप्ने गरी प्रतिवेदन पारित

संसदीय समितिले राष्ट्रिय सुरक्षासँग जोडिएका विभिन्न ६ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाई गर्ने गरी सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ सम्बन्धी प्रतिवेदन पारित गरेको छ। 

नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सांसद गिरी पदमुक्त

नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्।

गृहमन्त्रीमाथि संसदीय छानबिनमा कांग्रेसको अडान यथावत्, सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान यथावत् राखेपछि प्रतिनिधिसभा बैठकलाई सहज बनाउने विषयमा सभामुखले बोलाएको बैठक निष्कर्षविहीन भएको छ।

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

कांग्रेसका केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ।

सहकारी ठगी प्रकरणः संसद्‍मा कांग्रेसको अवरोधबारे सभामुखले ४ दलसँग छलफल गर्दै

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने स्वयम् मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग राखेर संसद्‍मा अवरोध गर्दै आएको थियो।

ओपीडी सेवा १२ घण्टा पुर्‍याउने गण्डकी प्रदेश सरकारको निर्णय

मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरंग (ओपीडी) सेवालाई थप गरी १२ घण्टा पुर्‍याउने निर्णय गरेका छन्।

गण्डकीका मुख्यमन्त्री अधिकारी र २ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरुङले शपथ लिएका छन्। 

न्यायाधीशको परीक्षामा न्यूनतम ४० अंक कायम गर्ने सहमति

संसदीय समितिमा जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अंक ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको छ।

लुम्बिनीमा मुख्यमन्त्री र ३ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

गण्डकीमा मुख्यमन्त्रीको नियुक्ति ‘असंवैधानिक’ रहेको कांग्रेसको ठहर

प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पठाइएको पत्रमा समर्थन गरेका भनिएका ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरको आधिकारिक सनाखत हुनुपर्ने माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए।

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस

अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न निवेदन बुझाएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए। 

इलाम उपनिर्वाचन : ८ स्वतन्त्रसहित २० जनाले दिए उम्मेदवारी

निर्वाचन आयोगका अनुसार इलाममा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि स्वतन्त्र आठसहित २० जनाले शनिबार मनोनयन पत्र दर्ता गराएका छन्।

उपनिर्वाचन : बझाङमा १२ जनाको उम्मेदवारी

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा (१) मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ।

कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य : देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन्।

पटक–पटकको सकसपूर्ण सत्तायात्राको गन्तव्यनजिक यामलाल 

यामलाल कँडेल मुख्यमन्त्रीको दौडमा धेरै पटक चिप्लिए। अघिल्लो कार्यकालमा आफ्नै दलको बहुमत हुँदा पनि उनले अवसर गुमाए। यस पटक भने अनपेक्षित फेरबदल नआएमा कँडेल मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ।

सुदूरपश्चिममा बहुमतको सरकार बनाउन १० दिनको समय

कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेशप्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्।