कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको एमालेको संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ।
सदनको अवरोध खोल्न सत्ता र प्रतिपक्षका शीर्षनेता तहमा जुटेको सहमति एकाएक कसरी बिथोलियो? गृहमन्त्री लामिछानेले संसद्मा गरेको सम्बोधन यसमा ‘टर्निङ पोइन्ट’ बन्यो।
कोशी प्रदेश सरकार गठनको विवादका सम्बन्धमा सर्वोच्च अदालतले मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति हुँदादेखिकै कागजात झिकाउन आदेश दिएको छ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने तय भएको छ।
कांग्रेस सांसदको नाराबाजीबीच सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिएका थिए।
कांग्रेसले कार्यादेशलाई टुंग्याएर सदन सञ्चालनलाई सहज बनाउनुपर्नेमा सरकार र सत्तापक्ष सहकारीका केही ठगलाई जोगाउन संसदीय मूल्यमान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको ठहर गरेको छ।
सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसको विरोधका बीच विश्वासको मतका लागि प्रधानमन्त्री दाहालले राखेको प्रस्ताव बहुमतले पारित भएको हो।
आजै १५ मिनेटका लागि स्थगित बैठक पुनःशुरू भएलगत्तै कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै वेल घेराउ र नाराबाजी गरिरहेका छन्।
यसपालि वनमा पतझर झर्नेबित्तिकै डढेलो लागेकाले महोत्तरीको झुपर बस्तीका स्थानीयले पतिंगर सोहोर्न पाएनन्। बर्खामा खानेकुरा केले पकाउने भन्ने चिन्तामा उनीहरू पिरोलिएका छन्।
गृहमन्त्रीको सम्बोधनलगत्तै कांग्रेसका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।
जसपा, नेपालबाट अलग्गिएर छुट्टै पार्टी गठन गरेका सात सांसदलाई प्रधानमन्त्रीको विश्वास मतदान प्रक्रियामा सहभागी नगराउन माग गर्दै उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।
दोस्रो पटक पनि तोकिएको समयमा बैठक बस्न नसकेपछि सोमबारसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको जवाफ सुन्ने निर्णय गरेको छ।
कोशी र बागमतीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सत्तारूढ दल र नेपाली कांग्रेसबीच सहकारीका बचतकर्ताको बचत रकम हिनामिना प्रकरणको छानबिन गर्नका लागि संसदीय समिति बनाउने सहमति भएको छ।
ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उद्योगी विष्णु चौधरीको भनाइ छ।
एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री र एक राज्यमन्त्री थपिएसँग कोशी मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ।
सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने भएको छ।
प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगन भएको छ।
राष्ट्रियसभाको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ।