देउवाले बुधबार र बिहीबार मधेशकेन्द्रित दुईवटा दलसँग छुट्टाछुट्टै छलफल गरेका छन् भने अन्य साना दलहरूसँग पनि संवाद बढाइरहेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भएको भेटवार्तामा सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने सहमति भएको छ।
सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच सहमति कार्यान्वयनको अवस्थाबारे छलफल भएको छ।
प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम आई नसक्दै शुरू भएको सरकार बनाउने रस्साकस्सीमा फेरि वामगठबन्धनको चर्चा हुन थालेको छ।
पार्टीभित्रको गुटबन्दी र कारबाही सिफारिस गरिएकालाई समेत उम्मेदवार बनाउने केन्द्रको निर्णयका कारण काठमाडौँमा प्रतिनिधिसभा र प्रदेशसभाका अधिकांश क्षेत्रमा एमाले पराजित भएको कार्यकर्ता बताउँछन्।
मधेश प्रदेशमा सरकार बनाउन साना दललाई मिलाउने कसरत गरिरहेका कांग्रेस र एमालेभित्रै मुख्यमन्त्रीका दाबेदार नेता मिलाउन सकस हुने भएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकार गठन तथा पार्टी एकतालगायतका विषयमा छलफल अघि नबढेको बताएका छन्। उनले निर्वाचन परिणामको सामूहिक समीक्षा हुनुपर्ने बताए।
काग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन अभियान चलाउने बताएका छन्। यसका लागि पार्टीभित्रका शीर्ष नेताहरू र सांसदसँग छलफल अगाडि बढाउने उनको भनाइ छ।
स्थानीय तह निर्वाचनको तीन महिनाअघि खुलेको नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाको मुद्दा उठाएर प्रतिनिधिसभामा कैलालीका तीन क्षेत्र जित्न सफल भएपछि अब संसद्मा कस्तो भूमिका खेल्ला?
अमेरिकामा रहेको फ्रिड्म पार्टी र त्यसको चुनाव चिह्न घण्टीकै झलक दिने गरी रवि लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आलोचना गरेका छन्।
प्रदेशसभा निर्वाचनको सम्पूर्ण नतिजा आइनसक्दै गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन प्रमुख दलहरूको दौडधुप शुरू भएको छ।
नेकपा एकीकृत समाजवादी पार्टीले वर्तमान गठबन्धनलाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।
२०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा धनुषाबाट हेमबहादुर मल्ल र उनकी श्रीमती शारदाको जितको झल्को दिने गरी यसपटक धुनषा-४ बाट एमालेका रघुवीर महासेठ र ३ बाट उनकै श्रीमती जुली महतो विजयी भएका छन्।
तीव्ररूपमा भइरहेको जनसंख्या वृद्धिसँगै शहरहरू कुरूप बन्दै गएको बताउँदै मेयर सुनिल प्रजापतिले व्यवस्थित र प्रदूषणरहित शहर निर्माण गर्नुपर्नेमा जोड दिए।
एमालेले सुनसरी-४ मा अवरुद्ध मतगणना तत्काल पुनः शुरू नगरिए सडक संघर्ष थाल्ने चेतावनी दिएको छ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सार्वजनिक गरेको तथ्यांकमा निर्वाचनको समयमा दल तथा उम्मेदवारले बालबालिका तथा विद्यालयको प्रयोग गरेको देखिएको छ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालकोटस्थित निवासमै भेटेर कांग्रेस नेता प्रकाशमान सिंहले संवाद गरेका छन्।आमनिर्वाचनको पूर्ण नतिजा सार्वजनिक भइनसक्दै भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ।
मधेश राजनीतिमा लामो समयदेखि आधिपत्य जमाएका उपेन्द्र यादवको पराजयसँगै उनकै क्षेत्रबाट जित हासिल गरेका सीके राउत र जनमत पार्टीका लागि राजनीतिको नयाँ बाटो खुलेको छ।
प्रतिनिधिसभातर्फ विभिन्न दलबाट उम्मेदवार बनेका १५ जनामध्ये ११ व्यापारी र ठेकेदार भारी मतान्तरसहित विजयी हुँदा चार जना पराजित भएका छन्।