AnonymousUser

Logout

केपी ओलीमा नैतिकता नभएको धनश्याम भुसालको टिप्पणी

नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप लगाए।

कांग्रेस घोषणापत्र : सातै प्रदेशमा संग्रहालय स्थापना

कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा नेपालका सबै जातजातिका भाषामा पठनपाठनको व्यवस्था गरिने उल्लेख छ।

प्रत्यक्षतर्फ १०० सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी

एमाले अध्यक्ष ओली आगामी निर्वाचनमा १०० सिट जित्ने बताए। उनले समानुपातिकमा ५० सिट ल्याएर बहुमतको सरकार बनाउने दाबी गरे।

बागी उम्मेदवारी दिने माओवादी केन्द्रका ५ नेता कारबाहीमा

माओवादीले बागी उम्मेदवारी दिएका र उनीहरूका प्रस्तावक तथा समर्थकलाई कारबाहीका लागि सिफारिस गर्न पनि प्रदेश समितिलाई निर्देशन दिएको छ।

राजु गुरूङको आरोप: सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालयजस्ता भए

उनले आफू कालोसूचीमा नरहेको भन्दै कालोसूचीमा भए देखाउन चुनौती दिए। उनले कर्जा सूचना केन्द्रको 'ब्ल्याकलिस्ट'मा आफ्नो नाम फेला परे जुनकुनै सजाय भोग्न आफू तयार रहेको बताए।

प्रत्यक्षतर्फ चुनाव लड्ने यो नै अन्तिम पटक हो : पम्फा भुसाल

मन्त्री भुसालले अर्को निर्वाचनमा आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी छन्।

संघीयता देशका लागि घाँडो भयो : रवीन्द्र मिश्र

मिश्रले मंसिर ४ को निर्वाचनमा काठमाडौँ-१ बाट चुनिएर संसद् छिरेको अवस्थामा सांसद विकास कोषबाट बाँडिने रकम नलिने घोषणा गरेका छन्।

भीमार्जुनको प्रश्‍न : नेताले मलाई भोट दिनुस् भन्न पाउँछ भने जनताले नदिनुस् भन्न किन नपाउने?

संविधानविद् डा. आचार्यले मतदातालाई 'राइट टू नो भोट'को अधिकार दिलाउन परमादेश जारी भएको उल्लेख गर्दै आयोगले सर्वोच्च अदालतको परमादेशको अवहेलना गरेको दाबी गरे।

दार्चुला घटनाबारे ओलीले मागे प्रधानमन्त्रीको जवाफ

ओलीले गत वर्ष तुइन काटेर जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म भन्दै प्रश्न पनि गरेका छन्।

भृकुटीमण्डपमा उम्मेदवार मेला हुँदै, उम्मेदवारलाई भेट्न पाइने

भृकुटीमण्डपमा नेपालमै पहिलोपटक उम्मेदवार मेला हुने भएको छ। मेलामा उपत्यकाभरिका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार उपस्थित रहने आयोजकको अपेक्षा छ।

झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देनलाई जिताउन ओलीको निर्देशन

अध्यक्ष ओलीले झापा-३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए।

निर्वाचन आयोगले गगन थापालाई फेरि सोध्यो स्पष्टीकरण

आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनेको छ।

माओवादीलाई निरन्तर ओरालो यात्रामा डोर्‍याउने त्यो उट्पट्याङ!

जातीय संघीयता र न्यायालयमा संसदीय नियन्त्रण हुनुपर्नेलगायत पहिलो संविधानसभा अवधिमा माओवादीले जेजस्ता उट्पट्याङ देखायो, तिनले सभाको अवसान मात्र निम्त्याएनन्, माओवादीको ओरालो यात्रासमेत तय गरे। 

घोषणापत्रसँगै ‘विचारभन्दा माथि देश’ बाँड्दै रवीन्द्र मिश्र

रवीन्द्र मिश्रले आफूले उठाएका अजेन्डाहरू पुस्तकमा रहेको बताए। उनले आफ्ना शुभचिन्तकको आग्रहमा किताब बाँडेको उल्लेख गरे।

मतदाता भेट्न खेतबारीमै उम्मेदवार

चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचारप्रसार तीव्र बनाएका छन्। मतदाता चाडपर्व तथा बालीनाली भित्र्याउनमा व्यस्त भएको बेलामा उम्मेदवारले घरदैलो शुरू गरेका हुन्।

चाडपर्वलाई संरक्षण र संवद्धन गर्नुपर्छः अध्यक्ष ओली

एमाले अध्यक्ष ‌ओ‌लीले हरेक चाडपर्वको महत्त्व फरक-फरक हुने बताए। उनले नेपाली चाडपर्व महत्त्वपूर्ण र विशेषताले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि आह्वान गरे।

अब गठबन्धनले जित्यो, जित्यो : गगन थापा

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरूले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे।

आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही-२ बाट प्रतिनिधिसभाका उम्मेदवार विष्णु पौडेलले आसन्न निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने बताएका छन्।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

बेलायत भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा उनीहरूले संसदीय अनुभव साटासाट गरेका थिए।

विवेकशील साझाले गर्ने चाहेको राजनीति चुनावपछि सकिने खालको होइन : अध्यक्ष बाँस्कोटा

अध्यक्ष बाँस्तोलाले देशको आर्थिक र सामाजिक अवस्था बदल्नुपर्ने बेला भएको भन्दै देशको द्रुततर विकासका लागि आफ्नो पार्टी सक्षम रहेको बताइन्।