मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सकिएपछि पहिलो पटक एमालेको सचिवालय बैठक बस्दैछ।
किराँत समुदायले मनाउँने उधाैली पर्वका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले यस्ता चाडले नेपाली समाजमा आपसी सद्भाव अभिवृद्धि गर्न अहम् भूमिका निभाएकाे बताएका छन्।
कुनै दल वा गठबन्धनले प्रष्ट बहुमत नल्याएको मधेश प्रदेशमा सरकार बनाउन कांग्रेसले दौडधुप तीव्र पारेको छ। तर, सीके राउत नेतृत्वको जनमत पार्टीको सहयोगबेगर मधेश सरकार बन्नसक्ने देखिन्न।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निष्क्रिय भएको भन्ने संसद् सचिवालयको पत्रविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ। सर्वोच्च अदालत बार एसोसियसनले रिट दायर गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै सर्वोच्च बारले धर्ना थालेको छ। संसद् सचिवालयले बुधबार मात्रै जबरामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएको थियो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको छ। संसद् सचिवालयले जबरालाई महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको हो। योसँगै उनले आजैदेखि सर्वोच्च फर्किने तयारी गरेका छन्।
मंसिर ४ काे निर्वाचनपछि पहिलो बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय बैठकमा केन्द्रीय सचिवालय बैठकको अजेन्डा तय र निर्वाचन परीणामबारे छलफल हुनेछ।
नेपालमा २००७ सालपछि मूर्ति चोरी हुन थालेको इतिहासकारहरू बताउँछन्। २०४२ सालपछि चोरी भएका कतिपय मूर्ति फिर्ता आउन थाले पनि कसले चोरेको थियो र कसरी विदेश पुर्याइए भन्ने पत्ता लाग्दैन।
माओवादी प्रत्यक्षतर्फ १७ र कूल मिलाएर ३२ सिटमा खुम्चिँदा पनि दाहाल प्रधानमन्त्री बनिछाड्ने जस्तो हुटहुटीमा छन्, त्यसले जनमतको आदेश र पार्टीको हविगतप्रति उनी पूर्णतः बेपरवाह बनेको देखाउँछ।
अघिल्लो प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै २७ वटा विधेयक निष्क्रिय भएका र १२ वटा विधेयक सरकार आफैँले फिर्ता लिएको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताए।
उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौँ महानगरको समर्थनमा प्रदर्शन गरेको छ। महानगरको सुकुमबासी हटाउने कदमको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन्।
प्रतिनिधिसभामा समानुपातिकतर्फ कांग्रेसले पाउने ३२ सिटमध्ये तीन सिटमा मात्र पुरुष उम्मेदवार छान्नुपर्ने भएपछि त्यही तीन सिटमा पर्न नेताहरूको दौडधुप तीव्र बनेको छ।
आगामी सरकार गठनबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले चुनावको अनपेक्षित नतिजाबारे ‘तितो पोखेपछि’ विषय प्रवेश नै हुन सकेन।
सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर नेपाल र भारतका अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।
वर्तमान सत्तागठबन्धनका दलहरू आफ्नै सरकार बनाउने कसरतमा जुटिरहँदा नेतृत्वमा माओवादीको दाबीले अर्को जटिलता थप्ने देखिन्छ।
मनाङेले आफ्नो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार नेकपा एकीकृत समाजवादीम रहेको भन्दै पार्टी प्रवेश गरेको जनाएका छन्।
सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचनमा नेपाली कांग्रेसलाई मात्र फाइदा भएको भन्दै असन्तुष्टि जनाएका छन्।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा बागी उम्मेदवारलाई कारबाही गर्ने सहमति भएको छ।
निर्वाचनको मत परिणाम आएसँगै गठन हुने प्रतिनिधि तथा प्रदेशसभा संसदले राष्ट्रपति र उपराष्ट्रपतिलगायत झण्डै ३ दर्जन पदाधिकारी निर्वाचित गर्नेछ।
रवि लामिछानेले यसअघि दार्चुलामा भएका घटनाको स्मरण गर्दै वर्षौंसम्म भारतसँग निरीह हुनुको कारण के होला भन्दै सरकारमाथि प्रश्नसमेत गरेका छन्।