बर्दिया- २ बाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतले पछि पार्दै लालवीर चौधरी विजयी भएका छन्।
बागलुङ-१ मा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले हराउँदै राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी विजयी भएका छन्।
बागलुङका चारवटै प्रदेशसभामा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ।
अछाम क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका छन्।
काठमाडौँ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। उनले १५ हजार दुई सय २९ मत पाइन्।
आमनिर्वाचन २०७४ मा एमालेको बलमा एउटा सिट जितेको र ‘थ्रेसहोल्ड’समेत नकटाएको राप्रपा अहिले कुन शक्तिका कारण राष्ट्रिय पार्टी बन्ने बाटोमा अघि बढ्दैछ?
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई ४ हजार २१६ मतान्तरले पराजित गरे।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौंपटक निर्वाचित भएका छन्। देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन्।
ललितपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन्।
नेकपा एमालेका ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले हराउँदै पौडेल विजयी भएका छन्।
नेपाली कांग्रेसका आचार्य १८ हजार २३५ मत प्राप्त गर्दै विजयी भएका हुन्।
काठमाडौँ– ४ बाट निर्वाचित भएलगत्तै कांग्रेस महामन्त्री गगन थापाले अहिलेको चुनावी परिणाममा देशमा नयाँ चालकसहितको सरकारको अपेक्षा व्यक्त भएको बताएका छन्।
बाजुरामा आइतबार निर्वाचनका क्रममा दुई युवाले ज्यान गुमाएको घटना कांग्रेस र एमालेको ‘बुथ कब्जाबाट चुनाव जित्ने’ प्रयासको नतिजा थियो। बाजुरामा कांग्रेस–एमालेले जहिल्यै बुथ कब्जाको प्रयास गरिरहन्छन्।
गृहसचिव सिंहले प्रहरीले पूर्ण अधिकार प्राप्त हुँदाहुँदै पनि धेरै संयमता अपनाएका कारण ठूलो दुर्घटना हुन नपाएको बताए।
प्रधानमन्त्री देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्।
अध्यक्ष दाहालले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा गठबन्धन दलहरू बीचमा छलफल नभएको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन्।
बागलुङको मतदाता नामावलीमा नाम नभएपछि केसीले मतदान गर्न नपाएका हुन्। उनी रुपन्देही बस्न थालेपछि आफ्नो नाम पनि उतैको मतदाता नामावलीमा सारेका थिए।
कांग्रेस महामन्त्री गगनकुमार थापाले मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ भनेर काठमाडौं–४ का मतदातालाई हेक्का रहेकाे बताएका छन्।
गठबन्धन र एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताले हुलहुज्जत गरेपछि प्रहरीले हवाई फायर गरेको हो।