मंसिर ४ गते सम्पन्न निर्वाचनमा हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित शाही कर्णाली प्रदेश सरकारको बहालवाला मुख्यमन्त्री हुन्।
सत्ता गठबन्धनको बैठकमा देउवा र प्रचण्डले प्रधानमन्त्रीमा आ-आफ्नो अडान कायमै राख्दा पावर सेयरिङका विषयले प्रवेश नै पाएन।
निर्वाचनताका सरकारमा नजाने बताएका राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछाने पछिल्ला केही दिनयता सरकारमा जान आतुर देखिएको तिनकै गतिविधिले देखाइरहेका छन्।
स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। उनी प्रवेश गरेसँगै प्रतिनिधिसभामा नागरिक उन्मुक्तिका ४ सांसद पुगेका छन्।
सत्ता गठबन्धनले बनाउने नयाँ सरकारलाई तीन जना स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र योगेन्द्र मण्डलले समर्थन गर्ने भएका छन्। अर्का सांसद अमरेशकुमार सिंहले भने तत्काल निर्णय नगरेको बताएका छन्।
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बद्रीबहादुर पाठकले पाण्डेले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाइसकेको जानकारी दिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दुई वर्षका लागि सरकारको नेतृत्व आफूलाई दिन आग्रह गर्दै कांग्रेस नेता प्रकाशमान सिंहमार्फत् सन्देश पठाएका छन्।
नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाललाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ।
सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ संसद्ले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमाथि छलफल गर्ने बताएका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा स्थिरताका लागि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तारूढ गठबन्धनकै सरकार बन्ने, तर नेतृत्व कसले गर्ने भन्नेबारे छलफल भइरहेको बताएका छन्।
नवनिर्वाचित सांसदहरूले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराबाट बिहीबार शपथ लिएका छन्।
ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदलाई शपथ ग्रहण गराएका छन्।
ज्येष्ठ सदस्यको हैसियतमा राप्रपाका पशुपति शमशेर राणाले सांसदलाई शपथ ग्रहण गराउँदै छन्। सभामुख चयन नहुन्जेल संसद् बैठकसमेत उनैले सञ्चालन गर्नेछन्।
सत्ता गठबन्धन कायम रहन्छ कि रहन्न भन्ने अन्योल यथावत रहँदा ‘शान्त’ देखिएको एमालेभित्र गठबन्धन फुटाउन र माओवादीको नेतृत्वको सरकार स्वीकार गर्न ओलीलाई मनाउन नेताहरू सक्रिय बनेका छन्।
राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि संसद् सचिवालयले सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ।
लोसपा, नेपालले प्रतिनिधिसभा संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई चयन गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गर्न बाटो खुलेको छ।
पशुपति शमशेर राणाले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले सबैको साथ लिएर पार्टीलाई अघि बढाउने बताएका छन्।