कोइराला समूहको भेलामा उपस्थित सांसदहरूले नेता शेखर कोइराला र गगन थापालाई तत्काल आपसमा सहमति गरी एक जनाले मात्रै संसदीय दलको नेताका लागि उम्मेदवारी दिन दबाब दिएका छन्।
बागमती प्रदेशसभामा शपथग्रहणको मिति निर्धारण गर्न पुस ८ गते सर्वदलीय बैठकको आह्वान गरिएको छ।
नेपाली कांग्रेसको संस्थापनइतर समूहको छलफल मंगलबार बिहान ८ बजे पुनः बस्ने गरी टुङ्गिएको सहमहामन्त्री जीवन परियारले बताए।
अघिल्लो प्रतिनिधिसभामा विजयी रेशम चौधरीलाई जेलमा भएकै अवस्थामा शपथ गराइएको थियो। यसपटक आपराधिक पृष्ठभूमि भएका नवनिर्वाचित पाँच सांसदको शपथ रोक्न उजुरी पर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।
संसदीय दलको नेतामा आकांक्षा राखेका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलाउन संस्थापनइतर समूहले छुट्टै छलफल गरेको छ।
दुई दिनपछि हुने कांग्रेस संसदीय दलको निर्वाचनमा अहिलेको प्रमुख प्रश्न सभापति देउवासँग भिड्ने संस्थापनइतरको उम्मेदवारलाई लिएर छ। डा. शेखर कोइराला र महामन्त्री गगन थापा दुवै दलको नेता बन्ने कसरतमा छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनका पार्टी र नेताहरूमा अहङ्कार बढे र उनीहरूलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न तयार रहेको बताएका छन्।
काठमाडौँमा भन्दा बढी मतदाता मोरङ र झापा जिल्लामा छन्। तर, मतदातालाई नभइ जनसंख्यालाई निर्वाचन क्षेत्र निर्धारणको मापदण्ड बनाउँदा झापाभन्दा काठमाडौँमा सांसद संख्या दोब्बर छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले शहरिया मध्यम वर्गमा विचलन देखा परेको बताएका छन्। उनले हरेक चुनावमा नयाँ-नयाँ प्रयोग गरेर राष्ट्र बनाउन नसकिने बताए।
नेकपा एकीकृत समाजवादीको दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।
कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाले आकाङ्क्षा देखाएका छन्।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले पुस ७ गते १ बजे शपथग्रहण गराउने गरी तयारी भइरहेको जनाए।
विज्ञहरूले सांसदको शपथबिना प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन्। संसदीय व्यवस्थामा सरकार संसद्बाट बन्ने र संसद्बाहिरबाट बन्ने सरकार संसद्प्रति उत्तरदायी हुन नसक्ने दाबी उनीहरूको छ।
रास्वपाले संसदीय दलको नेतामा रवि लामिछानेलाई सर्वसम्मत चुनेको छ। पार्टीले आजै उपनेता, प्रमुख सचेतक तथा सचेतक पनि चुन्दैछ।
नेकपा माओवादी केन्द्रले सांसदहरूको शपथपछि संसदीय दलको नेता छान्ने र त्यसपछि मात्रै प्रधानमन्त्रीबारे छलफल थाल्ने निर्णय गरेको छ।
राष्ट्रपतिले प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न तोकेको समयसीमाभित्र नयाँ सरकार बन्ने वा नबन्ने सत्ता गठबन्धनको प्रमुख घटक, माओवादीका अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि गर्ने ‘चलखेल’मा निर्भर हुनेछ।
राष्ट्रपतिले एकसाता भित्रमा सरकार गठनका लागि आह्वान गरेसँगै नेकपा एकीकृत समाजवादीले संसदीय दल गठन गर्न लागेको हो।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले शपथ लिनुअगाडि नै सरकार गठनका लागि आह्वान हुनु गलत भएको बताएका छन्।
नेपाली कांग्रेसले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा सरकार गठनका लागि संवाद थाल्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी हुन्।