एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन आगामी पाँच वर्ष नै टिकेर देशलाई समृद्धितर्फ अग्रसर बनाउने बताएका छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदीय प्रणालीलाई चलाउन नसक्ने अवस्थामा पुगिएको बताएका छन्।
निर्वाचन आयोगले प्रतिनिधिसभामा रिक्त तनहुँ-१ र बारा-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। चितवन-२ मा वैशाख १० मा निर्वाचन हुने घोषणा यसअघि नै भइसकेको छ।
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने तल्ला निकायबाट सिफारिस भएको प्रतिवेदन महान्यायाधिवक्ताको कार्यालयले अध्ययन गरिरहेको छ।
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेकपा एमाले राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाएका छन्।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग दुई महिना नबित्दै एमालेसँग सहयात्रा टुंग्याउनुको कारण माग गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा कुनै एक दलको बहुमत नभएकाले गठबन्धनको संस्कार आत्मसात् गर्दै अघि बढ्नुको विकल्प नहरेको बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मित्र राष्ट्रहरूसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले उनलाई संसद्मा विश्वास गर्न नसकिने बताएका छन्।
अर्थविद् डाक्टर गोविन्दराज पोखरेलले देशको अर्थतन्त्र बिग्रिँदै गएको बताएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका पाँच डीआईजीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती नगर्ने निर्णय गरेको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै छन्।
प्रधानमन्त्री दाहालले सोमबार संविधानको धारा १०० (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।
सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी भई अन्तरिम आदेशको छलफलमा पेस भएका निवेदन र खारेजसम्बन्धी निवेदनहरूको शीघ्र सुनुवाइ गर्ने निर्णय गरेको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम तत्काल परिवर्तन नहुने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका छन्।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार १ बजेका लागि समय तोकेका छन्।
सभामुख देवराज घिमिरेले पत्रकार बिक्रीमा छन् भनेर दिएको अभिव्यक्तिमाथि संसद्मा प्रश्न उठेको छ।
द्वन्द्वपीडितको विरोधका बीच प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभामा संक्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयक पेश गरेकी छन्।