सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसके त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको सचेतक बर्तौलाले बताएका छन्।
सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसद्मा विधेयक दर्ता गर्नेसमेत तयारी गरेको छ।
मिटरब्याज पीडितका समस्या समाधानका लागि धेरै कानूनहरू संशोधन गर्नुपर्ने भएकाले तत्काल सम्भव नरहेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताएका छन्।
बारा-२ मा हुने उपनिर्वाचनमार्फत संसद् छिर्ने योजनामा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई रोक्न जनमत अध्यक्ष सीके राउतले आक्रामक अभियान चलाएपछि दुई दलका समर्थक आमनेसामने भएका छन्।
पीडितलाई काठमाडौँमा बस्ने शिविर खोज्नभन्दा आज नै माग सम्बोधन गरेर बेलुका घर फर्किने वातावरण बनाउन मेयर शाहले माग गरेका छन्।
मधेशकेन्द्रित दलहरू तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कार्ययोजना अघि बढाइएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे सोमबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग परामर्श गरेका छन्।
संघीयता कार्यान्वयनसँग सम्बन्धित अन्य विधेयक र ऐन कानुन संशोधनका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सोमबार काठमाडौँमा पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले जनताको सुख दुःख बुझेर सेवा गर्ने उच्चतम अठोट र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतले पारित भएको छ।
उड्डयन प्राधिकरणले एटीसीको अनुमतिबिना उचाइ घटाइ नेपाल एयरलाइन्सको जहाजसँग जहाज ठोक्किन लागेको विषयमा एयर इन्डियालाई पत्राचार गरेको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्रीलाई देशको अर्थतन्त्र राम्ररी बुझेको व्यक्तिलाई अर्थमन्त्री बनाउन सुझाव दिएको बताएका छन्।
आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा ढकालविरुद्धको मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिँदै चैत १९ गतेको लागि पेसी तोकेको छ।
राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाएपछि कांग्रेस सांसद पूर्णबहादुर खड्काले गल्ती स्वीकार गर्दै माफी मागेका छन्।
लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्र र जनमत पार्टीका मन्त्रीहरूले राजीनामा दिएका छन्।
कांग्रेस सांसद शेखर कोइरालाले देशमा देखिएको असहजताको परम्परागत टालटुले विधिबाट नभई दीर्घकालीन रूपबाटै निकास दिने गरी सरकारले काम गर्नुपर्ने बताएका छन्।
माओवादी केन्द्रले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी 'डेलिभरी'का कामलाई तीव्रता दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताएका छन्।
नेसपा अध्यक्ष बाबुराम भट्टराईले कम्युनिस्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने अवधारणाअनुसार मन्त्रिपरिषद्ले पूर्णता पाएपछि एकताका लागि छलफल हुने बताएका छन्।