AnonymousUser

Logout

राष्ट्रियसभामा सांसदको प्रश्न - युवाहरूले के बोल्न खोजेका थिए र मुख थुन्नुपर्‍यो?

राष्ट्रियसभा सांसद डा. विमला राई पौड्यालले मंगलबार प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रहरीले केही युवाको मुख थुनेको विषयमा सरकारसँग जवाफ मागेकी छन्।

रविलाई सफाइ दिने निर्णयको प्रतिलिपि माग्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन 

लामिछानेलाई शक्ति केन्द्रको दबाबमा परेर राहदानी विवादमा उन्मुक्ति दिन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ।

मन्त्रिपरिषद् विस्तारमा पेचिलो गृहमन्त्री पद, कांग्रेसदेखि माओवादी र नेकपा एससम्मको दाबी 

सत्ता गठबन्धनका तीन पार्टी कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका आधा दर्जन बढी नेता गृहमन्त्री बन्न जोडबल गरिरहेका छन्।

राजेन्द्र लिङदेन भन्छन्– मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्

प्रधानमन्त्री दाहालविरुद्ध मंगलबार आक्रोशित युवाहरूले नाराबाजी गरेको घटनालाई लिएर लिङदेनले नागरिकका पक्षमा काम गर्न सुझाएका छन्।

स्ववियु निर्वाचन तत्काल अघि बढाउन १७ क्याम्पसलाई त्रिविको निर्देशन 

काठमाडौँ उपत्यकाका सात र उपत्यका बाहिरका १० आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन। 

दलीय नाफा–घाटाबाट बाहिर निस्केर द्वन्द्वकालीन न्यायलाई छिटो टुंग्याउनुपर्छ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी काम 'यो या त्यो' बहानामा लम्ब्याउँदा भविष्यमा जटिल बन्दै जाने बताएका छन्।

सरकारमा जानेबारे छलफल गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

एकीकृत समाजवादीले सरकारमा सहभागी हुनेबारे छलफल गर्न पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।

सरकारलाई छिट्टै पूर्णता दिन्छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेसलगायत अन्य दलसँग छलफल भइरहेको बताएका छन्।

प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गर्ने युवा प्रहरीको नियन्त्रणमा

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध बानेश्वरमा नाराबाजी गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

संवैधानिक आयोगहरू जागिर खाने थलो होइनन् : राष्ट्रियसभा अध्यक्ष

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने थलोको रूपमा विकास गर्न नहुनेतर्फ सचेत गराएका छन्।

नेपालमा आणविक कानूनको आवश्यकता छ: उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताएकी छन्।

गरिब र निमुखाको हितमा काम गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले गर्नसक्नुपर्ने बताएका छन्।

महाकाली सन्धि खारेज गर्नुपर्ने सांसदहरूको माग

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्नुपर्ने माग राखेका छन्।

जातीय छुवाछूत अन्त्यका लागि जागरण अभियान आवश्यक : ओली

एमालेले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रूपमा आत्मसात् गरेको ओलीको भनाइ छ।

पीडितलाई पन्छाउँदै प्रधानमन्त्रीको ‘अनुकूलता’का लागि ल्याइएको टीआरसी विधेयक

प्रतिनिधिसभामा पेस भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रधानमन्त्री दाहालविरुद्ध सर्वाेच्चमा विचाराधीन मुद्दा प्रभावित गर्न र युद्ध–अपराधका पीडकलाई जोगाउन केन्द्रित रहेको सरोकारवालाहरूको निचोड छ।

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले‍ तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि मंगलबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ।

सरकारको ‘क्लिनचिट’पछि रविको राहदानी प्रकरण टुंगिएकै हो?

महान्यायाधिवक्ताले रास्वपा सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा मुद्दा नचलाउने निर्णय गरे पनि यो प्रकरण सम्पूर्ण रूपले टुंगिएको छैन।

मन्त्रिपरिषद्लाई पूर्णता दिन मंगलबार गठबन्धनमा छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन सरकारलाई समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल गर्ने बताएका छन्।

रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा मुद्दा नचलाउने निर्णय गरेको छ।

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन्।