कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा भएको जनधनको क्षति छानबिन गर्न सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्यमान राजनीतिक–आर्थिक चुनौतीहरू छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पबद्ध रहेको बताएका छन्।
स्काउटले नयाँ पुस्तालाई व्यवसायिक तथा नैतिक शिक्षा प्रदान गर्न मुख्य भूमिका निर्वाह गर्ने समाभुख घिमिरेले बताएका छन्।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारूढ गठबन्धन अन्तर्विरोधमा फसेको बताएका छन्।
राष्ट्रियसभा सदस्य वामदेव गौतमले जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडन अहिलेसम्म अन्त्य हुन नसकेको बताएका छन्।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीलाई अरू मिलेर पदबाट हटाइदेलान् कि भन्ने डर रहेको बताएका छन्।
दिगो विकास तथा सुशासन समितिले संकल्प प्रस्तावको कार्यान्वयन अवस्था अनुगमन गर्न भुवनबहादुर सुनारको नेतृत्वमा ३ सदस्यीय उपसमिति गठन गरेको छ।
राहदानी दुरुपयोगको कसुरमा मुछिएका रास्वपा सभापति रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दा महान्यायाधिवक्ताले अगाडि सारेका आधार र कारण नै विवादास्पद देखिन्छन्।
शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी रहेको सांसद तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।
मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै शुरू गर्ने र अप्रिलसम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताएकी छन्।
गत निर्वाचनमा सप्तरी-२ बाट पराजित उपेन्द्र यादव बारा-२ मा हुने उपनिर्वाचनमार्फत संसद् छिर्ने दाउमा छन्। तर उनलाई मधेश केन्द्रित दल लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र जनमत पार्टीले चुनौती दिँदैछन्।
लोसपा वरिष्ठ नेता शरदसिंह भण्डारीले आफ्नो पार्टी सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष टिकाएर लैजान भूमिका खेल्ने बताएका छन्।
गण्डकी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन्। केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै गण्डकीमा पनि सरकार फेरिने स्थिति बनेको हो।
प्रधानमन्त्री दाहालले सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका हुन्।
जनतामा छाएको नैराश्यताका कारण प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना भएको थापाको भनाइ छ।
एमाले परित्याग गरेका शाहीलाई माओवादी केन्द्रले मंसिर ४ को निर्वाचनमा दैलेख क्षेत्र–२ (ख)बाट उम्मेदवार बनाएको थियो।
जसपा प्रवक्ता मनिष सुमनले सत्ता गठबन्धनबाट बारा-२ मा आफ्नो पार्टीको स्वाभाविक दाबी रहेको बताएका छन्।
हाल कायम २२ मन्त्रालयमध्ये १६ वटा प्रधामन्त्री दाहाल आफैँले राखेका छन्। सबैभन्दा ठूलो दल कांग्रेस सरकारमा सामेल हुनै बाँकी छ। साना ६ दलले नै खाली भएकाभन्दा धेरै मन्त्रालय मागेका छन्।
राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद खिमलाल देवकोटाले विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको बताएका छन्।