AnonymousUser

Logout

रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ : माधव नेपाल

सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने अध्यक्ष नेपालले बताएका छन्।  

नवनियुक्त मन्त्रीहरूको शपथ आज ३ बजे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवौँपटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा बुधबार कांग्रेसका तीन जनालाई मन्त्री नियुक्त गरेका थिए।

कांग्रेसबाट थपिए तीन मन्त्री : कानून मन्त्रालयमा गुरुङ, स्वास्थ्यमा बस्नेत

नेपाली कांग्रेसका तीन जनालाई समेटेर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्री बन्नेमा उपसभापति धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बू छन्।

३ इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने राष्ट्रसंघको घोषणा

पुरस्कृत तीनै जना पत्रकार जेलमा छन्। आक्रमण, धम्की र असुरक्षाकाबीच पेशाप्रति प्रतिबद्ध भएर लागेका कारण उनीहरूलाई पुरस्कार प्रदान गरिएको राष्ट्रसंघले जनाएको छ।

मिटरब्याजी समस्या समाधानका लागि अध्यादेश ल्याउने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ।

हत्या अभियोग लागेका एमाले सांसद कोइरी निलम्बित

हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्। संसद् सचिवालयले कोइरीलाई निलम्बित गरिएको सूचना टाँस गरेको जनाएको छ।

सरकारलाई अस्थिर बनाउने पक्षमा छैनौँ : उपेन्द्र यादव

जसपाका अध्यक्ष उपेन्द्र यादवले अस्थिरताले कसैको हित नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन्।

लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले पाए विश्वासको मत

प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरेका थिए। 

ओलीको दाबी : वर्तमान सरकार कायमै रहे देश टाट पल्टिन्छ

एमाले अध्यक्ष केपी शर्मा ओलीले ओरालो लागेको अर्थतन्त्रलाई डेढ वर्षभित्र रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताएका छन्।

भारतमा लागेको उपचार खर्च आफैँ बेहोर्ने राष्ट्रपतिको चाहना

सामान्य रोगको उपचारसमेत विदेशमा गएर गराएको भन्दै त्यसबारे आलोचना भएपछि राष्ट्रपति पौडेलले आफ्नो उपचारको खर्च आफैँले गर्न चाहेको स्वकीय सचिवालयमार्फत जनाएका हुन्।

संसदीय समितिहरूको बैठक बोलाउने तयारी, पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने

सभामुखले तोकेका दिन समिति सभापतिको निर्वाचन हुने र सो सूचना निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्नुपर्ने व्यवस्था नियमावलीमा छ।

राष्ट्रपतिले उपचार खर्च आफ्नै खल्तीबाट बेहोर्नुपर्छ: गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट र आमनागरिकले आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने जिकिर गरे।

प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’पछि सरकारमा जान रास्वपा 'उत्साही'

रवि लामिछानेसँग आइतबार भेट गरेपछि प्रधानमन्त्री दाहाल रास्वपा सरकारमा आउने दाबी गरिरहेका छन्। रास्वपा महामन्त्री मुकुल ढकाल पनि प्रधानमन्त्री आफ्नो पार्टीलाई मागेकै मन्त्रालय दिन तयार भएको बताउँछन्।

महावीर पुन र सरकारबीच चारबुँदे सहमति, नवप्रवर्तनमा लगानी गर्न कोष स्थापना गरिने

सहमतिपछि अध्यक्ष पुनले सोमबारबाट आफ्नो आन्दोलन स्थगित गरेको र आगामी दिनमा युवाहरूलाई जागरूक गर्न आन्दोलन गर्ने बताए।

रास्वपा संसदीय दलका नेतामा पुनः रवि लामिछाने चयन

सोमबार दिउँसो बसेको रास्वपा संसदीय दलको बैठकले पार्टी सभापतिसमेत रहेका लामिछानेलाई पुनः दलको नेता चयन गरेको छ।

आयोग बनाएर २०४८ सालयताका भ्रष्टहरूको छानबिन गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीको चुनावी घोषणापत्रमा उल्ले‍ख भएअनुसार आयोग बनाएर २०४८ सालयताका भ्रष्टहरूमाथि छानबिन गर्ने दाबी गरेका छन्।

रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय गर्ने

रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय लिने भएको छ।

ओली भन्छन् – सरकारले केही पनि गर्न सक्दैन

ओलीले सिंहदरबारको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउँदिनँ भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे।

अढाई महिनाको उपचारपछि फर्किए चन्द्र भण्डारी, भन्छन्– आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छु

मुम्बईमा अढाई महिनाको उपचारपछि आइतबार काठमाडौँ आइपुगेका कांग्रेस नेता भण्डारीले सातै प्रदेशमा १/१ वटा बर्नस् अस्पताल बनाउन र जनशक्ति तयार गर्न आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

कृषिमन्त्रीको गुनासो : कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो दिनुभएन

कृषिमन्त्री भुसालले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भए पनि लगानी गर्न सरकारले कन्जुस्याइँ गरेको बताएका छन्।