गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीको पक्षमा रहेका जो कोही राजनीतिक पार्टी र पहुँचवालालाई सरकारले कारबाही गर्ने चेतावनी दिएका छन्।
भेटमा प्रधानमन्त्री दाहालले लामिछानेलाई उपनिर्वाचनमा अत्यधिक मतसहित विजयी भएकामा बधाई दिएका छन्।
पार्टी सभापति लामिछाने नै रास्वपा संसदीय दलको नेता हुनुपर्छ भन्ने अभिमतका आधारमा आफूले पदबाट राजीनामा दिएको अर्यालले बताएका छन्।
राष्ट्रिय युवासंघ नेपालले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिएको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको अनुसन्धानका लागि पाँचवर्षे हदम्याद आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्।
सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।
पुस २६ मा विश्वासको मत लिँदा प्रधानमन्त्रीले पहिलो अधिवेशनबाट एक दर्जन नयाँ ऐन तर्जुमा गर्ने र विद्यमान ऐनहरू संशोधन गर्ने घोषणा गरेका थिए। तर, एउटै ऐन तर्जुमा र संशोधन नगरी अधिवेशन अन्त्य भएको छ।
सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको संसदीय विषगत समितिमा रहने सदस्यहरूको नाम प्रतिनिधिसभाको बैठकले पारित गरेको छ।
फरार रहेका एमालेका सांसद कोइरीका विषयमा विवाद भएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।
सदनमा जुत्ता उत्पादनमा सघाउने बहानामा बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा कब्जा गर्ने चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कारबाहीको माग गरिएको छ।
एमालेका प्रमुख सचेतक पदम गिरीले राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी रकम दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका छन्।
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र रामहरि खतिवडाले सदनमा माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।
युवासंघले अथमन्त्री डा. महतलाई सरकारले 'अयोग्य लडाकु'को नाममा अर्बौँ रुपैयाँ राज्य कोषबाट बाँडे सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार अन्त्य गर्ने भएको छ।
गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
टीआरसी विधेयक संसद्मा पुगेलगत्तै सत्ता र प्रतिपक्षका नेतासहित पूर्वसैनिक अधिकृतहरू स्वीस सरकारको सहयोगमा कोलम्बिया पुगे। उनीहरू फर्केसँगै यो विधेयक ‘फास्ट–ट्रयाक’मा पारित गर्ने तारतम्य अघि बढेको छ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कानुन समितिको हलमा शुक्रबार बिहान शपथ गराएका हुन्।
मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोगमा सांसद कोइरी फरार छन्।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान सत्ता गठबन्धन संसद्को पूरा कार्यकाल कायम रहने र प्रदेश सरकारको नेतृत्वमा आलोपालो हुने बताएका छन्।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई नियुक्त गरेका छन्।