AnonymousUser

Logout

विधायिकामा बिजोगः जो अनुसन्धानको ‘घेरा’मा छन्, तिनैलाई समितिको जिम्मा

शरणार्थी प्रकरणले भ्रष्टाचारको लहरो तानिरहँदा संसद्ले समातेको बाटो उल्टो छ। जोमाथि संसद्‍बाट छानबिन हुनुपर्ने छ, तिनलाई त्यही समितिको जिम्मा लगाइनुले दल मात्र होइन, संसद्को भूमिकामै प्रश्न उठाएको छ।

नक्कली शरणार्थी प्रकरणः नाम जोडिएका अन्य ‘हाई प्रोफाइल’ विरुद्ध प्रमाण खोज्दै प्रहरी

हिरासतमा रहेका व्यक्तिहरूले दिएको बयान र सार्वजनिक भएको अडियो संवादमा सुनिएका विषयलाई प्रमाणले पुष्टि गर्छ या गर्दैन भन्नेमा पछिल्लो प्रहरी अनुसन्धान केन्द्रित भएको छ।

कांग्रेसले खाँणबारे तत्काल कुनै निर्णय नलिने, अदालतको फैसला कुर्ने

कांग्रेसको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता खाँणबारे तत्काल कुनै निर्णय नगर्ने, अदालतको फैसला कुर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

सत्तारूढ गठबन्धनसँग आर्थिक मन्दीबाट उम्किने योजना नै छैन : ओली

बैठकमा अध्यक्ष ओलीले अहिलेको संकटग्रस्त अर्थतन्त्र उकास्न वर्तमान गठबन्धनसँग कुनै योजना नरहेको 'ब्रिफिङ' गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए।

सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई कारबाही हुने

सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारी वर्षौंसम्म पनि आफूखुशी बस्न थालेपछि सामान्य प्रशासन मन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको छ।

भ्रष्टाचारमा जोसुकैको नाम जोडियोस्, दोषी छ भने कारबाही हुनुपर्छ : ओली

सरकारले नक्कली भुटानी शरणार्थीबारे छानबिन अघि बढाएकामा खुशी लागेको तर, प्रधानमन्त्रीले भनेजस्तो फिल्म अझै नदेखिएको अध्यक्ष ओलीले बताएका छन्।

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, मिसन ग्रासरुटलगायत १० विषयमा छलफल हुने

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ।

पाण्डेको मोबाइलमा भेटिएको आर्थिक लेनदेनको हिसाब, जसले खाँणलाई हिरासतमा पुर्‍यायो

पाण्डेको मोबाइलमा उनले गिरोहबाट लिएको रकम र त्यसबाट खाँणसँग भएको लेनदेन लगायतका अन्य विवरण पनि फेला परेका छन्। ती सबै प्रमाणलाई प्रहरीले अनुसन्धान प्रतिवेदनमा समेट्ने तयारी गरेको छ। 

नक्कली भुटानी शरणार्थी: कसको भूमिका के थियो?

फर्जी व्यक्तिहरूलाई शरणार्थी बनाएर अमेरिका पठाउने योजनाको शुरूआत केशव दुलालबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पछि गृहप्रशासनकै मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने काम शुरू भएको थियो।

पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाइ तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। खाँण बुधबार नै पक्राउ परेका हुन्।

नक्कली शरणार्थी प्रकरण: 'फेक अडियो' बनाइएको भन्दै आरजुले दिइन् साइबर ब्यूराेमा उजुरी

आरजु देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर 'फेक अडियो' बनाएको भन्दै दोषीमाथि कारबाहीको माग गरेर बुधबार प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

खाँणलाई म्याद थपका लागि अदालत लगियो

खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिनका लागि अदालत लगिएको हो। 

सरकार सुशासन र समृद्धिको यात्रामा अघि बढ्यो : प्रधानमन्त्री

अहिले पनि जटिलताहरू धेरै रहेकाले इमान्दार कम्युनिष्टको आवश्यक्ता रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

प्रमाण नष्ट गर्ने आशंकामा आकस्मिक समातिएका थिए खाँण

'म प्रहरी कार्यालय जान्नँ, सोधपुछ लगायतका काम जे गर्नु छ यतै गर्नुस्' भन्दै प्रतिवाद गर्न खोजेका खाँणलाई प्रहरीले 'जरूरी पक्राउ पुर्जी' थमाएर पक्राउ गरेको थियो।

टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको एमालेले जनाएको छ।

भुटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेकोस् : गगन थापा

यो प्रकरणमा सरकारको कामकारबाहीलाई सबैले हेरिरहेको भन्दै नागरिकलाई अनुसन्धानमा विश्वास हुने गरी काम गर्नुपर्ने महामन्त्री थापाले बताएका छन्।

खाँण पक्राउपछि प्रदीप पौडेलले भने– कांग्रेसले अनुसन्धानमा सहयोग गर्नुपर्छ

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि नातावाद र कृपावादमा नपरी छानबिन गर्नसमेत पौडेलले सरकारसँग माग गरेका छन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ

खाँणलाई निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले उकालोलाई बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव रायमाझीले अनुसन्धानमा सघाउनुपर्ने एमालेको निष्कर्ष

एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ।

गण्डकीमा कुन दललाई कति मन्त्रालय?

माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरूले तीन मन्त्रालयमा दाबी गर्दै आए पनि दुई मन्त्रालय पाउने सहमति बनेको बताए।