राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वाइडबडीकाण्ड, ललितानिवास, एनसेल र क्यान्टनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
कांग्रेस सांसद आचार्य आइतबार बिहान महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएका थिए।
आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनको शपथ आजै साढे १२ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ।
यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आजकै बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
सत्तारूढ गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पुनः संसद्बाट विश्वासको मत लिन आवश्यक नपर्ने निष्कर्ष निकालेको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको हित नहुने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने र कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताएका छन्।
सांसद सिंहले आइतबारको संसद् बैठकमा रास्वपा, जनमत, राप्रपा र स्वतन्त्र सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहितका व्यक्तिहरूमाथि स्वच्छ छानबिन हुनुपर्ने आवाज उठाउने बताए।
सिंहदरबारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीविरुद्धको अभियान नरोकिने बताएका छन्।
नागार्जुन नगरपालिका–१ स्थित मानव सेवा आश्रमको अवलोकन गर्दै गृहमन्त्री श्रेष्ठले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन्।
बागमती कोरिडोर सरसफाइका लागि धेरै तहमा छलफल भए पनि विष्णुमती कोरिडोरको विकासका बारेमा छलफल हुन नसकेको खनालको भनाइ छ।
पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा आएका छैनन्। अहिले १० देखि ११ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
रास्वपाले अपराह्न पाँच बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्ने बताइएको छ।
राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको माओवादी केन्द्रका पदाधिकारीको अनौपचारिक बैठकमा प्रधानमन्त्री दाहालले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताएका छन्
रास्वपा सरकारमा जाने कि नजाने भन्नेबारे अहिले त्यहाँभित्र पनि दुई बलिया धार छन्। तर, उसको मुख्य ध्येय भने २०८४ सालको निर्वाचनलाई लक्षित गरेर संगठन तयार गर्ने देखिन्छ।
कानूनमन्त्री धनराज गुरुङ, स्वास्थ्यमन्त्री मोहन बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउन खोज्नु रहस्यमयी भएको बताएका छन्।