AnonymousUser

Logout

सरकारका १०० दिन : विवादले छाडेन, आशाले पछ्याएन

सत्ता टिकाउन कुनै कसर नछाडेका प्रधानमन्त्री दाहालको मधुमास अवधि आशा जगाउनेभन्दा विवाद बढाउनेमा केन्द्रित रह्यो।

मिटरब्याज पीडितलाई न्याय दिनबाट सरकार पछि हट्दैन: गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको समस्यालाई विषयान्तर गर्न नदिइने र पीडितलाई न्याय दिनका लागि सरकारले संकल्प लिएको बताएका छन्।

बारामा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय, पूर्वमन्त्री जोशीको कारबाही फुकुवा

२०७९ सालको निर्वाचन पहिले कारबाहीमा परेका उपनिर्वाचन हुने तीन क्षेत्रका नेताको पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको सहमहामन्त्री पाण्डेले बताए। 

प्रतिनिधिसभाको बैठक बस्दै, नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसमेत छ।

सरकार र मिटरब्याज पीडितबीचको सहमति हर हालतमा कार्यान्वयन हुन्छ : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितसँग भएको सहमति हर हालतमा कार्यान्वयन गराउने प्रतिबद्धता जनाएका छन्।

सरकार र मिटरब्याज पीडितबीच छानबिन आयोग गठन गर्ने सहमतिपछि आन्दोलन फिर्ता

सहसचिव प्रदीपकुमार कोइराला र संघर्ष समितिका तर्फबाट मनोजकुमार पासवान संयोजक रहेको टोलीबीच मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न आयोग गठनका लागि सरकारलाई सिफारिस गर्ने सहमति भएको छ।

अब समयसीमा तोकेर डेलिभरी दिने राजनीति गर्नुपर्छ : स्वर्णिम वाग्ले

डा. स्वर्णिम वाग्लेले नेपालमा छिटोभन्दा छिटो डेलिभरी दिने किसिमले राजनीतिक परिवर्तन गर्नुपर्ने बताएका छन्।

तनहुँ–१ मा खनाल र चितवन–२ मा न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

एमालेको सचिवालयको बैठकले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

निजामती सेवा विधेयक चालु संसद् अधिवेशनबाटै पारित हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती सेवा विधेयक चालू संसद् अधिवेशनबाटै पारित गर्ने बताएका छन्।

पशुपति क्षेत्र विकास कोष कमिसनको खेलमा लागेको छ : पर्यटनमन्त्री 

पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको पर्यटनमन्त्री किराँतीको भनाइ छ।

उपनिर्वाचन : तनहुँ–१ मा को–कोले दिँदै छन् उम्मेदवारी?

तनहुँ–१ मा रास्वपा, कांग्रेस र एकीकृत समाजवादीले उम्मेदवार टुंग्याएका छन् भने एमालेबाट सर्वेन्द्र खनाल दाबेदार देखिएका छन्। माओवादी केन्द्रले उम्मेदवार उठाउने/नउठाउनेबारे निर्णय लिएको छैन।

मन्त्री र सचिवले सुराकीको नाममा गर्ने खर्च खारेज गर्ने मन्त्री श्रेष्ठको निर्णय

नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन्।

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।

चार दशक, तीन व्यवस्था: शरतसिंह सधैँ मन्त्री

शरतसिंह भण्डारी पहिलोपटक २०४३ सालमा मरिचमान सिंह नेतृत्वको सरकारमा सहायकमन्त्री भएका थिए। पञ्चायत ढलेर प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा उनले १२औँ पटक मन्त्रीको शपथ लिएका छन्।

प्रधानमन्त्रीले भेट्ने सन्देश पठाएपछि रोकियो मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता

संघर्ष समितिका तर्फबाट वार्ता टोलीमा सहभागी रामरिझन यादवले प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितलाई भेटेर सम्बोधन गर्ने सन्देश पठाएपछि शनिबार निष्कर्षमा पुग्ने गरी वार्ता स्थगित भएको बताए।

३ महिनामा सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादीलगायत दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

एमालेले चाहे केही दिनमै गठबन्धन भत्किन्छ : विष्णु पौडेल

शुक्रबार कैलालीमा आयोजित कार्यक्रममा उपाध्यक्ष पौडेलले वर्तमान संसद्ले पाँच वर्ष पूरा गर्ने लक्षण नरहेको बताएका छन्।

रास्वपाका उपनिर्वाचन उम्मेदवार :  तनहुँमा स्वर्णिम वाग्ले, बाराबाट रमेश खरेल

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा उम्मेदवार बन्न तनहुँ–१ बाट डा. स्वर्णिम वाग्लेसहित तीन जनाले दाबी गरेका छन्। बारा–२ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ।

सरकारले मिटरब्याजीलाई कारबाही गर्नुपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

देश अस्थिरतातर्फ गइरहेको छ : राजेन्द्र लिङदेन

राप्रपा अध्यक्ष लिङदेनले व्यक्ति, पार्टी र सत्ताकेन्द्रित गतिविधिका कारण देश अस्थिरतातर्फ गइरहेको बताएका छन्।