एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालाबाट नक्कली भुटानी शरणार्थी प्रकरणको शुरूआत भएको दाबी गरेका छन्।
वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्ण रूपमा खलबलिन पुगेको राप्रपाको ठहर छ।
प्रधानमन्त्री दाहालले उपलब्ध स्रोतसाधन अनुत्पादक र कम उत्पादक क्षेत्रमा केन्द्रित हुँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्।
शीर्ष नेताहरूबीच तीव्र बनेका बैठक के कुरामा केन्द्रित होलान्? त्यहाँबाट चुहिएका सूचनाले यी ‘म्याराथन बैठक’ मूलतः नक्कली भुटानी शरणार्थी प्रकरणले ल्याएको हलचलमै केन्द्रित रहेको देखाउँछन्।
रास्वपा सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिनिधिसभाको जेठ ४ गतेको बैठकमा सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गर्ने भएका छन्। प्रधानमन्त्रीलाई १५ जना सांसदले प्रश्न सोध्न पाउने छन्।
सभामुख देवराज घिमिरेसँग सांसदहरूले बजेट निर्माण गर्दा मन्त्रीहरूले आफूहरूसँग छलफल नगरेको गुनासो गरेका छन्।
बालुवाटारमा बसेको सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफलमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल भएको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ।
सरकारले फजुल खर्च रोक्न नसक्दा सामाजिक सुरक्षा भत्तासमेत भुक्तानी गर्न नसक्ने परिस्थिति बनेको एमालेको आरोप छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा संघीयतामा पुनर्विचार गर्नेबारे सोच्न पनि नसकिने प्रस्ट्याएका छन्।
पूर्वराष्ट्रपति भण्डारीले नेपाल–भारतबीचको सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई सुदृढ र सुमधुर बनाउन भौगोलिक सीमासम्बन्धी समस्याहरू हल गरेर अघि बढ्नुपर्ने बताएकी छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जुनसुकै तह र तप्काको भए पनि कानूनी कठघरामा ल्याएर कडाभन्दा कडा सजाय दिनुपर्ने कोइरालाको भनाइ छ।
एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शंकर पोखरेलले मार्गदर्शन प्रस्तुत गरेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।
प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता जनाएका छन्।
खाँणले हिरासतमा बसेर प्रहरीलाई अनुसन्धानका लागि सघाएकाले उनलाई निर्दोष मान्नुपर्ने तर्क कांग्रेसका केही नेताहरूले गरिरहेका छन्।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता विवादमा परेको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा तथा माओवादीका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका छन्।
७८ वर्षीय बस्नेतको शुक्रबार बिहान काठमाडौँको सिफलस्थित निवासमा निधन भएको हो। उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले पीडित थिए।