AnonymousUser

Logout

चितवन– २ मा अग्रता बढाउँदै रवि लामिछाने

रवि लामिछानले १ हजार ४९२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका रामप्रसाद न्यौपानेले १ हजार १३३ मतसहित पछ्याइरहेका छन्।

तनहुँ–१ मा स्वर्णिम वाग्लेको फराकिलो अग्रता

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता कायमै राखेका छन्। 

चितवन–२ मा रवि लामिछानेले बनाए अग्रता

चितवन–२ मा १ हजार १५५ मतसहित अग्रता लिएका रवि लामिछानेलाई एमालेका रामप्रसाद न्यौपानेले पछ्याइरहेका छन्।

बारा–२ मा जनमतका शिवचन्द्रको अग्रता, पछ्याउँदै उपेन्द्र 

बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६२८ मतसहित अग्रता लिएका छन्। उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले यादवले ५७१ मतसहित पछ्याइरहेका छन्।

संसदीय दलको बैठकमा देउवाले भने– उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन

कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको बताएका छन्।

चितवन–२ मा मतगणना शुरू

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इच्छाकामना गाउँपालिकाबाट मतगणना थालिएको छ।

बारा–२ मा उपेन्द्र यादवको प्रारम्भिक अग्रता

प्रारम्भिक मतपरिणामअनुसार यादवले २२४ मत प्राप्त गरेका छन्। उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन्।

लुम्बिनी सरकार ढल्यो, विश्वासको मत नपाएपछि मुख्यमन्त्री गिरी पदमुक्त

तत्कालीन गठबन्धनमा रहेका माओवादी केन्द्रलगायत दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले सोमबार विश्वासको मत लिएका थिए। बहुमतका लागि ४४ सदस्यको समर्थन आवश्यक पर्नेमा गिरीले ३३ मत मात्र पाए।

बारा–२ मा मतगणना शुरू

बारामा सर्वदलीय बैठक सकिएको करिब ३ घण्टापछि मतगणना शुरू भएको हो।

चितवन–२ को मतगणना १ बजेदेखि शुरू गर्ने सहमति

कार्यालयमा परेको उजुरी आयोगमा पठाउने, सामाजिक सञ्जालमा प्रयोग गरिएका अशिष्ट शब्दका विषयमा आवश्यक कारबाही गर्ने, मतगणना क्षेत्र मुख्य निर्वाचन अधिकृतको नियन्त्रणमा राखेर गणना अघि बढाउने सहमति भएको छ।

तनहुँमा रास्वपाका वाग्लेले कटाए १० हजार मत, कसको कति?

कांग्रेसका भट्टराई पाँच हजार तीन मतसहित दोस्रो स्थानमा छन्। एमालेका सर्वेन्द्र खनाल दुई हजार ७९७ मत ल्याएर भट्टराईलाई पछ्याइरहेका छन्।

बारामा ११ बजेदेखि मतगणना शुरू गर्ने निर्णय 

मतगणना स्थलमा प्रत्येक उम्मेदवारका २/२ जना प्रतिनिधि बस्न पाउने छन्।

तनहुँमा रास्वपाका स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै

रास्वपाका वाग्लेले सात हजार २९३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रसका भट्टराईले तीन हजार २३४ मत ल्याएर फ‍छ्याइरहेका छन्।

चितवन र बारामा मतगणना शुरू गर्न सर्वदलीय बैठक बस्दै

रास्वपाका उम्मेदवार रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन भएपछि मात्रै मतगणना हुनुपर्ने एमाले र कांग्रेस उम्मेदवारको अडानका कारण चितवनमा मतगणना शुरू भएको छैन।

तनहुँमा दोब्बरभन्दा बढी मतले रास्वपाका स्वर्णिम वाग्लेको अग्रता

पछिल्लो परिणामअनुसार रास्वपाका स्वर्णिम वाग्लेले पाँच हजार १९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रसका गोविन्द भट्टराईले दुई हजार ३५१ मत ल्याएर फ‍छ्याइरहेका छन्।

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक लिँदै विश्वासको मत

प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले यही वैशाख १५ गते संसद्बाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएका छन्।

उपनिर्वाचनको बहानामा रोकिएका काम, कहिले अघि बढ्लान्?

सत्ता गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुँदै प्रतिनिधिसभाको उपनिर्वाचनसम्म धकेलेका कामको फेहरिस्त लामो छ। सरकार, संसद् र न्यायालयसमेत प्रभावित ती काम पूरा हुन भने अझैँ समय लाग्ने देखिन्छ।

बारा–२ मा आइतबार रातिबाटै मतगणना थालिने

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बारामा सम्पन्न निर्वाचनको मतपेटिका संलकन भइसकेकाले राति ९ बजेदेखि नै मतगणना शुरू गरिने बताए।

उपनिर्वाचन : करिब ६० प्रतिशत खस्यो मत

आइतबार तीन क्षेत्रमा भएको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

उपनिर्वाचन भएका ३ क्षेत्र, कहाँ कसको प्रतिस्पर्धा

चितवन–२ को परिदृश्य मंसिर ४ भन्दा खासै फरक नदेखिए पनि तनहुँ–१ र बारा–२ मा भने उपनिर्वाचनको प्रतिस्पर्धा र रौनक नै फेरिएको छ।